तुलसीपुरको स्मार्ट हेल्थ प्रयोगशाला छ / प्राविधिक छैनन

खेमराज रिजाल

ad

दाङ्ग मानपुर, २१ असार । ‘ल्याव खोइ? विग्¥या छ । ल्याव पनि विग्रन्छ र? चलाउने प्राविधिक नभएर? कति भो विग्¥या? एक बर्ष ।’

ad

मानपुर स्वास्थ्य चौकिले सेवाग्राहि विरामीहरुलाइ दिने जवाफ हो यो । विगत एक बर्षदेखि मानपुर स्वास्थ्य चौकिले निरन्तर यहि जवाफ सेवाग्राहिहरुलाइ दिंदै आएको छ । चौविसै घण्टा सुत्केरी सेवा उपलव्ध हुने भनिएको मानपुर स्वास्थ्य चौकिमा अहिले प्रयोग शाला समेत सन्चालनमा नआउंदा स्वास्थ्य उपचारसेवानै ठप्प भएको छ । रोग पहिचान गर्ने भन्दा बढि लक्षण सोध्ने र औषधि थमाइदिने थलोका रुपमा मानपुर स्वास्थ्य चौकि स्थापित भएको छ । जसले तुलसीपुर उपमहानगरपालिकाको स्मार्ट हेल्थको अवधारणालाइनै गिज्याइरहेको छ । तर तुलसीपुर उपमहानगरपालिकाका प्रमुख लगायत श्वास्थ्य प्रवद्र्धन केन्द्र पनि यो विषयमा मौन बसेको छ, अर्थात प्रयोगशाला सन्चालनमा उपमहानगरपालिकाकै ध्यान पुग्न सकेको छैन ।

ad

अहिले स्वास्थ्य चौकिमा नियमित सेवा लिने भनेका गर्भवती महिलाहरु हुन् । उनीहरुको महिनै पिच्छे गरीने चेकजांच भनेको उच्च रक्तचाप, पिसावमा सुगर र एल्वोमिननै हो । तर प्रयोगशाला ठप्प हुुंदा गर्भवती महिलाहरुले समेत यो सेवा पाइरहेका छैनन् । मानपुर स्वास्थ्य चौकिका अनुसार प्रयोगशाला विग्रनु अघि दैनिक कम्तिमा ५० जनाले प्रयोगशाला सेवा लिन्थे । त्यसमा अधिकांश गर्भवती महिला र वालवालिका हुन्थे । तर प्रयोगशालामा एक जना ल्याव असिस्टेन्टको व्यवस्थापन हुन नसक्दा मानपुर स्वास्थ्य चौकि पुरै सुनसान छ । अहिले मस्कीलले दर्जन बढि सेवाग्राहि समेत सेवा लिन जान छाडेको स्थानियबासीहरुले बताएका छन् ।

ad

कुनैवेला दाङ जिल्लाको दुइनंवर स्वास्थ्य संस्थाका रुपमा चिनिने यो स्वास्थ्य चौकि अहिले खण्डहरजस्तै हुंदा स्थानियबासीहरुको पनि आक्रोश छ । दाङमा घोराहीमा रहेको महेन्द्र अस्पतालले पुर्वतर्फका विरामीलाइ धानेको थियो । मानपुर स्वास्थ्य चौकिले पुरै पश्चिम दाङ लगायत रोल्पा, सल्यान र रुकुमका विरामीलाइ पनि सेवा दिन्थ्यो । मोदीनी कुमार सिजापती डाक्टर यहि स्वास्थ्य केन्द्रबाट जमेका थिए । यस स्वास्थ्य केन्द्रमा सेवा दिंदादिंदै उनले घरजग्गा जोडेर घरजम समेत यतै गरेका थिए । तर मानपुर स्वास्थ्य चौकिको यो इतिहासालाइ वर्तमान स्थानिय पालिकाले मेटाइदिन थालेको आरोप स्थानियबासीहरुको छ ।

‘पटक पटक स्वास्थ्य चौकिमा माग गर्यौ साथै उपमहानगरपालिका स्वास्थ्य प्रवद्र्धन शाखाको समेत ध्यानाकर्षण गरायौं, तर यो वडालाइ नगरपालिका नेतृत्वले राजनितिक आंखाले हेर्दै आएको छ’—तुलसीपुर उपमहानगरपालिका—१७ का स्थानियबासी शेर वहादुर बस्नेत भन्छन् । एउटा ल्याव असिस्टेन्टको दरवन्दी पनि बनाउन नसक्नुले स्थानिय पालिका स्वास्थ्य क्षेत्रमा गम्भीर नरहेको भन्ने देखाएको पनि उनको अभिव्यक्ति थियो ।

अहिले स्वास्थ्य चौकिको सन्चालन एवं व्यवस्थापन र स्वास्थ्य सेवामा बृद्धिको सवै अधिकार स्थानिय पालिकालाइ आएको छ । त्यसै अनुरुप स्वास्थ्य क्षेत्रमा संघिय सरकार र प्रदेश सरकारले समेत स्थानिय पालिकालाइ उल्लेख्य रुपमा बजेट दिंदै आएका छन् । तर तीनै तहका सरकारले स्वास्थ्य चौकिको यो वेहालको अवस्थालाइ संबोधन गर्न नसकेको पनि स्थानियहरुको गुनासो रहेको छ ।

‘आफुहरुले पटक पटक उपमहानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखामा दरवन्दी माग गरी पठाएका छौं, तर अहिले सम्म सुनुवाइ भएको छैन’—मानपुर स्वास्थ्य चौकिका प्रमुख कृष्ण केसीले भने । उनले प्रयोगशाला एक बर्षदेखि सन्चालनमा आउन नसक्दा खिया लागेर काम नलाग्ने अवस्थामा जानथालेको समेत उल्लेख गरे । प्रयोगशाला नहुंदा दैनिक सेवाग्राहिहरुको समेत चांप घट्दै अहिले नगन्य मात्रामा विरामी आउने गरेको पनि उनको अभिव्यक्ति थियो ।

विश्व स्वास्थ्य संगठनले अनुदान दिएका प्रयोगशाला सामाग्रिहरु एक बर्ष अघिसम्म भोलेन्टीयरका रुप्मा कार्यरत ल्याव असिस्टेन्टले चलाएका थिए । तर उनी अन्यत्रै गएपछि प्रयोगशाला सन्चालन हुन नसकेको हो । सो स्वास्थ्य चौकिमा प्रयोगशाला सेवानै उपलव्ध नभएपछि चौविसै घण्टे प्रसुतिसेवा लिनेहरुको संख्यामा पनि उल्लेख्य रुपमा कमि आएको बताइएको छ ।

‘हामीले वडाकै बजेटले राख्छौं भन्दा पनि उपमहानगरपालिकाले दिएन, आफै राख्ने आश्वासन दियो, तर अहिले सम्म उपमहानगरपालिकाले प्रयोगशाला सहायकको व्यवस्थापन गर्न सकेको छैन’, वडाध्यक्ष थलराज पुरी भन्छन्, उपमहानगरपालिकाले मानपुर प्रति गरेको यो पक्षपात हो ।

तुलसीपुर उपमहानगरपालिकाले मानपुर भन्दा निकै कम विरामी हुने अन्य स्वास्थ्य चौकिहरुमा समेत ल्याव असिस्टेन्ट खटाएको छ । तर मानपुर जस्तो एउटा इतिहास बोकेको र प्रसस्त जनशंख्यालाइ सेवा दिने स्वास्थ्य चौकिलाइ भेदभावपुर्ण व्यवहार गरेको वडाध्यक्ष पुरीको भनाइ थियो ।

सरकारले प्रयोगशाला सन्चालन भएका स्वास्थ्य संस्थामा प्रयोगशाला शुल्क ज्येष्ठ नागरीकहरुलाइ निशुल्क गरेको छ । गर्भवती महिलाहरुलाइ ५० प्रतिसत छुट दिएको छ । कम्तिमा ३६ प्रकारका औषधिहरु निशुल्क गरेको छ । तर रोग पहिचाननै हुन नसक्दा यी निशुल्क स्वास्थ्य उपचार सेवा समेत प्रभावित भएको स्वास्थ्य चौकिले जनाएको छ ।

कोरोनाका कारण ढिलो भयोः जनश्वास्थ्य प्रवद्र्धन शाखा

यसैबीच तुलसीपुर उपमहानगरपालिका जनश्वास्थ्य प्रवद्र्धन शाखाले कोरोनाका कारण कर्मचारी व्यवस्थापनमा ढिलाइ भएको बताएका छन् । यस अघि प्रदेश सरकारबाट करार सेवामा ल्याव असिस्टेन्टले काम गर्दै आएपनि करीव एक बर्ष अघि उनको करार अवधि प्रदेश सरकारले थप नगर्दा प्रयोगशाला प्राविधिक विहिन भएको तुलसीपुर उपमहानगरपालिका जनश्वास्थ्य प्रवद्र्धन शाखाका जनश्वास्थ्य निरिक्षक विमल केसीले बताएका छन् ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकमा समेत यो विषयमा प्रस्ताव गैसकेको भन्दै उनले अव आर्थिक बर्षको सुरुआतमै मानपुर स्वास्थ्य चौकिमा ल्याव असिस्टेन्टको व्यवस्थापन हुने र प्रयोगशाला सन्चालनमा आउने जनश्वास्थ्य निरिक्षक केसीले बताएका छन् ।

डेग÷मलेरिया अभिमुखिकरण

यसैबीच मानपुर स्वास्थ्य चौकिमा बर्षातको मौसममा प्रकोपका रुपमा देखिने प्राणघातक डेंगु, मलेरिया तथा कालाजारका विषयमा अभिमुखिकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।

अभिमुखिकरणका क्रममा जनश्वास्थ्य निरिक्षक रविन्द्र नेपालीले लामखुट्टे र भुसुनाका माध्यमबाट सर्ने यी रोगहरुका लक्षण रोकथाम र औषधि उपचारका विषयमा जानकारी गराएका थिए । साथै मलेरीयाको परीक्षण आरडिटि प्रविधिबाट हुने भएपनि प्रयोगशाला विग्रिएकाले यहां भने नहुने बताएका थिए । कार्यक्रम वडाध्यक्ष थलराज पुरीको अध्यक्षतामा भएको थियो । सो अवसरमा स्थानिय शिक्षक, स्वास्थ्य चौकिका कर्मचारी तथा वडा कार्यालयका जनप्रतिनिधि एवं पत्रकारहरुको समेत सहभागिता थियो ।


तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु