माछा मार्न लायक तलाउ जस्तै बने राजमार्ग

खेमराज रिजाल लालमटिया(दाङ), ३२ साउन । सनीवार रातभरी झरी परीरहंदा पुर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउपालिकाको पाखापानी क्षेत्रको सडकमा धान रोप्न लायकको पानी थियो, वा माछामार्न लायकको पोखरी बनेको थियो । सवारीचालकहरुले सरकारलाइ सराप्तै सडकका खाडलहरु छिचोल्ने प्रयास गरीरहन्थे । तैपनि जोगिदैनथे सवारीसाधनहरु ।शशस्त्र प्रहरी वेशक्याम्प नजिकै रहेको पाखापानी बजारको परीदृश्य थियो यो । निर्माणका वेला सडक उचो थियो, विस्तारै बस्ती बस्दै गएपछि सडक वल्लो पल्लो किनारामा घरहरु बने ।

ad

घरधनीले सडक भन्दा माथि उचाइसम्म भवन बनाएपछि पानी सवै सडकमै वग्न थाल्यो । भालुवाङ देखि लमही सम्म राजमार्ग खण्डमा यसरीनै सडकमा पानी आउन थालेको छ । बस्ती बसेको स्थानमा माटो भर्दै गएपछि सडक नाला जस्तै बनेको छ । २५ किमिको दुरीमा सयौं खाडलहरु परेपछि यात्रा कष्ठकर बनेको यातायात व्यवसायी तथा एवं चालक समेत रहेका भिम वहादुर डागीले बताए ।‘हामी जव दाङ जिल्लाको राजमार्ग प्रवेश गछौं, धानखोला देखि लमही हुंदै तुलसीपुर सम्मै यस्तै परीदृश्यहरु देखिन्छन्, एक टिप दाङ काठमाण्डौको यात्रा गर्दा बसको कुनै न कुनै पार्ट नविग्रिएको अवसरनै हुंदैन’, डांगी भन्छन्, हामीले सडक वोर्ड नेपाललाइ तिरेको पैसाको सदुपयोग कहा हुन्छ कुन्नी? । डांगि एक्ला चालक होइनन्, मंगल नेपाली पनि यस्तै भुक्तभोगी सवारीचालक हुन् । उनी पनि दैनिक जसो दाङ—काठमाण्डौको यात्रा गरीरहंदा हायस गाडिलाइ निकै सास्ती हुने गरेको बताउंछन् । ‘अन्यत्र मर्मत र विस्तार भैरहेका वेला समस्या हुनु स्वाभाविकै हो, तर दाङमा त मर्मत र विस्तार भैरहेको अवस्था पनि देखिंदैन, सरोकारवाला कार्यालय कहां छ? हामी सवारीचालकहरुलाइ थाहा छैन’—मंगल भन्छन् । मुकेश नेपालीमो पनि भोगाइ यस्तै छ । एक टिप दाङ काठमाण्डौ भ्याएपछि गाडि मर्मतकालागी ग्यारेजमा नलगेको अवस्थै छैन । सडक किनारा तोडमरोड भएका छन् । बीचैमा भिमकाय खाल्टाखुल्टी । बर्षातमा हिलाम्मे र जलाम्मे । हिंउदमा धुलाम्मे । यी परीदृश्यहरुले विभिन्न सडक कार्यालयका अधिकारीहरुलाइ गिज्याइरहेका छन् ।पहिले सवै राजमार्ग र सहायक राजमार्ग सडकको मर्मत सम्भार, सडक विस्तार लगायतका सवै काम डिभिजन सडक कार्यालय मार्फत हुन्थे । तर पछिल्लो समय मुलुकमा संघियता आएसंगै राजमार्ग सडक डिभिजन सडकको स्वामित्वमा, केहि सहायक राजमार्ग प्रदेश सडकको माताहतमा त केहि सडक सघन शहरी विकाश कार्यालयको माताहत र भौतिक पुर्वाधार कार्यालयको माताहतमा । जव सडकमा समस्या आउंछ, कुनैपनि अभिभावकत्व ग्रहण गर्ने कार्यालयका नत प्राविधिकहरु सडकमा उपलव्ध हुन्छन्, नत सडकमा खाल्डाखुल्डी पुर्ने सडक श्रमीकहरुनै ।पुर्वपश्चिम राजमार्ग अन्तर्गतको धानखोला देखि शिवखोला क्षेत्र, अमिलिया देखि तुलसीपुर हुंदै सल्यान सम्मको सडकको मर्मत सम्भार तथा स्तरोन्नतीको जिम्मा डिभिजन सडक कार्यालयलाइ दिइएको छ । लमहीदेखि तुलसीपुर सम्मको पुरै सडक मर्मत तथा स्तरोन्नतीको जिम्मा चारलेन सडक परीयोजनालाइ दिइएको छ । सहायक राजमार्गबाट गाउहरु जोड्ने सडकहरु प्रदेश सडक कार्यालयको जिम्मामा रहेका छन् भने दाङ जिल्लामा रहेका ग्रामिण सडकहरु भौतिक पुर्वाधार कार्यालयको माताहतमा रहेका छन् । लमही—कोइलाबास सडक खण्ड हुलाकी सडक परीयोजनाको माताहतमा रहेको छ भने घोराही होलेरी सडक खण्ड शहिद मार्ग परीयोजनाको माताहतमा रहेको छ ।

ad

तर जुन सडक जसको जिम्मामा रहेको भनिएपनि ती सडकहरुले संरक्षकत्व पाएका छैनन् ।पूर्व मेची देखि पश्चिम महाकाली जोड्ने एक मात्र महेन्द्र राजमार्ग भित्र पर्ने दाङको लमही–भालुवाङ सडक खण्ड मृत्यु मार्गमा परिणत हुँदै जान थालेको छ । सिसहनियाँ देखि लमही सम्मको सडक कालोपत्रे भएर सुधार आएपनि पहरुवा देखि भालुवाङ सम्मको सडक मर्मत नहुँदा ठुलठुला खाडल बन्दै जान थालेको स्थानियबासीहरुले बताएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्रको सडकको यो दुरदसाले सवारी चालक र स्थानीयले निकै सास्ती खेप्नु परेको छ ।ठुला–ठुला खाडल भएर पानी पोखरी बन्दा सम्म प्रदेश सरकार र स्थानीय सरकार सहित सडक डिभिजन कार्यालयले त्यस तर्फ ध्यान नदिंदा अहिले दिनहु जसो दुर्घटना हुने गरेको स्थानीय तथा सवारी चालकहरुको भनाई रहेको छ । उक्त सडकमा हजारौ साना ठुला गाडीहरु आहोर दोहोर गर्ने गर्दछन् । तर सडक डिभिजन कार्यालय दाङले कालोपत्रेका नाममा कमसल काम गर्ने गरेका कारण कालोपत्रे भएको वर्ष दिन नपुग्दै सडकमा खाल्डाखुल्डी पर्ने गरेका छन् ।‘सवै सडक क्षत विक्षत भएपछि हामीलाइनै ताकेता गर्ने गरीएको छ, तर पछिल्लो समयमा हाम्रो जिम्मेवारी केहि खुम्चिएको छ, हामीले हेर्ने भनेको पुर्वपश्चिम राजमार्गको धानखोला देखि पश्चिम शिवखोला सम्म र अमिलिया देखि तुलसीपुर हुंदै सल्यान रुकुम सम्म मात्रै हो’, डिभिजन सडक कार्यालय घोराहीका डिइ निरज शाक्य भन्छन् । उनले आफ्नो कार्यक्षेत्रमा रहेको सडक मर्मत बर्षात सकिएलगत्तै मर्मत गर्ने बताएका छन् । सो क्षेत्रमा रहेको सडक जति विग्रिएको छ, त्यो असार महिना यता मात्र भएको भन्दै यो क्षेत्रलाइ बर्षात सकिएलगत्तै मर्मत गर्न डिभिजन सडक कार्यालय घोराहीले तयारी गरीरहेको बताएको छ । सुरुमा सडक निर्माण गर्दा जमिनको सतहभन्दा निकै माथि सडक बनाइएको तर पछिल्लो समयमा बस्ती विकाश हुंदै जांदा दुवै किनारामा फिलिङ गरिदै आएपछि बर्षातको सवै पानी सडकमै वग्ने गरेकाले समस्या देखिन थालको पनि उनको अभिव्यक्ति थियो । सडक किनारामा भवन बनाउनेहरुले वाइपास नाला बनाउने प्रबृत्ति नहुंदा पछिल्लो सडकमा सडकनै नाला बन्दै आएको सडक प्राविधिकहरुले बताएका छन् ।चारलेनको हरीविजोगयससंगै बर्षातको समयमा घोराही—तुलसीपुर चारलेन सडकको झनै हरीविजोक भएको छ । सडकका वल्लो पल्लो किनारा दिनदिनै बर्षातका कारण भत्कंदै आएपनि ती किनारामा माटो भर्ने सडक श्रमिकहरु समेत छैनन् ।

ad

यस अघि डिभिजन सडकले मासिक पारीश्रमिक भुक्तानी दिंदै सो सडकमा सडक श्रमिकलाइ काम लगाउंदै आएको थियो । तर सो सडकको स्वामित्व चारलेनमा गाभिएसंगै मज्दुरहरु पनि चारलेनमै हस्तान्तरण भए । केहि समय ती मज्दुरहरुले काम गर्दै आएका थिए । तर चारलेन परीयोजना र निर्माण कम्पनी दुवैले पारीश्रमिक दिन नचाहेपछि ती श्रमीकहरु पनि सडकबाट वाहिरिएका हुन् ।‘सडक स्तरोन्नतीका क्रममा रहेकाले ती श्रमीकको भुक्तानी निर्माण कम्पनीलेनै दिनुपर्ने सर्त हो, सडक स्तरोन्नतीको काम पुरा भएर सरकारलाइ हस्तान्तरण गरेपछि मात्रै सडक श्रमीकको व्यवस्थापन परीयोजनाले गर्ने छ’—चारलेन सडक परीयोजनाका डिइ पारश हमालले गोरक्षलाइ भने ।

ad

तर परीयोजनाका आधिकारीक प्रतिनिधिहरु विगत एक बर्षदेखि सडक स्तरोन्नतीको काममा छैनन् । जसका कारण चारलेन सडक दिनदिनै दुर्घटनाको उच्च जोखिमको क्षेत्र बन्दै आएको छ । चारलेन सडकको यो हवीगत हुंदा यहांका कुनैपनि जनप्रतिनिधि तथा स्थानिय सरकारका प्रतिनिधिहरुले एक सव्द पनि आवाज उठाउन सकेका छैनन् । सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी राम वहादुर कुरुम्वाङले चारलेनको काम केहि दिनभित्रै सुरु हुने बताएपनि निर्माण कम्पनीका प्रतिनिधि काममा आएका छैनन् ।


तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु