चलचित्र पत्रकार संघ दाङको साधारण सभा सम्पन्न

दाङ(तुलसीपुर )२९ ,फागुन । चलचित्र पत्रकार सघं दाङको वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुरको रिपोर्टर्स क्लवमा भएको साधारण सभामा बोल्ने वक्ताहरुले पछिल्लो समयमा जिल्लामा चलचित्र पत्रकार संघले चलचित्र सम्वन्धि गतिविधिहरुको र कलाकारहरुका समस्याहरुलाई वाहिर ल्याउने काम गरेको भन्दै प्रसंसा समेत गरेका थिए ।

ad

सघंका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रमलाई बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अन्य जिल्लाको तुलनामा दाङ शाखाले चलचित्र पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको भन्दै संस्थाको प्रसंसा गरेका थिए । ‘चलचित्र क्षेत्र एउटा उद्योग र पेसाका रुपमा विकास भएको छ, यसले समाजका सबै तहका व्यक्तीहरुलाई ध्यानाकर्षण गर्ने काम गरिरहेको छ उनले भने ।समाजलाई रुपान्तरण गर्दै उर्जा प्रदान गर्नका निम्ती चलचित्र क्षेत्रको योगदान महत्वपुर्ण रहेको उनले भनाई थियो । ‘ संसारभरीका सिनेमा क्षेत्रको कुरा गरिरहँदा हलिउड र बलिउडको चर्चा धेरै हुने गर्दछ,तर नेपाली चलचित्रको चर्चा कम मात्रामा हुन्छ ’ उनले भने ।

ad

चलचित्र क्षेत्र सोक र रहरको मात्र पेसा नभएको बताउँदै पाण्डेले पहिचान,समृद्धी र उद्योगका रुपमा यो क्षेत्र विकसित भएको बताए । जिल्लामा चलचित्र क्षेत्रको विकास निम्ती अब सघंले बिस्तृत रुपमा अध्ययन गरेर कथा बस्तु,पात्रहरु र यसको भविष्यका विषयमा कलम र आवाज प्रस्तुतीकरण बढाउन जरुरी रहेकोमा सभागीहरुको थियो । ‘ गतवर्ष सघं कै कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका भित्र रहेर फिल्म सुटिङ् गर्ने,फिल्म निर्माणहरु प्रत्यक्ष रुपमा सहयोग गर्ने भनेर कार्यक्रम ल्याएका थियौँ,जसका लागि हामीले ५ लाख बजेट बिनियोजीत पनि गरेका थियौँ,’ उनले भने । तर कोरोना महामारीका कारण उक्त कार्यक्रम गर्न नसकेको भन्दै आउने बजेटमा चलचित्र क्षेत्रको विकासका लागि उपमहनगरपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार ऋषीराज आचार्य, नेपाल पत्रकार महासघं दाङका सचिव भुपेन्द्र वली,नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी,चलचित्र पत्रकार सघं दाङका निर्वतमान अध्यक्ष धुर्वराज न्यौपाने,एनप्याव्सन दाङका अध्यक्ष विमल गौतम ,संस्थापक उपाध्यक्ष चेतन रेग्मी, नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी,रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, महिला अधिकारकर्मी सुष्मा गिरी,रोटरी क्लवका पुर्व अध्यक्ष तुफानबाबु श्रेष्ठ,तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्टराई,सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली,शिक्षाविद् विष्णुप्रसाद आचार्य ,कान्तीपुर राष्ट्रिय दैनिकका उपसम्पादक दुर्गालाल केसी,गोर्खा मावी प्रध्यानाध्यापक बिजय जिएम,साहित्यकार तथा पत्रकार बसन्त आचार्य,बिज्ञान समाज रोल्पाका अध्यष मानबहादुर बस्नेत लगाएतले चलचित्र क्षेत्रको विकासका लागी सघंले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताएका थिए ।कार्यक्रममा सघंका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले स्वं बुबा भागवत रेग्मी र आमा बसन्तादेवी रेग्मीको सम्झनामा अक्षयकोष स्थापना गरेका थिए । उनले ५५ हजार ५ सय ५ रुपैयाको भागवत बसन्ता स्मृति चलचित्र पत्रकारिता पुरस्कार स्थापना गरेका थिए भने सघंका बर्तमान उपाध्यक्ष सन्तोष केसीले स्वर्गीय बुबा चमनबहादुर केसीको सम्झनामा ५५ हजार ५ सय ५५ रुपैयाको अक्षयकोष स्थापना गरेका थिए ।

ad

सो अवसरमा चलचित्र क्षेत्रमा योगदान पु¥याउने संघका निर्वतमान अध्यक्ष ध्रुव न्यौपाने, चलचित्र निर्देशक ऋषिराज आचार्य र शिक्षा क्षेत्रमा योगदान पु¥याउने विष्णुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।चलचित्र पत्रकार सघं दाङका सहसचिव निरला अर्याल गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोष केसीले गरेका थिए ।

ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु