स्मार्टफोन निर्माता वनप्लस र ओप्पो (1+/oppo) कम्पनी मर्ज

असार ,३ काठमाडौं । दुई चिनियाँ स्मार्टफोन निर्माता कम्पनी वनप्लस र ओप्पो मर्जरमा गएका छन् । केही समयदेखिको सहकार्यपश्चात दुई कम्पनीले मर्जरको घोषणा गरेका हुन् । यससँगै अब वनप्लस ओप्पोको सहायक ब्राण्ड बनेको छ ।बीबीके इलेक्ट्रोनिक्सको स्वामित्वमा रहेका दुवै ब्राण्डले अधिक संसाधन जम्मा गर्न तथा कामकाजी सम्बन्धलाई औपचारिकता दिन मर्जरमा गएको बताइएको छ । वनप्लसका सह-संस्थापक पिट लाउ र कार्ल पेईले यस अघि ओप्पोमा काम गरेका थिए ।गत जनवरीमा वनप्लसले आफ्नो अनुसन्धान र विकासलाई ओप्पोसँग मर्ज गर्ने घोषणा गरेको थियो । त्यतिखेर दुवै कम्पनीले आफ्नो अनुसन्धान र विकास सम्बन्धी टिमको शेयर मर्ज गर्ने उनीहरुको योजना रहेको थियो ।वनप्लसले सफ्टवेयरको क्षेत्र भने त्यसले नछुने स्पष्ट पारेको थियो ।

ad

तर अहिले आएर भने दुवै कम्पनीबीच पूर्ण रुपमा एकीकृत हुने घोषणा आएको छ ।वनप्लसका सीईओ लाउले मे २०२० मा ओप्पोको चिफ प्रडक्ट अफिसरको रुपमा दोस्रो भूमिका समेत निभाएका थिए । ‘त्यतिबेला देखि नै हामीले आफ्नो सञ्चालनलाई थप प्रभावकारी किसिमले व्यवस्थित गर्न र स्रोतसाधनको अतिरिक्त सहप्रयोगलाई बढावा दिन आफ्नो टिमलाई एकीकृत गरेका हौं,’ उनले एउटा फोरम पोस्टमा लेखेका छन् ।‘ती परिवर्तनको सकारात्मक प्रभाव देखेपछि हामीले आफ्नो संगठनलाई ओप्पोसँग एकीकृत गर्ने निर्णय लिएका छौं,’ उनले भनेका छन् ।लाउका अनुसार यो कदमबाट वनप्लसलाई थप उत्कृष्ट उत्पादन विकास गर्नका लागि अतिरिक्त संसाधन प्राप्त हुनेछ । ‘यसले हामीलाई थप कुशल तरिकाले काम गर्न साथ दिनेछ । उदाहरणका लागि वनप्लस प्रयोगकर्ताका लागि हामी छिटो छिटो थप स्थिर किसिमका सफ्टवेयर अपडेट ल्याउन सक्छौं ।’वनप्लस ओप्पोको छत्रछायाँमा गएपनि लाउले भने स्वतन्त्र रुपमा सञ्चालन हुने बताएका छन् ।

ad

वनप्लसको साथमा अझै पनि आफ्नो उत्पादन र कार्यक्रम हुनेछ र सोझो रुपमा ग्राहकसँग जोडिरहने छ । वनप्लसले यसै वर्षको सुरुवातमा आफ्नो पहिलो स्मार्टवाच वनप्लस वाच सार्वजनिक गरेको थियो ।जसले औषत किसिमको रिभ्यु पाएको छ । कम्पनीले यो उपकरणलाई थप उत्कृष्ट बनाउनका लागि कयौं अपडेट उपलब्ध गराउने बाचा समेत गरेको छ । ती अपडेटलाई तीव्र रुपमा ल्याउनका लागि पर्याप्त संसाधन हुनु वनप्लसका प्रयोगकर्ताका लागि यो खुशीको खबर हुनसक्छ । मर्जरमा गए पनि वनप्लसले आफ्ना नयाँ उत्पादनहरु बजारमा ल्याउने कार्यलाई भने निरन्तरता दिनेछ र प्रडक्ट सार्वजनिक गर्दा हुने समाहरोह समेत फरक फरक हुनेछन् । (एजेन्सी )

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु