स्वास्थ्यमन्त्रीको मुखमै मास्क थिएन (कोरोना डायरी)

खेमराज रिजाल

दाङ्ग ,२४ चैत्र । ब्राजिलमा कोरोना भाइरसको मृत्युको दःखद समाचार सुन्दैगर्दा दक्षिण एसियाली मुलुक बंगलादेशमा विश्वव्याधिकै रुपमा फैलिएको कोरोना भाइरसका कारण गरीएको लकडाउनको समाचार टेलिभिजनमा देख्दा र सुन्दा ट्वाक्क ध्यान केन्द्रित भयो । त्यहि टेलिभिजनको अन्तराष्ट्रिय समाचारमा भारतको महाराष्ट्रमा पनि कोरोना भाइरसका हजारौं संक्रमित थपिंदा त्यहांका मुख्य मन्त्रीले संभवतः लकडाउनको विकल्प रोज्न बाध्य हुने अभिव्यक्ति दिइरहेका थिए ।

ad

सोमवार सांझ ८ बजेको राष्ट्रिय समाचार नियाल्दै थिएं । भारतमा कोरोना भाइरसका संक्रमित बढिरहेसंगै सिमा क्षेत्रमा स्वास्थ्य सतर्कता बढाउन सरकार गम्भीर रहेको स्वास्थ्य मन्त्री हृदयस त्रिपाठिका अभिव्यक्तिमा मेरो ध्यान टक्क रोकियो । मुलुकका स्वास्थ्य मन्त्रीले भनिरहेका थिए, भारतीयहरु मास्क लगाउने, सेनीटाइजरको प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्दा संक्रमणको दर अधिक बढेको बताइरहेका स्वास्थ्य मन्त्रीले आम नेपालीलाइ नेपाल सरकारले तोकेका न्युनतम स्वास्थ्यका मापदण्ड पुरा गर्न निर्देशन दिइरहेका थिए । अनिवार्य मास्कको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने अभिव्यक्ति दिइरहेका स्वास्थ्य मन्त्री त्रिपाठिको मुखमा भने मास्क थिएन ।

ad

सायद बोल्दा मास्कले डिस्टर्व गर्दछ होला, वा स्वास्थ्य मन्त्री बोलिरहेको स्थान कोरोना भाइरसकालागी नितान्तै प्रतिकुल छ, वा सुन्य कोरोना भाइरसको अवस्था छ मलाइ थाहा भएन । तर फेरी काठमाण्डौमा जिल्ला संकट व्यवस्थापन केन्द्र(सिएमसी)को बैठक बसिरहेको थियो । बैठकमा सहभागि केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारीकै मुखमा मास्क थिएन । सामाजिक दुरीको कुनै ख्याल थिएन । प्रमुख जिल्ला अधिकारी मात्र होइन, बैठकमा सहभागि जनप्रतिनिधिको मुखमा पनि मास्क थिएन ।

ad

समाचार संसद भवनतिर मोडियो । बल्लवल्ल सुरु भएको संघिय संसदमा पातलो उपस्थीति देखियो । संसद भवनमा मास्क लगाउने सांसदहरुको उपस्थीति नगन्य थियो । मास्क लगाउनेले पनि कानमा डोरि र मास्कको वोडि तल झारेर घाटिमा झुण्ड्याएका देखिन्थे । संसद भवनमा छ? स्वास्थ्य सचेतना, सिएमसीको बैठक आयोजना भएको तारे होटलमा छ त? स्वास्थ्य सचेतना । अहं मैले ती सम्भ्रान्त उच्च अहोदाका व्यक्तित्वहरुमा देखिन स्वास्थ्य सचेतना । अरुलाइ निर्देशन दिइरहने स्वास्थ्य मन्त्री स्वयमको मुखमा मास्क देखिंदैन भने यहांका जनताले स्वास्थ्यका मापदण्ड कसरी पालना गर्न लालाहित हुन सक्छन् ।

सिलान्यास भएका स्थानिय पालिकाका अस्पताल भवन एक फिट पनि माथि उक्लन सकिरहेका छैनन् । आपतकालिन उपचारकालागी पालिकाहरुमा अक्सिजन सिलिण्डर मात्रै पनि उपलव्ध हुन सक्दैन । न्युन मात्रामा व्यवस्थापन गरिएको भनिएका आइसियु देखाउने मेसिन मात्र बनिरहेका छन् । फेरी कोरोनाको फेरीएको भाइरस आयो भने के नेपालीहरुले उपचार पाउलान? यी पश्नहरुले मलाइ मात्र होइन, आम नेपालीहरुलाइ घोत्लीन बाध्य बनाएको छ ।

कोरोना भाइरसको संक्रमण छिमेकि मुलुकमा फैलिएसंगै पश्चिम नेपालको चल्तीको वोर्डर जमुनाहा नाकामा हेल्थ डेस्क सरकारले व्यवस्थापन गरेको थियो । संकास्पद व्यक्तिहरुको एन्टिजिन परीक्षण गरीने भन्दै तीन हजार भाइल एण्टिजिन सरकारले जमुनाहा नाकामा पठाएको थियो । तर दुइदिनमै सकिए एण्टिजिन किट । फेरी पठाउन कुन औषि कुर्नुपर्ने हो, स्वास्थ्यकर्मिहरुले गुनासो गरीरहेका छन् ।

न एन्टिजिन, न उपचारकालागी थप अस्पताल, न प्रयाप्त अक्सिजन, न आइशोलेशन, न क्वारेन्टाइन सवै व्यवस्थापनमा रित्तिएको छ सरकार । अग्रिम पैसा बुझाएपनि भारतको सिनम इन्स्टीच्युटले भ्याक्सिन पठाएको छैन । कहिले पठाउने भन्नेमा पनि सो कम्पनीले स्पष्ट जवाफ दिएको छैन । परराष्ट्र मन्त्रालयले अन्य मुलुकका भ्याक्सिन उत्पादन कम्पनीसंग भ्याक्सिन ल्याउन सकिन्छ भन्ने सन्दर्भमा पनि कुटनितिक पहल गर्न सकेको छैन । पहिलो डोज खोप लगाएका नागरीकहरुकैलागी दोस्रो डोजको सुनिश्चितता छैन भने महामारीबाट नेपाल कसरी जोगिन सक्दछ । उदांगो भएको छ सरकार……।

हो, स्वास्थ्य मन्त्रीले सामाजिक दुरी कायम गर्ने र गृह मन्त्रालयले माताहतका सवै जिल्लालाइ सभासम्मेलनमा रोक लगाइरहेको अवस्थामा प्रधानमन्त्री मास मिटिङमा दिनहुजसो सहभागि भैरहन्छन् । माधव प्रचण्डका विभिन्न भेलासंगै हरेक जिल्लामा राजनितिक भेलाहरु भैरहेका छन् । यी सभासम्मेलन होइनन् र? कसलाइ व्यक्तिगत वा संस्थागत रुपमा संक्रामक रोग ऐन २०२० वमोजिम कारवाहि भएको? जहां स्वास्थ्य मन्त्रीलेनै मास मिटिङमा मास्क लगाउंदैनन् र प्रमुख राजनितिक दलका नेताहरुनै नाकमुख भन्दा तल घाटिमा मास्क लगाउंछन् भने नागरीकलाइ निर्देशन दिनुको अर्थ हुन्छ र?


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु