नवनिर्वाचित पदाधिकारीहरुको  सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

दाङ्ग (तुलसीपुर)१४ ,असोज । नेपाली काँग्रेसको १४ औं महाधिवसेन अन्तर्गत नेपाली काँग्रेस तुलसीपुर नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीहरुको  सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पदभार ग्रहण तथा सपथ ग्रहण कार्यक्रममा कांग्रेस नेताहरुले समृद्धताको साम्राज्यबाद नेपाली कांग्रेसको लक्ष हुनुपर्ने बताएका छन् भने नवनिर्वाचित नेतृत्वले नविनतम कांग्रेस निर्माणको सपथ खाएका छन् । सवै तहका नेता कार्यकर्ता र नवनिर्वाचित पदाधिकारीहरुको उपस्थीतिमा भएको कार्यक्रममा बोल्ने नेताहरुले समृद्धताको बक्तारुले आगामी दिनमा पार्टीलाई मजवुध र वलियो बनाउने बेला आएको बताएका थिए । निर्वाचन समितिका उपसंयोजक कुमारराज श्रेष्ठको अध्यक्षता तथा काँग्रेसका निवर्तमान सभापति घनश्याम रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहभागी नेताहरुले १४ औं महाधिवेसन अन्तर्गत पाटीको आन्तरीक चुनावमा एक अर्को विच प्रतिस्पर्धा भएपनि अव भने संगठन निर्माणमा एकतावद्ध हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि काँग्रेसका निवर्तमान सभापति घनश्याम रेग्मीले समृद्धताको साम्राज्यबाद नेपाली कांग्रेसको लक्ष भएको बताउंदै त्यसलाइ पुरागर्न सत्तामा जानुपर्ने बताए । यो अभियानमा तलैदेखि पार्टि सच्चिएर जानकालागी आवस्यक वातावरण निर्माण नव निर्वाचित पदाधिकारीहरुलाइ उनको आग्रह थियो । महाधिवेशनको मुख्य पाटो भनेकै वडा र गाउनगर अधिवेशन भएको बताउंदै अव कांग्रेसलाइ चलायमान र गुटरहित बनाउन माथि भन्दा यीनै तल्लो तहका नेतृत्वहरुको अहम भुमिका हुने पनि प्रमुख अतिथि रेग्मीको अभिव्यक्ति थियो ।

ad


त्यसैगरि कार्यक्रममा काँग्रेस नेता तथा प्रदेश सभा सदस्य शंकर गिरीले लोकन्त्रको विउटी पक्ष निर्वाचन भएको भन्दै सहमति हुन नसके एक अर्का विच चुनाव हुने प्रकृया अन्तरगतनै नगर कार्यसमितिको निर्वाचन भएको भन्दै राजनितिमा हारेर पनि कोहि नसकिने बताए । ‘म पनि धेरै पटक चुनाव लडे तर म हारेर कहिले रुकिन, म पहिले हारेपनि अहिले पाटी बाटै प्रदेश सभा सदस्य भए उनले भने ।’ उनले चुनाव हारे भनेर कण्ठा र संकिर्णता कोहि कसैले पनि लिन नहुने बताए । उनले युवाको सोच र जागरबाट नयाँ काँग्रेस बलियो काँग्रेस गराउनु पर्ने बताए । उनले पार्टी भित्रको चुनावलाई स्वभावीक प्रकृयाको रुपमा लिनुपर्ने बताए । निर्वाचितहरुले अलिकती झुकेर पराजित भएकालाइ माथि उठाउने र पराजितहरु अलिकत माथि उठेर पार्टिसंगको सम्वन्धलाइ अझै बलियो र प्रगाढ बनाउन पनि उनको सुझाव थियो ।

ad

ad

त्यस्तै कार्यक्रममा काँग्रेस नेता महादेव शाहले नवनिर्वाचीत टिमलाई बधाई दिदै काँग्रेसलाई संगठित बनाउन लाग्नु पर्ने बताए । उनले काँग्रेसमा प्रशिक्षणको कमि रहेको भन्दै सवै क्रियासील सदस्यहरुलाई प्रतिशिक्षत गराउन तर्फ लाग्न सुझाव दिए । ‘ अहिले क्रियासील सदस्य लिएकाले यो क्रियासील केसका लागि हो भन्ने थाहा छैन् गलत प्रयोग भएको छ यसलाई बुझाउन जरुरी छ –उनले भने । ’ त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले चुनाव लोकतान्त्रीक अभ्यास भएको भन्दै अव काँग्रेस एक ढिका गराउनु पर्ने बताए । उनले काँग्रेसलाई बलियो र एकतावद्ध गराउन सवै लाग्नुपर्ने भन्दै सवै निर्वाचित पदाधिकारीलाई बधाई दिए । त्यसैगरी कार्यक्रममा महिला नेतृ सुष्मा गिरी, देविका नेपालीले चुनावमा एक अर्को विच प्रतिसप्रर्दा भएपनि अव एक हुनुपर्ने बताए । उनीहरुले पाटीमा सवैलाई मिलाएर संगठन निर्माणमा लाग्न सुझाव दिए । कार्यक्रममा काँग्रेस नेता कृष्णकुमार गिरीले नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गदैं सवैलाई एक वनाएर लौजान सुझाव दिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर सभापति सुरेश हमालले पार्टीको आन्तरीक चुनावमा आफुहरु प्रतिसप्रर्दामा गएको भन्दै जित हारको रुपमा यसलाई नलिएको बताए । उनले आफु संग प्रतिस्पर्धा गरेकोहरुले पनि चुनाव हारेर निरास हुनुनपर्ने भन्दै सवैलाई मिलायर लैजाने बताए । ‘हामीहरुले सिष्टम र विधिलाई मानेर चुनावमा गएको हो एउटा टिमको नेतृत्व मैले गरे अर्कोको अनिल भाईले अव नेताहरुले पनि सवैलाई समेटेर लैजाने वातावरण गराउनु पर्छ –सभापति हमालले भने ।’ उनले अव सवै पक्षलाई समेटेर काँग्रसलाई कसरी बलियो बनाउने भन्ने तर्फ सवै लाग्नुपर्ने बताए । उनले नगरको कार्यालय स्थापनाका साथै क्षेत्रीय पार्टी कार्यालयमा भौतिक विकासमा आफुहरु लाग्ने भन्दै त्यसमा सवैले सहयोग गर्नुपर्ने बताए । ‘संगठन निर्माण संगै काँग्रेसको भौतिक अवस्थामा पनि सुधार ल्याउने हाम्रो प्रयास हुने छ उनले भने । ’सपथ ग्रहण कार्यक्रममा हमालले प्रत्यक वडामाहरुमा स्वास्थ्य शिविर, सिप विकासका कार्यक्रम संचालन गर्ने र संगठनलाई बलियो बनाउने आफुहरुको पहिलो अभियान हुने बताए । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, नगर कार्यवहाक सभापति भिमप्रसाद भण्डारी, पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीलगायतले शुभकामना दिएका थिए । 

ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु