ढुवानी व्यवसायीहरु आन्दोलित

दाङ्ग (तुलसीपुर) ४ भाद्र । ट्रक व्यवसायीले भदौ ५ गतेदेखि गाडी ग्यारेजमा थन्काउने चेतावनी दिएका छन् । यहाँका ट्रक यातायात व्यवसायीहरुले भदौ ५ गते देखि आफना यातायातका साधनहरु नचलाउने बताएका छन् । लुम्विनी कर्णाली र सुदुरपश्चिम प्रदेशगरि ३ प्रदेशका ट्रक यातायात व्यवसायीहरुले सवारी ढुवानीका सवारी साधनहरु नचलाउने बताएका हुन् । उनीहरुले सरकारले पछिल्लो समयमा बढाएको भाडाहरु व्यवसायीहरुले नदिएको भन्दै ढुवानी बन्द गर्ने निर्णय गरेका हुन् ।

ad


सरकारले सार्वजनिक सवारीका साधनका साथै ढुवानीका सवारी सधानमा पनि असार २८ गते देखि लागुहुने गरि भाडा बढाएको र सो भाडा आफुहरुले नपाएको गुनासो गरेका छन् । सरकारले सार्वजनिक सवारीका सधान संगै ढुवानीका सवारी सधानमा पनि तराईमा २६ र पहाडमा २० प्रतिसत भाडा वृद्धि गरेपनि पछिल्लो समयमा उद्योग तथा व्यवसायीहरुले लागु नगरेको भन्दै ढुवानी नगर्ने बताएका छन् । ढुनानी व्यवसायीहरुले तरकारी र अत्यावश्यक वाहेक अन्य ढुवानी बन्द गर्ने निर्णय भएको राप्ती अञ्चल संयूक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेश मजगैयाँले जानकारी दिए ।

ad


साउन १६ देखि २० गते सम्म आफना सवारीका सधानहरु बन्द गरेका ट्रक व्यवसायीले यहाँका सिमेन्ट कारखानाहरु संग २० गते देखि बढाएको भाडा दिने सहमति भएपनि सहमति पूर्णरुपमा कार्यान्वयन नभएपछि फेरी आन्दोलित भएका हुन । सहमति भएको एकहप्ता नहुदै राप्ती क्षेत्र भित्रका सिमेन्ट उद्योगले फेरि ट्रक भाडा कम गरि ढुवानी कार्य गर्ने गरेकोले साउन २८ देखी कुनै पनि ट्रकले राप्ती क्षेत्रबाट ढुवानी नगरेको र भदौ ५ गते देखि सिमेन्ट, किल्लीङकर तथा अन्य माल सामानहरु पनि ३ वटै प्रदेशमा बन्द गरेको उनले बताए ।

ad


साउन २६ गते नेपालगञ्जमा व्यवसायीहरु विच भएको छलफलले नयाँ भाडा लागु नहुन्जेल ढुवानीका साधनहरु बन्द गर्ने निर्णय अनुसार आफुहरु आन्दोलीत भएको मजगैयाँले बताए । साउन १२ गते देखि ओभोर लोड बोक्ने गाडीहरुलाई लमहीमा धर्मकाटा सञ्चालन गरि रोक लगाएका थिए । ‘ नेपाल सरकारले २०७८असार २७ गते समायोजन गरेको ट्रकको भाडाको लागी हामी पटक पटक राप्ती अञ्चल भित्र संचालित उद्योगहरु संग अनुरोध गरेका थियौ तर सुनुवाइ भएन त्यसैले नेपाल ट्रक यातायात ब्यबसाय महासङमा आबद्ध संघ , समितिहरु र सम्पुर्ण ट्रक ब्यबसायहरुले सामान लोड नगरि आन्दोलीत भएका छौं –नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय सदस्य समेत रहेका मजगैयाले भने । ’ उनले यसमा साथ दिन सम्पूर्ण ढुवानी व्यवसायीहरु अनुरोध समेत गरे । त्यसैविच राप्ती अञ्चल संयूक्त ट्रक यातायात व्यवसायी समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ र प्रशासनिक सचिव उमेशचन्द मजगैयाले विज्ञप्ती निकालेर सवैलाई सहयोग गर्न आग्रह गरेका छन् । उनीहरुले आफुहरुको आन्दोलनमा एकिवद्धता जनाई सहयोग गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेका हुन ।

ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु