लोकप्रिय नेता गिरीलाई गृह जिल्लामा युवा कार्यकर्ता द्वारा भव्य स्वागत

दाङका लोकप्रिय नेता गिरीलाई गृह जिल्लामा युवा कार्यकर्ता द्वारा भव्य स्वागत दाङ ९ ,साउन । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री दिपक गिरिको दाङमा युवा कार्यकर्ता द्वारा भव्य स्वागत गरेका छन ।

ad

गिरि जिल्ला आउने थाहा पाएपछि उनको समर्थनमायुवा कार्यकर्ता, कांग्रेस नेता, कार्यकर्ता, बिद्यार्थिहरु जम्मा भएर कार र मोटरसाईकिलसहितको र्याली निकालीएको थियो ।

ad

गिरिको समर्थनमा तुलसीपुरको बबइदेखि बिपि चोकसम्म सयौ सख्यामा बाइक र्याली निकालीएको थियो । चुनाबी झल्को दिने गरि निकालीएको र्यालिले नेता, कार्यकर्ता उत्साहित भएका थिए ।महाधिबेशन नजिकिदै गर्दा नेता गिरि गृहजिल्ला दाङ आएपछि चहलपहल सुरु भएको छ भनेनेता कार्यकर्ताहरु उत्साहित बन्दै गएका छन । नेता गिरिलाइ प्रहरीले स्कटिङ नै गरेर ल्याएको थियो ।

ad

सो अवसरमा बोल्दै केन्द्रिय सदस्य गिरिले कांग्रेसकै सरकारले अब जनतालाइ खोपको ब्यबस्था गर्ने बताए । केपि ओलिका नक्कलि कुराले देश बर्बादितर्फ धकेलिएकोमा अहिले बनेको सरकारले मुलुकलाई सहि दिशानिर्देश गर्ने उनले बताए ।

ad

घोराही-तुलसीपुर फोरलेन सडकमा ठुलो भ्रष्टाचार भएको भन्दै नेता गिरिले अहिले फोरलेन सडक नबन्दा जनताले दुख पाएको बताए ।उनले कांग्रेसले जनताको सवालमा जिम्मेवार बन्ने भन्दै अब कांग्रेसले आगामी चुनाबमा सजिलै जित हासिल गर्ने बताए । कांग्रेस तुलसीपुर उपमहानगर ३ को पार्टी कार्यालय पनि केन्द्रिय सदस्य गिरिले उद्घाटन गरेका थिए।


तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु