फेरी द्धन्द्धपिडितसंग साक्षात्कार (म विधवा भैदिएको भए…….)

दाङ्ग (तुलसीपुर) २७,चैत । ‘म विधवा भैदिन सकेको भएत कम्तिमा सामाजिक सुरक्षा भत्ताले पनि मेरो चुल्हो बल्न सहयोग पुग्थ्यो, तर मेरा श्रीमान वेपत्ता भएको दुइ दशक वित्दा पनि न मैले विधवा भन्न पाएं, नत उहांको साथ सहयोगनै पाएं…..’ ।

शुक्रवार तुलसीपुरमा आयोजना भएको वेपत्ता पारीएका व्यक्तिहरुको छानवीन आयोग काठमाण्डौले तुलसीपुरमा आयोजना गरेको वेपत्ता पिडित तथा सरोकारवालाहरुको अन्तरक्रिया कार्यक्रममा ती वेपत्ता परीवारकि महिलाको रोदनलाइ उदृतगर्दै महिला मानवअधिकारकर्मि पद्मा चौधरीले दिएको अभिव्यक्ति हो यो । मुलुकमा लोकतन्त्र आएपछि वेपत्ता पारीएका व्यक्तिहरुको छानवीन आयोग गठान भएको दशक सम्म पनि न्याय नपाएकि उनको अभिव्यक्ति हो यो । गाउंका एकल महिलाले सामाजिक सुरक्षा भत्ता स्थानिय सरकारबाट महिनैपिच्छे पाइरहंदा उनलाइ घरपरीवार पाल्न एउटा कठिन्याइ छ भने वेपत्ता भएका श्रीमानको पत्तो नहुंदा झनै ठुलो पिंडा छ । बर्षेनी घरीघरी वेपत्ता पारीएका परीवारहरुलाइ बोलाएर सरकारी आयोग तथा गैरसरकारी संस्थाहरुले बोल्नमात्र लगाइंदा उनको घाउमा फेरी पिंडा बल्झिन्छ । विगतको यादले उनको हृदयमा फेरी छटपटि सुरु हुन्छ ।

ad

तुलसीपुर उपमहानगरपालिकाकै खुम वहादुर डांगि अर्का वेपत्ता पारीएका व्यक्तिका परीवारका सदस्य हुन् । उनका दाजु अविनास पोखराको क्याम्पसमा अध्ययन गर्दैगर्दा नेपाली सेनाले होस्टलबाटै पक्राउ गरेको थियो, विसं २०५८ शालमा । अविनाससंगै उनका तीन जना साथिहरु पनि सेनाको कव्जामा परे । पछि ती तिनजना साथि सेनाको कव्जाबाट मुक्त भएर घरमा आएर खुमवहादुरलाइ तपाइका दाजुलाइ हामीले फुलवारी व्यारेकमा देखेका थियौं, जहांबाट हामी मुक्त भएर यहां आइपुगेका हौं । उनीसंगै कव्जामा परेर मुक्त भएकाहरुको भनाइका आधारमा खुमवहादुर अविनासलाइ खोज्न फुलवारी व्यारेकमा पुगे । तर त्यहांका सुरक्षाकर्मिले अविनास नामको कुनैव्यक्ति त्यहां नरहेको अभिव्यक्ति दिएपछि खुम वहादुरको परीवार पनि अहिले लास न सासको अवस्थामा रहेको छ । ‘हामीहरुले कतिन्जेल तपाइहरुलाइ यसरी पिडा पोखिरहने हो? बताइदिनुस्’—खुम वहादुरको यो अभिव्यक्तिमा निराशाको वादल मडारिएको थियो । किनकि उनले यसरी आयोग र गैर सरकारी सश्ंस्थाका कायशर््कायशर््कममा बोल्दै आएको दर्जनौं पटक भएको छ, तर न्याय पाउने आधार भेटिएको छैन ।

ad

तुलसीपुर उपमहानगरपालिका—सुकैराकि ७३ बर्षिय एकल महिला लिलाकुमारी भण्डारीले आफ्ना दुबै छोरा द्धन्द्धकालमा वेपत्ता भएको बताइन् । जेठो टिकाराम वेपत्ता भएको एक बर्षपछि कान्छो बच्चु पनि वेपत्ता भयो । तात्कालिन माओवादीले लगेका हुनकि सेनाले उनलाइ अझै एकिन छैन । ‘द्धन्द्धकालमा अपहरण भएका छोराहरु खोजिदिन उनले तात्कालिन माओवादी नेतादेखि नेपाली सेना सम्म गुहार मागिन् । सिडिओ कार्यालयमा सहयोग मागिन्, आयोगमा उजुरी पठाइन् । तर दुवै छोराको अवस्थाका वारेमा उनलाइ थाहा छैन । आफन्त र गाउंलेको सहारामा उनी वेचैन भएर मृत्यु पर्खिरहेकि छिन् । कहां छ, आयोग, के गरीरहेको छ, हामीलाइ आश्वासन मात्र दिइन्छ, न्याय दिइएको छैन’, लिलाले आयोगले तुलसीपुरमा शुक्रवार आयोजना गरेको अन्तरक्रियामा भनिन् ।

ad

वेलाकि भगवती भण्डारीले विसं २०५४ शालमा वेपत्ता भएका श्रीमानको न सास पाएकि छिन्, न लासनै । पन्ध्र बर्ष अघि वेपत्ता भएका श्रीमानको अझैसम्म पनि अत्तोपत्तो नभएको द्रपति परीयारले बताइन् ।

यी उल्लेख गरिएका व्यक्तिहरु त दाङ जिल्लाका वेपत्ताहरुको लिष्टमा परेका प्रतिनिधिपात्र मात्रै हुन् । आयोगकै तथ्यांकमा दाङ जिल्लाबाट वेपत्ता हुनेहरुको संख्या कम्तिमा १४१ पुगेको छ । तात्कालिन माओवादीले भने वेपत्ताहरुलाइ पनि शहिदको दर्जमा राख्दा वेपत्ता हुनेहरुको संख्या कम्तिमा २ सय ८० नाघेको अनुमान गरेको माओवादी केन्द्रका सचिव शुवास पुनले बताएका छन् । गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार पाउन त सक्थे द्धन्द्धपिडितका परीवारले, तर राज्य यसमा उदाशिन छ । अहिले मुलुकभर वेपत्ता पारीएका व्यक्तिहरुको परीवारको संख्या करीव दुइहजार ५ सय जति छ । प्रत्येक परीवारको एक सदस्यलाइ स्थानिय पालिकामै रोजगारी दिन कुनै तिलको पहाड हुने थिएन । एउटा पालिकाले ३ जनालाइ मात्र जागिर दिन सकेपनि वेपत्ता पारीएकाहरुको आश्रित परीवारलाइ राहत मिल्थ्यो, तर सरकारले कर्मकाण्डि शैलिमा चलाउंदै आएको छ, पटक पटक गठन गरेका वेपत्ता पारीएकाहरुको छानवीन आयोगलाइ । सरकार यतिसम्म अनुदार छ कि वेपत्ता पारीएका नागरीकहरुको बैंक खातामा रहेको पैसा आश्रित परीवारले चलाउन मिल्ने व्यवस्थापन समेत गर्न सकेको छैन । तर पिडा थप्ने काम के भने वेपत्ता भएकाहरुले लिएको ऋण अशुलिगर्न बैंकमा रहेको धिता लिलाम भैरहंदा टुलुटुलु हेरीरहेको छ । यो वेपत्ता पारीएकाहरुका परीवारहरुलाइ गर्ने कस्तो न्याय हो ।

आयोगका कर्मचारीले यीनिहरुका सम्पर्क ठेगाना नेपाली फाइलमा टिपिरहेका थिए । तर आयोगले असार पछि के काम गर्ने हो, कुनै कार्ययोजनानै छैन । आयोगका पदाधिकारीहरु कसको कुन महिना त कसको कुन महिनामा म्याद सकिंदै छ । फेरी अर्का पदाधिकारीहरु आउंछन् । पहिलेको फाइलहरुको फलोअप भन्दा पनि फेरी नयां योजना लिएर । आयोगका दराजमा द्धन्द्धपिडितका फाइलहरुमा धमिरा लागिरहन्छन्….। अन्तरक्रिया कार्यक्रममा आयोगका प्रवक्ता डा गंगाधर अधिकारीले आयोगलाइ सर्वाधिकार सहित स्वतन्त्र रुपमा कामगर्नकालागी प्रयाप्त जनशक्ति लगायत उपलव्ध गराउन नसक्नु आयोगकालागी चुनौति भएको बताए । तैपनि आयोगले पिडितहरुको सुझावलाइ मध्यनजरगर्दै अधिकार क्षेत्रभित्र रहेर कम्तिमा परीचयपत्र सम्म उपलव्ध गराउने अन्तिम तयारी गरीरहेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, शान्तिनगर गाउपालिकाका प्रमुख कमानसिह डांगी, दंगिशरण गाउपालिकाका प्रमुख भागिराम चौधरी, नेपाली कांग्रेसको सहसचिव शुरेन्द्र खड्का, नेकपा एमालेका अध्यक्ष टिकाराम खड्का, माओवादी केन्द्रका जिल्ला सचिव शुवास पुन, जनमोर्चाका गणेश आचार्य, दाङ रेडक्रसका सभापति नारायण आचार्य, नागरीक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, पत्रकार महासंघ दाङका भर्खरै निर्वाचित कोषाध्यक्ष शरद रेग्मी लगायतले वेपत्ता पारीएकाका परीवारहरुको समस्या समाधान गर्न राज्य गम्भीर हुनुपर्ने सुझाव दिएका थिए ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु