चारलेन परीयोजना विरामी भा छ’

खेमराज रिजाल

ad

दाङ्ग(तुलसीपुर) २१ ,असार । प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले यहां सन्चालनमा आएको गौरवको विकाश योजना चारलेन सडक स्तरोन्नती परीयोजना विरामी भएको बताएका छन् । आफु सरुवा भएर यहां आएलगत्तै दाङ जिल्लाकै महत्वपुर्ण बजार घोराही तुलसीपुर जोड्ने सडकको अवस्था वेहाल देख्दा अचम्म लागेको पनि बताएका छन् ।

ad

‘चार लेन सडक परीयोजना विरामी भा देखेर तत्काल परीयोजना प्रमुखलाइ फोन गरें, उहां काठमाण्डौमा हुनुहुंदो रहेछ, आएपछि यसलाइ कसरी अगाडि बढाउने छलफल गरौंला भनेको छु’, तुलसीपुर उद्योग वाणिज्य संघले सोमवार आयोजना गरेको स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले भने । पत्रेखोलाको समस्या पनि यसैले उव्ज्याएको उनको अभिव्यक्ति थियो ।

ad

‘अनि हेर्नुस् पत्रेखोलामा पनि खासै ठुलो समस्या थिएन, डिभिजन सडकको माताहतको सडक चारलेनमा गएपछि समस्या भएको थियो, समयमै समन्वय हुन सकेको भएत बर्षातमा यस्तो समस्या हुने थिएन नी’—प्रजिअ कुरुम्वाङले भने, समाधान त हुंदै छ नी । पत्रेखोलामा काम कसले गर्ने भन्ने जिम्मेवारी लिन नसक्दा यो समस्या देखिएको बताउंदै उनले वेरुजु आएपनि काम गरौं न भनेपछि कच्वेको खाडल पुर्ने काम भएको जिकिर गरे । पत्रेखोलाको सानो समस्या समाधान भएलगत्तै अव चारलेन सडक परीयोजना किन विरामी भएको हो भन्ने सन्दर्भमा पनि आफ्नो विशेष ध्यान केन्द्रित हुने पनि उनको अभिव्यक्ति थियो ।

ad

प्रजिअ कुरुम्वाङले आफुले जिल्लामा जंघि, प्रहरी र निजामती सवैको नेतृत्व गर्ने बताउंदै राजनेताहरुले ल्याएका परीयोजनाहरुलाइ पारदर्शि र छरीतो रुपमा कार्यान्वयनमा ल्याउन सवै पक्षबाट काम गर्ने बताए । राजनितिक संस्थाले त परीयोजना र त्यसमा बजेट ल्याउने मात्र हो, कार्यन्वयन त हामीले गर्ने हो नी’, कुरुम्वाङले भने, चारलेन परीयोजना पनि अव चांडै तदारुकताकासाथ अघि बढ्ने छ । आफु प्रशासक मात्र नभएर राष्ट्रसेवक समेत भएकाले विकाश समृद्धि र शुसासनमा प्रतिवद्ध रहेको पनि उनको अभिव्यक्ति थियो ।

दाङ ठुला योजनाहरु पर्नेमा भाग्यमानी जिल्ला भएको बताउंदै यी सवै आयोजनाहरुलाइ कार्यान्वयनमा ल्याउन सके यहांको समृद्धिको ढोका खुल्ने पनि उनको अभिव्यक्ति थियो । ‘मैले करीव तेह्र जिल्लामा सिडिओ भएर काम गरें, यहां आउनेवित्तिकै मैले देखेको समस्या भनेको आयोजना आउने र काम नहुने हो’—कुरुम्वाङले भने, विकाश निर्माणका साझा मुद्धामा सवैको सहकार्य र हातेमालोको आवस्यक छ ।

होलेरीको सडक होस वा मुर्कुटि घोराही सडक, गुणस्तरहिन निर्माणका कारण समस्या हुने गरेको बताउंदै उनले सडक स्तरोन्नतीकै चरणमा सवै प्राविधिक विश्लेषण हुनुपर्ने उनको आग्रह थियो । ‘टिप्पर गुड्ने सडकमा अक्सपाल प्रविधिको कालोपत्रेको काम छैन, त्यहां त आरसिसि ढलान चाहिन्छ भनेर सडकका इन्जिनियरले बुझ्नुपर्ने होइन र?’, प्रजिअ कुरुम्वाङले भने, समस्या यहिनेरबाट सुरु भएको हुन्छ । आफुले मिडियामैत्री भएर काम गर्न रुचाउने भन्दै उनले सन्चारकर्मिहरुलाइ आग्रह गरे, ‘हामिलाइ मिडिया मोटिभेशन पनि चाहिएको छ ।’

‘जिरो टलरेन्स, फ्रि अफ कस्ट’

त्यसै गरी स्वागत कार्यक्रममा दाङ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम काफ्लेले आफुले जिल्लाको समग्र शान्तिसुरक्षाका सन्दर्भमा सुन्य सहनशिलता र निशुल्क रुपमा जनतालाइ सेवा प्रवाह गर्ने बताए । त्यायालयमा मुद्धा जाहेरी गर्दा पनि १५ रुपैयाको टिकट र वकिलहरुलाइ पन्ध्र सय÷दुइ हजार रुपैया तिरेर जाहेरी लेखाउने बाध्यता रहेको उल्लेखगर्दै उनले प्रहरीले भने कुनै पनि आवेदन आफैले लेखिदिने र हुलाक टिकट टांस्ने अवधारणा पनि खारेज गरीसकेको बताए । ‘हामी जिरो टलरेन्समा फ्रि अफ कष्टमा जनतालाइ सेवा दिने प्रण गर्दछौं, हामीलाइ अपराध नियन्त्रणमा तपाइहरुको सुचना मात्रै चाहिएको छ’—प्रहरी उपरीक्षक काफ्लेले भने । सुचना दिने नागरीकको नाम सुरक्षा निकायले सधै गोप्य राख्नेमा विश्वस्त हुन पनि उनले उद्योगी व्यवसायीहरुलाइ आग्रह गरे । कार्यक्रममा व्यवसायीहरुले व्यवसायीक सुरक्षाका अलावा तुलसीपुरको समग्र सुरक्षाका विषयमा पनि सुरक्षा निकायलाइ गम्भीर रहन आग्रह गरेका थिए । सो अवसरमा तुलसीपुर उद्योग वाणिज्यसंघका सल्लाहकार अनुप कुमार श्रेष्ठले पछिल्लो समयमा तुलसीपुर क्षेत्रमा गैरआवाशिय मुस्लीमहरुको चहलपहल बढिरहेको उल्लेखगर्दै उनीहरुबाट हुन सक्ने आपराधिक गतिविधिमा विशेष निगरानी गर्न सुरक्षा निकायलाइ आग्रह गरेका थिए । प्रतिउत्तरमा प्रहरी प्रमुख काफ्लेले गैरआवाशिय मुस्लीमहरुको चहलपहल बढेको आफुले पहिलो पटक जानकारी पाएको बताउंदै त्यसमा सुक्ष्म रुपमा सुरक्षा अनुसन्धान गर्ने बताएका थिए ।

कार्यक्रममा विषयप्रवेश गराउंदै तुलसीपुर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विमल रिजालले तुलसीपुर क्षेत्रमा आपराधिक गतिविधिका अवसेसहरु अझै पनि देखिने गरेको बताउंदै व्यवसायीक सुरक्षा एवं संपुर्ण नागरीकहरुको शान्ति सुरक्षाका सन्दर्भमा सुरक्षा अधिकारीहरु गम्भीर भएर कामगर्न सुझाव समेत दिएका थिए । आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रामप्रसाद चालिसेले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख यहां काम गर्दा सम्म आफै पनि यहांको उपभोक्ता भएको अर्थमा काम गर्न सुझाव दिएका थिए । ‘हामी जघन्य अपराधिलाइ छुटाउनकालागी कहिल्यै प्रहरीलाइ दवाव दिने छैनौं, सामान्य विवाद र मेलमिलापका विषयमा भने सुरक्षा निकायका अधिकारीहरुसंग संवादको अवस्था आउन सक्ने छ’—अध्यक्ष चालिसेको अभिव्यक्ति थियो । स्वागत कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका सल्लाहकार मीनराज वली, पत्रकार नारायणि रजौरे लगायतले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखलाइ सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।


तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु