दाङमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि

दाङ्ग ,१ साउन।
दाङमा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा एक सय जनामा पिसिआर परिक्षण गर्दा ५ महिला र १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ad

संक्रमित हुनेमा घोराहीका १२ जना, तुलसीपुरका १ जना , लमहीका ८ जना र बंगलाचुलीका १ जना रहेका छन् । यो सँगै दाङमा अहिले सकृय बिरामीको संख्या १ सय १ रहेको छ । ति मध्य घरमा ८९ जना, अक्सिजन सहितको उपचारमा १४ जना र आईसियूमा ८ जना बिरामी रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज ३६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

ad

आज थपिएका २२ जना सहित बैशाख यता दाङमा कारोना संक्रमण हुनेको संख्या ८ हजार २ सय ६६ पुगेको छ भने ७ हजार ९ सय ५९ जना कोरोना मुक्त भएका छन् । त्यस्तै बैशाख यता कोरोनाबाट मृत्यु हुनेको संख्या दाङमा २ सय ६ पुगेको केन्द्रले जनाएको छ ।

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु