बेलायत र क्यानडा जाने विद्यार्थीका लागि राईटपाथ र एडभोएको निःशुल्क वेबिनार

दाङ ३१,जेठ । विश्व कोरोना महामारीका कारण भौतिक उपस्थितिमा अध्ययन अध्यापनको वातावरण नभएको बेला राईटपाथ र एडभोएको सहकार्यमा बेलायत र क्यानडामा अध्ययनका लागि जान चाहनेका लागि निःशुल्क वेबिनार आयोजना गर्ने भएको छ ।१५ जूनबाट सुरु हुने वेबिनारमा यूकेका ६ विश्वविद्यालयका पदाधिकारीले आवश्यक सूचना र जानकारी प्रदान गर्ने एडभोएले जनाएको छ ।

ad

वेबिनार अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि उपयोगी हुने एडभोए नेपालका कन्ट्र्री डिरेक्टर फिलिप डिसीले जानकारी दिए ।वेबिनार जुम प्ल्याटफर्मबाट सञ्चालन गरिनेछ । वेबिनारमा १५ जूनमा ब्राइटन विश्वविद्यालय, १६ जूनमा बोल्टन, १८ जूनमा रोह्याम्टन, २३ जूनमा हडर्सफिल्ड र २४ जूनमा थम्सन रिभर्स विश्वविद्यालय क्यानडाका वक्तासँग आफ्ना जिज्ञासा राख्न सकिने डीसीले बताए ।बेलायत तथा क्यानडाका प्रतिष्ठित विश्वविद्यालयहरुको वेबिनार गर्दै जाने समेत उनले जानकारी दिए ।

ad

अहिले युके र क्यानडाको सीमा खुल्ला नै रहेको साथै त्यहाँको जनजीवन पनि सामान्य भइसकेकाले यि दुई देशमा केही जोड दिइएको हो ।यसअघि एडभोएले बेलायतको युकलान विश्वविद्यालयबाट सुरुवात गरेको वेबिनार सिरिज, अक्सफर्ड ईन्टरनेसनल ग्रुप युके, युनिभर्सिटी अफ साउथ वेल्स युके, युनिभर्सिटी अफ क्यानडा वेस्ट, नियाग्रा कलेज क्यानडाका वेबिनार सिरिज सम्पन्न गरिसकेको छ । वेबिनारमा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको समेत एडभोएले जनाएको छ ।

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु