लुम्बिनीमा तुलसीपुर मेट्रो कलेजको अभिमुखिकरण

दाङ(तुलसीपुर)२१,चैत्र। तुलसीपुर उपमहानगरपालिका र लुम्बिनी वौद्ध विश्वविद्यालयको साझेदारीमा तुलसीपुर मेट्रो कलेजले सञ्चालन गरेको विएएलएलबी कार्यक्रमको अभिमुखिकरण गरिएको छ ।

लुम्बिनीमा गरिएको अभिमुखीकरण कार्यक्रममा विद्यार्थीहरुलाई कानुन र वुद्ध अध्ययनका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले कानुन र बुद्ध दर्शनका बारेमा गहिरो सम्बन्ध रहेको वताए । बुद्धले २५ सय वर्ष अगाडी नै कानुनको आधार तयार पारेको समेत उनको भनाई थियो । उनले स्थानीय सरकारसँग साझेदारीमा सञ्चालन गरिएको तुलसीपुर मेट्रो कलेज पहिले कलेज भएको समेत उनको भनाई थियो । विश्वविद्यालयले विविए, विसिए लगायतका नयाँ कार्यक्रम सञ्चालनका लागि तयारी गरिएको पनि उनले वताए ।

ad

उनले साझेदारीमा सञ्चालन भएको कलेजले नमुना काम गर्ने विश्वास समेत व्यक्त गरे । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कानुन विषय अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको उनले वताए । विद्यार्थीहरुले सिकाईमा ध्यान दिनुपर्ने उनको भनाई थियो । तुलसीपुरलाई शैक्षिक हव वनाउनका लागि उपमहानगरपालिकाले कलेज सञ्चालन गरेको पनि उनले भने । सो अवसरमा मानविकी तथा समाजशास्त्र संकायका डिन उकेश भुजुले विश्वविद्यालयबाट कलेजमा शिक्षक आदान प्रदान गरेर शैक्षिक कार्यक्रमलाई प्रभावकारी वनाइने वताए ।

ad

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतम, नगर प्रवक्ता सुर्यवहादुर डाँगी, मेट्रो कलेजका प्रमुख वसन्त आचार्य, भिक्षु आनन्द भन्ते लगायतले मन्तव्य राखेका थिए ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु