दाङ पत्रकार महासंघमा २१ पदकालागी ४२ को उम्मेदवारी

दाङ, २२ चैत । यहि चैत २५ गते हुने नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा २१ पदकालागी ४२ जनाको उम्मेदवारी परेको छ । निर्वाचनमा प्रेस युनियन र प्रेस संगठन सहित केहि संगठनहरुको समिकरण बनेको छ भने प्रेस चौतारी केहि संगठनहरुको तालमेलमा अर्को समिकरण बनेको हो ।

पे्रेस युनियन र प्रेस संगठन समिकरण नेतृत्वको अध्यक्षमा लक्ष्मी आचार्य, उपाध्यक्षमा सन्तोष सुवेदी, महिला उपाध्यक्षमा बसुन्धरा गौतम, सचिवमा आरके शितल, सहसचिवमा दामोदर बस्नेत(राकेश) र समावेशि सहसचिवमा देवी भण्डारी, कोषाध्यक्षमा शरद रेग्मी रहेका छन् । त्यसैगरी सदस्यहरुमा उमा भण्डारी(महिलां), गिरीराज नेपाली(दलित), अन्जना चौधरी(जनजाती), दुःखहरण यादव(मधेसी), विवेक खड्का(अन्य समावेशी), खुल्ला सदस्यहरुमा उदय विसि, कुलदिप न्यौपाने, जिवन नेपाली, प्रेम तिवारी, यमकला भुषाल, सन्तोष केसी, सरीता चौधरी, दिपक वोहोरा, शिवराज खनाल रहेका छन् ।

ad

त्यस्तै प्रेस चौतारीका दुर्गालाल केसीको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । केसी नेतृत्वको प्यानलको उपाध्यक्षमा ओपेन्द्र बस्नेत, महिला उपाध्यक्षमा रन्जिता शर्मा अधिकारी, सचिवमा गोकर्ण पौडेल, सहसचिव(समावेशि)मा दिप्तीशिखा चौधरी, सहसचिव दशरथ घिमिरे, कोषाध्यक्षमा प्रेम वहादुर घर्ति(प्रेम विवश) महिला सदस्यमा मिना विश्वकर्मा, दलित सदस्य लक्ष्मण विश्वकर्मा, आदिवासी जनजाती सदस्य नविन कुमार चौधरी, मधेसी सदस्यमा सन्तोष कुमार गुप्ता, अन्य समावेशि सदस्यमा शिव घर्ति रहेका छन् । खुल्ला सदस्यहरुमा ऋषि यादव, एकराज भण्डारी, कमल ओलि, विष्णु आर्ट, माधव कंडेल, दिल वहादुर घर्ति(दिपक जिएम), लक्ष्मण बस्नेत, सुनिल कुमार पोख्रेल रहेका छन् । त्यसैगरी स्वतन्त्र खुल्ला सदस्यमा आभाश बुढाथोकिले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

ad

७ पदकालागी १४ को उम्मेदवारी

त्यसैगरी राष्ट्रिय परीषद सदस्यहरुमा नारायणि रजौरे, नरेन्द्र केसी, प्रकाश चौधरी, बसन्त विवश आचार्य, भुपेन्द्य्र वली, रोशनमान श्रेष्ठ, संगित बस्याल, सुदर्शन रिजाल, सन्तोष दहित, शुरेश सुमन डांगी, शुशिल कुमार बस्नेत, शरद अधिकारी, हेमराज शर्मा, हिरामणि दुःखिको उम्मेदवारी परेको छ ।

१८ पदकालागी ३४ को उम्मेदवारी

त्यसैगरी प्रदेश परीषद सदस्यहरुमा अनन्त आरशि, ओम प्रकाश गुप्ता, उज्वल आचार्य, कुलवीर चौधरी, गोविन्द खड्का, चेतन रेग्मी, छवि पुरी, टिकादत्त खनाल(सागर), देव वहादुर यादव, निमुसंगम घर्ति, नारायण विवश, प्रदिप पाण्डे, बालाराम खड्का, विकाश डांगी, विमल गौतम, विमल योगी, बशन्त परीयार, महेश रिजाल, मेनका घर्ति(विमला), रिता लामा, राधेश्याम गुप्ता, रमा पोख्रेल, लक्ष्मण बस्नेत, लक्ष्मीमान चौधरी, लोकराज साधक, लिलाधर वली, सर्मिला डिसी, कल्पना(सीताश्री विएम), सरीता सुवेदी, शालिकराम डांगी, सुधासुमन ढकाल, सारदा शर्मा, शिवराज पन्थी, श्रीधर भावुक रहेका छन् । यी सवै पदमा जिल्लाभरका २ सय ७७ पत्रकारहरुले मतदान प्रक्रियामा सहभागी हुने छन् ।

पत्रकार महासंघमा केन्द्रिय नेतृत्व चयन गर्न यस अघि जिल्लाबाट चुनिएका पार्शदहरुले मात्र मतदान गर्ने व्यवस्था थियो । यो बर्षदेखि भने केन्द्रिय अध्यक्षलगायत जिल्ला र प्रदेश पदाधिकारी तथा सदस्यहरुकैलागी सवै साधारण सदस्यहरुले मतदान गर्ने व्यवस्था नयां संसोधित विधानले गरेको छ । जसको जहां सदस्यता छ, त्यहि जिल्लाबाट मतदान गर्नुपर्ने छ । सवै जिल्लामा मतदान हुने र मतगणना पनि सोहि जिल्लामा हुने छ । सवै जिल्लाको मतगणना पछि केन्द्रिय नेतृत्व चयन हुने छन् । केन्द्रिय अध्यक्षकालागी नेपाल प्रेस युनियन र प्रेस संगठन लगायत दर्जन जति अन्य संगठनको संयुक्त प्यानलको नेतृत्व विपुल पोख्रेलले गरेका छन् भने प्रेस चौतारी लगायत केहि संगठनको नेतृत्व निर्मला शर्माले नेतृत्व गरेकि छिन् ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु