जनतालाई सर्वसुल्भ सेवा दिउ -प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ

दाङ्ग (तुलसीपुर) ७, साउन । वुधवार सार्वजनिक विदा थियो सरकारले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को दिन सार्वजनिक विदा दिएपनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले तुलसीपुरमा विभिन्न स्थानमा भेटघाट तथा निरीक्षण छलफल गरेका छन् । तुलसीपुर उपमहानगरपालिका का उपप्रमुख माया शर्मा ,प्रमुख जिल्ला अधिकारि रामबहादुर कुरुम्बाङ्गले नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पताल तथा नवनिर्मित ओपीडी भवनको निरीक्षण तथा आँखा स्वास्थ्य सेवाको विषयमा छलफल समेत गरेका छन् ।

ad

पहिलो पटक अस्पतालमा पुगेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले राप्ती आँखा अस्पतालले जनतालाई सर्वसुल्भ सेवा दिएको बताए । प्रमुख जिल्ला अधिकारीले अस्पतालको व्यवस्थापन राम्रो देखिएको बताए । उनले अन्य अस्पताल भन्दा आँखा अस्पताल परिसरमा सरसफाई देखि सवै व्यवस्थापन राम्रो भएको बताए । ‘अन्य अस्पताल त यस्तो देखिनत ?आँखा अस्पताल भर होला आँखाले देख्ने सवै सफा छ –उनले भने । ’ त्यस्तै उनले आँखा अस्पताल जस्तै अन्य संस्थाहरु पनि राम्रो हुनुपर्ने बताए । उनले अस्पतालले दिएका सेवाहरुको बारेमा जानकारी लिदै पछिल्लो समयमा बालबालिकाहरुमा आँखा सम्वन्धी समस्याहरु धेरै देखिएको भन्दै त्यस तर्फ सचेतना दिन आग्रह गरे । ‘अन्य उपचार सेवा राम्रो छ, संघद्धारा सञ्चालीत आँखा अस्पतालहरु व्यवस्थीत छन् अव बालबालिकामा देखिएको दृष्टीदोसलाई न्यूनिकरण गर्न तर्फ लाग्नुहोस उनले भने ।’ प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले विभिन्न कारणले पछिल्लो समयमा बालबालिकाहरुले सानै उमेरमा आँखा कम देख्ने समस्या आएको बताए ।‘सानै उमेरमा बालबालिका कम देख्ने समस्या आएको छ, यो किन भयो यसको न्यूनिकरणमा आँखा अस्पताल लाग्नु पर्छ उनले भने । त्यसैगरी उनले गैरनाफा मुखि सेवामुलक आँखा अस्पतालको विकासमा स्थानीय सरकारले पनि सहयोग गर्नु पर्ने बताए ।

ad

‘ अस्पतालको भौतिक तथा अन्य विकासका लागि स्थानीय प्रदेश सरकारहरुले विशेष सहयोग गर्नुपर्छ हामीहरुत नियम कार्यान्वयन गराउने हौं उनले भने । ’ उनले जनतालाई छिटो छरितो र गुणस्तरीय सेवा दिन तर्फ सवै लाग्नुपर्ने बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्माले आफुहरुले यहाँ रहेका स्वास्थ्य संस्थाको विकासका लागि आफुहरुले सहयोग गरि रहेको बताइन् । ‘यहाँका आँखा अस्पताल,स्वास्थ्य संस्थाहरुको विकासका लागि हामीहरुले सहयोग गरिरहेका छौ आगामी दिनमा पनि सहयोग मिल्ने छ उनले भनिन् । उनले राप्ती आँखा अस्पतालको संगको साझेदारीमा मोतियाविन्दु मुक्त नगर गराउन कार्यक्रम सञ्चालन गरेको बताइन् । शर्माले अस्पतालको भौतिक विकासका लागि पनि सहयोग भई रहेको बताइन् ।

ad

कार्यक्रममा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संघले विभिन्न दातृनिकाय, स्थानीय प्रदेश सरकारको समन्वयमा अस्पतालको भौतिक विकासका साथै सर्वसुल्भ सेवा दिएको बताएका थिए । उनले कोहि कसैले पनि पैसाको अभावले आँखा स्वास्थ्य सेवाबाट बन्चीत नहोस भनेर अन्धोपन न्यूनिकरणमा निरन्तर लागेको बताए । ‘हामीहरुले कसरी अस्पताललाई सुविधा सम्पन्न गराउने भन्नेमा लागेका छौ यसमा सवैको सहयोग चाहिन्छ –गिरीले भने । कार्यक्रममा संघका सचिव तथा अस्पताल व्यवस्थापन समितिका सदस्य सुरेन्द्र खड्काले संघले आँखा स्वास्थ्य सेवालाई जनस्तर सम्म पु¥याउन सवै संग सहकार्य गरेको बताएका थिए । चिफमेडिकल डाईरेक्टर डा सुलक्ष्मी कटुवालले हाल अस्पतालले दिदै आएको सेवा र थप सेवाको विषयमा जानकारी गराएकी थिइन । त्यस्तै अस्पतालका प्रशासक किरण पौडेलले हाल सम्म अस्पतालले दिएका सेवाहरु अस्पतालको भावि योजना तथा अस्पतालले सञ्चालन गरेका आँखा स्वास्थ्य सेवाको विषयमा जानकारी गराएका थिए । उनले अन्धोपन न्यूनिकरणमा अस्पतालले खेलेको भुमिकाको वारेमा चर्चा गरेका थिए ।

ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु