बुधबार थप २९७९ जनामा संक्रमण पुष्टि, २८ को मृत्यु

असार २३, काठमाडौं । नेपालमा पुनः कोरोना संक्रमणको दर बढ्दै गएको छ। बुधबारमात्रै २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ८९८ नमुना परीक्षण गर्दा २ हजार ९७९ जनामा संक्रमण देखिएको छ।

ad

नेपालमा हालसम्म ३३ लाख ९१ हजार ३७९ जनाको पिसिआर र २ लाख १७ हजार ४२१ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण भएको छ।जसमध्ये पिसिआरमार्फत् ६ लाख ५० हजार १६२ र एन्टिजेनमार्फत् ४० हजार ८१२ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ६ लाख ९० हजार ९७४ जनामा संक्रमण देखिइसकेको छ। बुधबार १ हजार ३३३ जना संक्रमणमुक्त भएका छन्।

ad

योसँगै निको हुनेको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ। बुधबार सक्रिय संक्रमितको संख्या २३ हजार ७५६ छ। जसमध्ये २ हजार ७८८ संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका अनुसार ५७१ जनाको आइसियू र १६१ को भेन्टिलेटरमा उपचार भइरहेको छ। बुधबार कोरोना संक्रमणबाट २८ जनाको निधन भएको छ। योसँगै कोरोना संक्रमणका कारण ९ हजार २९१ जनाको मृत्यु भइसकेको छ।

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु