उपचारका लागि आर्थिक सहयोग गरिदिन अपील

दाङ्ग (तुलसीपुर)१४, असोज । तुलसीपुर–७ गणेशपुर निवासी शुसिला रानाले उपचारका लागि आर्थिक सहयोग गरिदिन सवैमा अपील गरेकी छन् । टाउकाको नसा सम्वन्धी उपचारका लागि आर्थिक समस्या भएकाले उनले सहयोग गरिदिन अनुरोध गरेकी हुन् । टाउकामा नशा सुनिएर फुटने अवस्थामा रहेपछि काठमाडौ स्थीत न्यूरो अस्पतालमा शल्यक्रियाका लागि रु २० लाख आवश्यक पर्ने भएपछि आर्थिक अवस्था कम्जोर भएका कारण सहयोगको लागि सवैमा आग्रह गरिएको श्रीमान प्रेम रानाले जानकारी दिए ।

ad

त्यसैविच तुलसीपुर–७ स्थीत जानकी टोलविकास संस्थाले विहिवार एक कार्यक्रमको आयोजना गरि शुसिला बचाउ समिति गठन गरि आर्थिक रकम संकलन गर्ने निर्णय गरेको छ । बैठकमा वडाध्यक्ष टोपबहादुर केसीले आर्थिक समस्याका कारण उपचार गर्न समस्यामा परेकी रानाको उपचारका लागि वडा तथा अन्य तहबाट सहयोग गर्ने भन्दै सवैलाई सहयोगको लागि आग्रह गरे । उनले आ–आफनो तर्फबाट सवैले सक्दो सहयोग गर्न अपील समेत गरे । त्यस्तै समाज सेवि कृष्णकुमार गिरीले रानाको जिवन रक्षाका लागि आफुहरुले पनि सहयोग गर्ने भन्दै आर्थिक रकम संकलन गरि उपचारमा सहयोग गरिदिन सवै संग आग्रह गरे ।

ad

उनले विभिन्न संघ, संस्था, राजनितिक दलका नेताहरु संग समन्वय गरि सहयोगका लागि आग्रह गर्ने बताए । गिरीले यस्ता समस्याहरु सवैलाई आई पर्ने भन्दै थोरै धेरै सहयोगको लागि अपिल गरे । कार्यक्रममा समाजसेवि विश्वराज गौतम, टोल विकास संस्थाका अध्यक्ष गिरीराज भण्डारी, कार्यपालिका सदस्य चित्रा मल्लले पनि रानाको उपचारमा सहयोग गरिदिन सवैमा अपील गरेकी थिएन् । वडा अध्यक्षको उपस्थीतिमा भएको भेलाले गिरीराज भण्डारीको संयोजकत्वमा ५ सदस्यीय शुसिला बचाउ समिति गठन गरि सहयोग संकलन गर्ने निर्णय गरेको टोल समितिका सचिव दण्डबहादुर मल्लले जानकारी दिए । रानाको समयमै उपचार नभए सुनिएको टाउकाको नशा फुटने भएकाले उनको उपचारमा सहयोग गरि जिवन बचाई दिन अपील गरिएको छ । उनलाई सहयोग गर्न चाहानेले ९८६६५१७९०१ मा सम्पर्क गर्न सक्नु हुने छ ।

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु