आज पत्रकार नेतृत्वकालागी निर्वाचन

दाङ, २५ चैत । आज मुलुकभर पत्रकारहरुले नेता चुन्दै छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय नेतृत्वसंगै प्रदेश नेतृत्व र जिल्ला तहमा पनि पत्रकार नेतृत्व चुनिंदै छन् । त्यसै अनुरुप दाङ जिल्लामा पनि निर्वाचन हुंदै छ । निर्वाचनको पुरा तयारी भएको नेपाल पत्रकार महासंघ दाङ शाखाका मुख्य निर्वाचन अधिकृत सुदिप गौतमले बताएका छन् ।

मतदानकालागी नेपाल पत्रकार महासंघ दाङ शाखाकै सभाहलमा ६ वटा बुथ निर्माण गरिएका छन् । मतदानमा सुरक्षा व्यवस्थापन लगायत मतदान कर्मचारी समेत खटाइसकेको निर्वाचन समितिले जनाएको छ । विहान ९ः ५ बजेदेखि मतदान सुरु हुंदै छ । पुर्व भालुवाङदेखि पश्चिम हापुरे सम्म रहेका संपुर्ण संघमा आवद्ध पत्रकारहरुका लागी विहानकोा खानाको व्यवस्था नेपाल पत्रकार महांसंघ दाङ शाखाले गरेको पत्रकार महासंघ दाङ अध्यक्ष सविन प्रियशनले जनाएका छन् । मतदान व्यवस्थापनमा कर्मचारीको खटनपाटन समेत भैसकेको समितिले जनाएको छ । दुवै प्यानलका सहित निर्वाचन समितिका गरी कम्तिमा २० जना कर्मचारीहरु शान्तिपुर्ण र व्यवस्थीत निर्वाचनकालागी खटिएका छन् ।

ad

पे्रेस युनियन र प्रेस संगठन समिकरण नेतृत्वको अध्यक्षमा लक्ष्मी आचार्य, उपाध्यक्षमा सन्तोष सुवेदी, महिला उपाध्यक्षमा बसुन्धरा गौतम, सचिवमा आरके शितल, सहसचिवमा दामोदर बस्नेत(राकेश) र समावेशि सहसचिवमा देवी भण्डारी, कोषाध्यक्षमा शरद रेग्मी रहेका छन् । त्यसैगरी सदस्यहरुमा उमा भण्डारी(महिलां), गिरीराज नेपाली(दलित), अन्जना चौधरी(जनजाती), दुःखहरण यादव(मधेसी), विवेक खड्का(अन्य समावेशी), खुल्ला सदस्यहरुमा उदय विसि, कुलदिप न्यौपाने, जिवन नेपाली, प्रेम तिवारी, यमकला भुषाल, सन्तोष केसी, सरीता चौधरी, दिपक वोहोरा, शिवराज खनाल रहेका छन् ।

ad

त्यस्तै प्रेस चौतारीका दुर्गालाल केसीको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । केसी नेतृत्वको प्यानलको उपाध्यक्षमा ओपेन्द्र बस्नेत, महिला उपाध्यक्षमा रन्जिता शर्मा अधिकारी, सचिवमा गोकर्ण पौडेल, सहसचिव(समावेशि)मा दिप्तीशिखा चौधरी, सहसचिव दशरथ घिमिरे, कोषाध्यक्षमा प्रेम वहादुर घर्ति(प्रेम विवश) महिला सदस्यमा मिना विश्वकर्मा, दलित सदस्य लक्ष्मण विश्वकर्मा, आदिवासी जनजाती सदस्य नविन कुमार चौधरी, मधेसी सदस्यमा सन्तोष कुमार गुप्ता, अन्य समावेशि सदस्यमा शिव घर्ति रहेका छन् । खुल्ला सदस्यहरुमा ऋषि यादव, एकराज भण्डारी, कमल ओलि, विष्णु आर्ट, माधव कंडेल, दिल वहादुर घर्ति(दिपक जिएम), लक्ष्मण बस्नेत, सुनिल कुमार पोख्रेल रहेका छन् । त्यसैगरी स्वतन्त्र खुल्ला सदस्यमा आभाश बुढाथोकिले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

राष्ट्रिय परीषद सदस्यमा ७ पदकालागी १४ को उम्मेदवारी दिएकोमा २ जनाले फिर्ता लिएका छन् । साथै तीन जना निर्विरोध भएपछि नरेन्द्र केसी, बसन्त विवश आचार्य, भुपेन्द्र वली, संगित बस्याल, सुदर्शन रिजाल, शुरेश सुमन डांगी, शुशिल कुमार बस्नेत, हेमराज शर्मा, हिरामणि दुःखि चुनावी मैदानमा छन् ।

प्रदेश परीषदमा भने अनन्त आरशि, ओम प्रकाश गुप्ता, उज्वल आचार्य, कुलवीर चौधरी, गोविन्द खड्का, चेतन रेग्मी, छवि पुरी, टिकादत्त खनाल(सागर), देव वहादुर यादव, निमुसंगम घर्ति, नारायण विवश, प्रदिप पाण्डे, बालाराम खड्का, विकाश डांगी, विमल गौतम, विमल योगी, बशन्त परीयार, महेश रिजाल, मेनका घर्ति(विमला), रिता लामा, राधेश्याम गुप्ता, रमा पोख्रेल, लक्ष्मण बस्नेत, लक्ष्मीमान चौधरी, लोकराज साधक, लिलाधर वली, सर्मिला डिसी, कल्पना(सीताश्री विएम), सरीता सुवेदी, शालिकराम डांगी, सुधासुमन ढकाल, सारदा शर्मा, शिवराज पन्थी, श्रीधर भावुक चुनावी मैदानमा रहेका छन् ।

यो बर्षदेखि पत्रकार महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालि मार्फत निर्वाचन हुंदै छ । केन्द्रिय नेतृत्व, प्रदेश नेतृत्व एवं जिल्ला नेतृत्व सवैकालागी पत्रकार महांसंघमा आवद्ध सवै सदस्यहरुले मतदान गर्दै छन् । दाङ जिल्लामा २ सय ७७ जनाले मतदान गर्दै छन् । त्यसमा २ सय ६० सम्म मत खस्न सक्ने विश्लेशकहरुले अनुमान गरेका छन् ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु