कक्षा ११ को अन्तिम मूल्याङ्कन / १२ को परीक्षा भदौमा

५ असार,काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी गरेको हो ।

ad

बोर्डले गत जेठ २६ गतेबाट कक्षा १२ को परीक्षा लिने कार्यतालिका सार्वजनिक गरे पनि कोरोनाका कारण स्थगित गरेको थियो । यसपटक कक्षा १२ मा अध्ययन गरेका विद्यार्थीको कक्षा ११ को परीक्षा बोर्डले नभई विद्यालयले लिएकाले गत वर्षकै जस्तो मोडालिटीमा परीक्षा हुने अवस्था नरहेको स्पष्ट गर्नुभयो । यसपटक परीक्षाका लागि भिन्न खालको मोडालिटी बनाउने बोर्डको गृहकार्य छ ।

ad

कक्षा ११ मा अध्ययनरत देशभरका विद्यार्थीको अन्तिम मूल्याङ्कन असारभित्र गरिसक्नुपर्ने बोर्डले जनाएको छ । असारभित्र विद्यार्थीको मूल्याङ्कन सकेर साउनदेखि ती विद्यार्थीको कक्षा १२ को पठनपाठन सञ्चालन गर्न सकिने जानकारी बोर्डले दिएको छ ।

ad

बोर्डले गत वर्ष नै कक्षा ११ को परीक्षाको कार्यविधि बनाएर मूल्याङ्कन गर्न सक्ने अधिकार विद्यालयलाई दिइसकेको छ । कार्यविधिले असारभित्र विद्यार्थीको अन्तिम वार्षिक मूल्याङ्कन सक्ने समयसीमा समेत उल्लेख गरेको छ । यस विषयमा कार्यविधिले स्पष्ट गरिसकेकाले यसपटक थप केही भन्नुपर्ने अवस्था नरहेको बोर्डका अध्यक्ष पौडेलले बताउनुभयो ।

ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु