तुलसीपुरका दृष्टि विहिन दुई परिवार लाई आर्थिक सहयोग

दाङ्ग (तुलसीपुर)७,साउन । यहाँका दृष्टि विहिन दुई घरपरिवारलाई आर्थिक सहयोग गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर निवासी रुपा गन्धर्व र तुलसीपुर–३ खमारी बस्ने दृष्टि विहिन चन्द्रबहादुर वलीको परिवारलाई रु ५८ हजार ५ सय ८० रुपैयाँ आर्थिक सहयोग गरिएकोहो । एनएवीपीका आयोजना प्रवन्धक हरि शरण विष्टको विशेष पहलमा दृष्टिविहिन परिवारको घर निमाणार्थ पोर्चुगल निवासी रोजी वलान्डीबाट प्राप्त आर्थिक रकम एक कार्यक्रमका विच दृष्टि विहिन परिवारलाई लाई घरमै पुगेर वितरण गरिएकोहो ।

ad

तुलसीपुर–३ निवासी दृष्टि विहिन परिवार चन्द्रबहादुर वलीलाई रु ४० हजार तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का वडासदस्य गोविन्द अधिकारीसहितको रोहवरमा र रुपा गन्धर्वको परिवारलाई रु १८ हजार ५ सय ८० रुपैयाँ नगद वडा नंं ४ का वडा सदस्य जयबहादुर गिरी, राप्ती आँखा अस्पतालका लेखा सहायक हुमबहादुर चौधरी , कार्यालय सहायक पूर्णबहादुर वलीको रोहवरमा राप्ती आँखा अस्पताल तुलसीपुरका वाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै गौतमले दृष्टिविहिन परिवारलाई घर निमाणार्थ सो सहयोग आएको र आगामी दिनमा पनि अन्य सहयोग प्राप्त हुने जानकारी पाएको बताए ।

ad

सो अवसरमा दृष्टि विहिन रुपा गन्धर्वले जग्गा लिनका लागि रकम अभाव भएको बताएकी थिइन् । त्यस्तै चन्द्रबहादुर वली र रुपा गन्धर्वले सहयोगको लागि पहल गर्ने र सहयोग पठाइदिने सवैलाई धन्यवाद दिएका थिए । छोरा छोरीहरु सवै दृष्टि विहिन रुपा गन्धर्वका परिवार हाल भाडाको घरमा रक्षाचौरमा बस्दै आएका छन् भने चन्द्रबहादुर वली तुलसीपुर –३ खमारी स्थीत जंगलको विचमा ऐलानीमा घरबनाएर बस्दै आएका छन् ।

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु