राजु द्वारा एनआरएन अस्ट्रेलिया न्यु साउथवेल्सको सह–संयोजमा उमेद्वारी

दाङ, असार, १४। एनआरएन अस्ट्रेलियाको चुनाब नजिकिदै जाँदा चुनावी सरगर्मी बढेको छ । बिस्तारै प्रत्यासीहरुको चर्चा पनि चुलिन लागेको छ । एनआरएन अस्ट्रेलियाको निर्वाचन यही आउदो जुलाई ३१ तारिख तोकिएको छ । चुनावी मिति नजिकिदै जाँदा राजनीतिक दलका केहि भातृसंगठनहरु खुलेरै आफ्नो टिम निर्माणमा लागेका छन ।

ad

एनआरएन अस्ट्रेलिया न्यु साउथवेल्स को निर्वाचनमा आधिकारीक टिमको तर्फबाट दाङबाट तुलसीपुर–७ गणेशपुर निवासी राजु गिरीले सह संयोजकमा उमेद्वारी दिने घोषणा गरेका छन् ।

ad

दाङ निवासी गिरी हाल स्थानीय अर्वन नेपाली समाजका उपाध्यक्ष हुन् । गिरीले आफनो टिममा संयोजकको टुङ्गो केहि दिनमानै लाग्ने र अन्य केहि पदाधिकारीहरुको टुङ्गो भने लगाई सकेको जानकारी दिएका छन् । गिरीले आफनो आधिकारीक टिमबाट सचिवमा प्रेम महरा, कोषाध्यक्षमा उद्धव विष्ट, सह–सचिवमा पुकार पोख्रेल चुनावी मैदानमा रहेको जानकारी दिएका छन् । त्यस्तै सदस्यहरुमा भुपेन्द्र कंडेल, सबला बस्नेत, आयुस अधिकारी, छितीज सिंह, निशान जंग कार्की, विकास झाँको नाम टुङ्गो लागेको बताए । ‘हाम्रो टिमनै आधिकारीक उम्मेदवार हो, संयोजक र अन्य सदस्यहरुको टुङ्गो लगाउने तरखरमा छौं –उनले भने । ’ सह–संयोजक पदका प्रत्यासी गिरीले अस्ट्रेलियाबाट नेपालमा विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन् । कोभिड –१९ को संक्रमणको समयमा स्वास्थ्य सामग्री देखि विभिन्न असाहे विपन्नलाई सहयोग गर्दै आएका छन् ।

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु