निरन्तर समर्पणको ‘विपुल’ परीणाम

दाङ, २८ चैत । टिनएजकै समयमा विसं २०४९ शालदेखि घटना र विचारबाट पत्रकारीता सुरुआत गरेका विपुल पोख्रेल निरन्तर सर्मपणको परीणाम स्वरुप करीव २८ बर्षपछि नेपालभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भए । परीणाम यस्तो आयोकि उनको पक्षमा अत्यधिक वहुमत मात्र होइन देशभर करीव करीव सवै परीषाम उनकै पक्षमा आयो । जम्मा ५२ जनाको केन्द्रिय कार्यसमितिमा ४९ जना उनकै नेतृत्वमा प्रत्यक्ष निर्वाचनमा लडेकाहरु विजयी भए ।पत्रकारीतामा ‘विपुल’ एउटा प्रबृत्ति हो । विसं २०५३ शालमा नेपाल पत्रकार महासंघ दाङ शाखाको सदस्य बनेका उनी पत्रकारीतामा थाकेनन्, रुकेनन्, झुकेनन् अनि नेतृत्वकालागी कहिल्यै विद्रोहि पनि बनेनन् । यसैले छव्विसौं महाधिवेशनले दिएको छ ‘विपुल’ परीणाम । पत्रकारीता गर्दैगर्दा पत्रकारीतामा सुधारात्मक कदमहरु पनि आवस्यक छन् । त्यसकालागी नेतृत्वमै पुग्नुपर्दछ भन्ने उनको चाहना निरन्तर रह्यो । विसं २०५८ शालमा केन्द्रिय पार्शदमा निर्वाचित भए । सोहि बर्षको केन्द्रिय महाधिवेशनमा उनी नेपाल पत्रकार महासंघको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भए । नेतृत्वकैलागी दौडधुममा मात्र लागेनन् उनी, जिल्लामै पनि पत्रकारीतामा निरन्तर क्रियाशिल रहे ।त्यो वेलानै पत्रकारीतामा उदाएको थियो, ‘विपुल’ प्रबृत्ति । उपाध्यक्ष भैरहंदा मुलुक राजनितिक द्धन्द्धको चरम भुमरीमा फस्दै थियो । शशस्त्र द्धन्द्ध चलिरहेकै वेला उनले नेपाल पत्रकार महासंघमा एउटा मिसनको संयोजकको भुमिका पाए । द्धन्द्धमा सरकार र द्धन्द्धरत तात्कालिन माओवादीबाट नियन्त्रणमा लिइएका पत्रकारहरुको निसर्त रिहाइ । उनले केएल पिडितलाइ सैनिक हिरासतबाट छुटाए । डेकेन्द्र थापा, रोशन पुरी तथा दुर्गाथापा जस्ता दर्जनौं पत्रकारलाइ सेना तथा युद्धरत समुहले त्रासमय वातावरणमा कव्जा गरीरहेको अवस्थामा उनीहरुलाइ मुक्त गराइ पुनः पत्रकारीतामा फर्काउनु पनि उनकै संयोजनमा मिशन सफल भयो ।

नेपाल पत्रकार महासंघको अघिल्लो मिशनमा पनि उनी वरीष्ठ उपाध्यक्ष पदमा निर्वाचित भए । जुन पदमा रहंदा उनले संहालेको नेतृत्वदायी भुमिकालाइ नेपालभरका पत्रकारहरुले आत्मसात गर्दै आए, जुन अहिलेको निर्वाचन परीणामले देखाइसकेको छ ।

ad

उनी मात्र अत्यधिक वमुहतको उचाइमा पुगेनन्, उनी नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानलका जम्मा ५२ उम्मेदवारहरु मध्ये ४९ जनाले निर्वाचन जिते ।त्यसो त उनको विसं २०६४ शालकै महाधिवेशनमा केन्द्रिय अध्यक्षको पनि तयारी थियो । तर उनका विपक्षिहरुको वाहुल्यताले उनलाइ जिल्लाबाटै केन्द्रिय पार्षदमा जान दिइएन, अर्थात केन्द्रिय पार्षदमै हारे उनले । त्यहि क्रममा सायद त्यसै बर्ष उनी नेपाल प्रेस काउन्सिलको केन्द्रिय सदस्य मनोनित भए । एक कार्यकालकालागी पत्रकार महासंघमा खासै सक्रियता देखाएनन् राजनितिमा सक्रिय हुने चाहनाले । तर त्यो वेला उनलाइ महेन्द्र वहुमुखि क्याम्पसमा स्ववियु सभापतिमा नेतृत्व लिनकालागी टिकट दिइएन पार्टिबाट । फेरी पत्रकारीतामै निरन्तरता । त्यसवेला देखि पनि उनी जिल्लाकै स्वर्गद्धारी एफएमको संपादक, गोरक्ष राष्ट्रिय दैनिकको संपादक लगायत विभिन्न जिल्लामा पत्रकारीता प्रशिक्षणमा अर्थपुर्ण उपस्थीति जनाउंदै आए ।नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष एवं अग्रज पत्रकार तारानाथ दाहालको भनाइमा निरन्तर समर्पणको परीणाम स्वरुप विपुल अध्यक्ष पदमा निर्वाचित बने । ‘यो विजय प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, व्यवसायीक पत्रकारीता, तथा श्रमविजि पत्रकार र नागरीक अधिकारका पक्षधरहरुले चुनाव जितेको अवस्था हो, पुर्व अध्यक्ष दाहाल भन्छन्, जसको नेतृत्व विपुल पोख्रेलले गरेका थिए ।’ त्यस्तै यो निर्वाचनले संविधान प्रदत्त स्वतन्त्रताको हकको संरक्षण र स्वतन्त्रताका पक्षमा निरन्तर लागेका सन्चारकर्मिहरुको विजय हो । यसले प्रतिगमनका विरुद्ध लागेको सरकार पक्षलाइ संपुर्ण रुपमा अस्वीकार गरेको छ ।पुर्व अध्यक्ष धर्मेन्द्र झाको बुझाइमा यो निर्वाचन परीणामा विपुलको प्रचण्ड वहुमत एउटा लोकतन्त्रको पक्षमा आएको नागरीक अभिमत पनि हो, यसलाइ नमुना आम निर्वाचनका रुपमा पनि लिन सकिन्छ । विपुललाइ प्राप्त मत करीव १४ हजार पत्रकारहरुका अभिमत मात्र होइनन्, नागरीक आवाजका प्रतिविम्व पनि हुन् । पुर्व अध्यक्ष धर्मेन्द्र भन्छन्, यसलाइ सर्वसत्तावाद विरुद्ध अधिनायक वादको विरुद्धको विजयका रुपमा पनि लिन सकिन्छ । ‘विपुल पोख्रेलमा नेतृत्व लिने क्षमता पनि पृथक भएकै कारण उनको टिमको प्रचण्ड वहुमत आएको पनि मैले अनुभुति गरेको छु’—पुर्व अध्यक्ष झाले भने ।नेपाल पत्रकार महासंघकै पुर्व अध्यक्ष शिव गाउलेको भाषामा पत्रकारको मन जितेकै कारण विपुल पोख्रेलको नेतृत्वले निर्वाचनमा विजयी हातपारेको हो । यसलाइ त्यहि रुपमा लिनु उपयुक्त हुने छ ।

ad

प्रजातान्त्रिक अभ्यासमा निर्वाचनमा जांदा पत्रकारहरु यो र त्यो प्यानलमा जोडिएर नेतृत्वकालागी उम्मेदवार बनेपनि परीणाम आइसकेपछि यो सवै पत्रकारहरुको नेतृत्व हो भनेर लिन आम पत्रकारलाइ आग्रह थियो गाउंलेको । निर्वाचन परीणाम आइसकेपछि अव सवै पत्रकारहरुको कुनै खेमा नरहेको भन्दै पुर्व अध्यक्ष गाउलेले नव निर्वाचित अध्यक्ष विपुल पोख्रेल लगायत सवै पदाधिकारी एवं सदस्यहरुलाइ बधाइ समेत दिएका छन् । निर्वाचन अघि जहाजेसुकै खेमाका कुरा आएपनि निर्वाचित भैसकेपनि पत्रकार महासंघमा आउंदा कुनैपनि नेतृत्वमा राजनितिको रंग नहुने पनि उनको बुझाइ थियो ।निवर्तमान अध्यक्ष डा गोविन्द आचार्यले पनि लोकतान्त्रिक विधि र प्रक्रियाबाट अध्यक्ष लगायत सवै सदस्यहरु निर्वाचित भएको भन्दै महासंघमा आउंदा राजनितिक गन्ध लिएर आउन नहुने अभिव्यत्ति दिए । ‘निर्मलाजीले चुनाव हारेपनि उहां यस संस्थाको सल्लाहकार हुनुहुन्छ, अव नयां नेतृत्व सवै पत्रकारहरुको साझा भावनामा अघि बढ्नुपर्दछ’—निवर्तमान अध्यक्ष आचार्यले भने । चुनावको परीणाम सार्वजनिक भैसकेपछि अव पत्रकार महासंघमा कुनैपनि पक्ष र विपक्षि नरहने परम्परा रहेको स्पष्ट पार्दै अध्यक्ष आचार्यले अध्यक्ष लगायत सवै निर्वाचित सदस्यहरुलाइ बधाइ दिएका छन् ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु