तुलसीपुर प्रहरीका चुनौतिः साना हतियारदेखि अबैध उत्खनन्

दाङ्ग (तुलसीपुर) १८, असार । तुलसीपुरमा फेरी साना हतियारको प्रयोग हुन थालेको छ । करीव एक महिना अघिमात्र सिचाइ कुलो खन्ने सामान्य विवादमा एक जना स्थानियबासीले गोलि फायर गरेर त्यसको प्रमाण दिइसकेका छन् । ‘साना तथा घरेलु हातहतियारको प्रयोगका सन्दर्भमा गम्भीर बन्न आग्रह गर्दछु’, पत्रकार शुरेश श्रेष्ठले भने, धेरै पछि तुलसीपुरमा दिनदहाडै गोलि फायर हुनुले यहांको शान्ति सुरक्षालाइ फेरी चुनौति दिएको छ । यहांका सन्चारकर्मि एवं समाजसेवी देवी प्रसाद धितालको हत्याकाण्ड अझै रहस्यमय भैरहेको तथा तुलसीपुरको शान्तिसुरक्षाका सन्दर्भमा राष्ट्रसंघिय निकायको ट्राभल एड्भाइजरी अझै करेक्शन हुन नसकेको अवस्थामा पछिल्लो घटनाले शान्ति सुरक्षामा फेरी असुरक्षाको पुनराबृत्ति भएको अनुमान गर्न सकिने उनको तर्क थियो । तुलसीपुरमा साना तथा घरेलु हतियार यस अघि व्यापक प्रयोग भएको अवस्थामा अझैपनि लुकिछिपि कसैले हातहतियार राखेको हुन सक्ने पनि यस घटनाले देखाएको छ । एउटि महिलामाथी भएको बतात्कारको घटना आर्थिक लेनदेनका माध्यमले मिलाइने अभ्यास तुलसीपुरमा निरन्तर देखिंदै आएको छ । ‘नजिकै न्यायालय, स्थानिय पालिकाको न्यायिक समिति हुंदाहुंदै पनि जघन्य अपराध जस्ता घटनाहरुलाइ मोलमोलाइमा मिलाउन खोज्नुले निम्न वर्गिय पिडित महिलाहरुले न्याय पाउन नसकेको अवस्था छ’, मेरो आग्रह छ कि यस्ता जघन्य अपराधका घटना दर्ता गरी अभियुक्तलाइ कानुनी कारवाहि दिलाउन कन्जुस्याइ नगर्न आग्रह गर्दछु’—पत्रकार सर्मिला डिसीले भनिन्, पावर र पैसामा अपराध छिपाइने परम्परालाइ तोड्न र पिडितलाइ न्याय दिलाउन प्रहरीले विशेष पहल गरोस् । निम्न वर्गका पहुचहिन महिला र वालवालिकाहरु यसरी पिडित भै न्याय पाउन नसकेको पनि उनको आग्रह थियो ।

ad

इलाका प्रहरी कार्यालय तुलसीपुरमा भर्खरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले शुक्रवार आफ्नै कार्यालयमा आयोजित पत्रकारहरुसंगको परीचयात्मक कार्यक्रम एवं सुझाव संकलन कार्यक्रममा पत्रकारहरुले भिन्नभिन्न विषयमा सुझाव पस्केका थिए । ‘जुवा प्रहरीको सेटिङमै खेलाइन्छ, कुरा नमिले मात्र पक्राउ पर्ने प्रबृत्ति हावी हुंदै आएको छ’, पत्रकार गणेश आचार्यले भने सेटिङमा हुने यस्ता गलत प्रबृत्तिले प्रहरीको नियत माथिनै आशंका उत्पन्न हुने अवस्था देखिएको छ । सेटिङमा हुने गलत क्रियाकलापलाइ अर्याल कमाण्डको टिमले चिर्ने छ भन्ने आचार्यको आग्रह थियो । त्यसैगरी अबैध लागुऔषध नियन्त्रण र न्युनिकरणमा पनि प्रहरीले विशेषगरी तुलसीपुर भित्रिने नाकाहरुमा विशेश चेकजांच बढाउनुपर्ने सुझाव अधिकांश सन्चारकर्मिहरुको थियो । त्यसैगरी यस अघिका प्रहरी प्रमुखले थालेको टोल सुरक्षा समितिको अवधारणालाइ निरन्तरता प्रदानगर्न पनि पत्रकारहरुको सुझाव थियो ।

ad

धेरै सन्चारकर्मिहरुको सुझाव फौजदारी अपराध नियन्त्रणमा भन्दा पनि नदिजन्य पदार्थको ओसारपसारमा बढि क्रियाशिल हुन प्रहरीलाइ सुझाव दिएका थिए । पत्रकार विमल गौतमले तुलसीपुर स्थानिय तहमा एक भाग राजश्व बुझाएर थप चारभाग नदिजन्य पदार्थ उठाउने प्रबृत्ति हावी रहेको बताउंदै अबैध उत्खनन् र ओसारपसारमा विशेष ध्यान दिन आग्रह गरेका थिए । पछिल्लो समयमा संघिय सरकारको ऐन कानुनको विपरीत स्थानिय पालिकाले जवर्जस्त रुपमा प्रहरीलाइ दवाव दिएर रोकिएको समयमा पनि खोलाहरुबाट मेसिन प्रयोगगरी अनियन्त्रित रुपमा नदिजन्य पदार्थहरु उठाउने काम गरीरहेको पत्रकारहरुले सुझाव दिएका थिए । त्यसैगरी खुलेको समयमा पनि एक ठाउमा वातावरणिय प्रभाव मुल्यांकन(इआइए) गरेर अर्को ठाउबाट नदिजन्य पदार्थको खुलेआम ओसार पसार गरीरहंदा यहांको वातावरणिय विनाससंगै जैविक विविधता र सिंचाइ मा समेत ठुलो समस्या रहेको पत्रकारहरुको सुझाव थियो । स्थानिय सरकारका प्रतिनिधिहरुले आफ्नो फलानो स्थानमा अबैध रुपमा उत्खनन् भैरहेको छ, त्यहा हुने उत्खनन् रोक्नुपर्यो भनेर प्रहरीलाइ कहिल्यै खवर गर्ने गरेको पाइएको छैन । यसको उल्टो प्रहरीलाइ स्थानिय जनप्रतिनिधिहरुले जहिले पनि फलानो नंवरको ढुंगा बोक्ने टेक्टरलाइ छुटाइदिनुपर्यो भनेर मात्र दवाव दिने गरेको पनि पत्रकार भेटघाटका अवसरमा बताइएको छ । पत्रकारहरुसंगको साक्षात्कार कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आफुले नेपाल सरकारको सुरक्षा सुचक भित्र रहेर नियमित सुरक्षाको कामसंगै पत्रकारहरुले दिएका सुझावहरुलाइ अत्यन्तै जिम्मेवारीकासाथ मनन गर्ने अभिव्यक्ति दिए । साथै उनले मिडियाफ्रेण्डली भएर काम गर्ने पनि आश्वासन दिएका छन् ।

ad

साथै उनले यस अघि इलाका प्रहरी कार्यालयले सुरु गरेको टोल सुरक्षा समितिलाइ थप प्रभावकारी बनाउनुकासाथै लागुऔषध न्युनिकरण अभियानलाइ पनि निरन्तरता दिने बताए । साथै नदिजन्य पदार्थको उत्खनन्का विषयमा स्थानिय सरकारले आग्रह गरेअनुसार आफ्नो माताहतका सुरक्षाकर्मिहरुले काम गर्ने अभिव्यक्ति दिए । आफुले यस अघि काम गरेको स्थानमा जनप्रतिनिधिहरुलेनै खोलामै क्रसर उद्योग सन्चालन गरेको पाएको बताउंदै नदिजन्य पदार्थको उत्खनन्, संकलन र उपभोगको अधिकार विशेषगरी स्थानिय सरकारलाइनै भएको बताएका थिए । ‘विद्यमान ऐनले नदिजन्य पदार्थको उत्खनन् संकलन लगायत व्यवस्थापनको संपुर्ण जिम्मेवारी स्थानिय पालिकालाइ दिएको छ, हामीले त सुरक्षा माग भएमा मात्र खोलाखोलामा पुगेर सुरक्षा प्रदान गर्ने र पक्राउ गर भनेकालाइ पक्राउ गर्ने हो’—इलाका प्रहरी प्रमुख अर्यालले भने । तर आफु काममा आएलगत्तै स्थानिय सरकारका जनप्रतिनिधिहरुले पक्राउ परेका यस्ता टिप्परहरुलाइ छाडिदिन दवाव दिन थालेको पनि स्वीकारे । ‘असार देखि भदौसम्म कुनैपनि खोलाबाट नदिजन्य पदार्थ निकाल्न मिल्दैन, कानुनलेनै रोक लगाएको छ, तर यहांका जनप्रतिनिधिहरुले भत्केको वाटो मर्मतकालागी हो भनेर पक्राउ परेका साधननै छाडिदिन दवाव दिइरहनुभएको छ’—अर्यालले भने ।

ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु