पिलर विनाको पुल देखि बादर धपाउने तोप सम्म प्रर्दशनि ….

दाङ्ग (तुलसीपुर) २२, चैत । यो प्रविधिको युगहो, विभिन्न वैज्ञानीकहरुले विभिन्न किसीमका सामग्रीहरु आविस्कार गरेका छन् । त्यसको सिको गरेर स्थानीय स्रोत साधनको प्रयोग गरेर विभिन्न विद्यालका विद्यार्थीहरुले पनि व्यावहारीक ज्ञान हासील गर्न विभिन्न विज्ञान प्रर्दशनिहरु गर्ने गरेका छन् । सनिवार तुलसीपुर स्थीत संस्कार पाठसालमा अध्ययन गर्ने विद्यार्थीहरुले पनि सवै अभिभावकहरुको ध्यान आफुहरुले निर्माण गरेको विज्ञान प्रर्दशनि मार्फत देखाएका छन् । सवै अभिभावकहरुको ध्यान उनीहरुले सनिवार ति आविस्कारमा तानेका थिए ।

‘नमस्कार यो हाम्रो मानव अंगको महत्वपूर्ण अंग फोक्सोहो यसले कसरी शासप्रस्वास लिन्छ म बताउछु उनी उत्साहका साथ अभिभावकलाई देउदै थिए । कक्षा ६ मा पढने प्रतिपन शर्माले सवैलाई आफुले निर्माण गरेको सामग्रीहरु देखाउदै थिए । त्यस्तै कक्षा ८ कक्षमा अध्ययन गर्ने अर्नव जोसीले हावाबाट बत्ति निकाल्ने प्रविधिको बारेमा सवैलाई देखाउदै थिए । उनी जस्तै कक्षा ७ मा पढने सोर्निम पोख्रेलले मानिसको ध्यान केन्द्रीत गर्ने सामग्री निर्माण गरेर प्रदर्शनिमा राखिकी थिइन् । त्यस्तै कक्षा ९ मा अध्ययनरथ आशिस वलीले बादर तथा चरा चुरुगी धपाउने तोप निर्माण गरेको भन्दै प्रर्दशनिमा राखेका थिए । त्यस्तै कक्षा १० मा पढदै गरेकी अनुशा शर्माले भुइचालो आउँदा साइरन र पानी पर्दा घण्टी बचने यन्त्र निर्माण गरेर सवैलाई देखाउदै थिइन् ।

ad

संस्कार पाठशालामा तुलसीपुरमा विभिन्न कक्षामा पढने विद्यार्थीहरुले स्थानीय साधन स्रोत सदुपयोग गरेर वके टोके देखि जाधुधारा समेत निर्माण गरेका थिए । आफ्ना बालबालिकाहरुले विभिन्न बस्तुहरु निर्माण गरि प्रदर्शनिमा राखेको हेर्नमा अभिवाकहरु उत्सुक थिए । त्यसमा उनीहरुलाई अगुवाई र निर्देशन दिन विज्ञान शिक्षक सुनिल शर्मा तलीन थिए । ‘मैले विद्यार्थीहरुलाई यि सामग्रीहरु गराउन निर्देशन दिएकोहो मैलेनी केहि सिकाएको छु –उनले खुसी हुदै भने । यो विद्यार्थीहरुको पहिलो प्रयासहो तर सवै विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शनि गरेका छन् म उनीहरुको कलाबाट प्रभावित छु –शिक्षक शर्माले भने । ’ उनले अहिलको विज्ञान र प्रविधिको युगमा स्थानीय स्रोत साधन प्रयोग गरेर विभिन्न सामग्रीहरु निर्माण गर्न सकिन्छ भन्ने विद्यार्थीहरुले देखाएको बताए ।

ad

त्यस्तै विद्यालयका संस्कार पाठशालाका शैक्षिक प्रमुख बलदेव पोख्रेलले विद्यार्थीहरुलाई कितावी ज्ञान भन्दा पनि वाहिरी ज्ञान दिन यो विज्ञान प्रदर्शनि राखेको भन्दै यसबाट उनीहरुको क्षमता र विद्यार्थीहरुलाई हौसला बढने बताए । उनले आफुहरुले संस्कार सहितको शिक्षा सहित विज्ञान र प्रविधिमा पनि अगाडी बढाउन यस्तो कार्यक्रम राखेको बताए । ‘विद्यार्थीहरुले राम्रो प्रदर्शनि गरेका छन् यस बाट अभिवाकहरुले पनि आफ्नो छोरा छोरीहरुको कला हेर्न पाउनुभएकाछ –पोख्रेलले भने । ’ उनले आफनो स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको सामग्रीहरु हेरेर अभिभावकहरु निकै खुसी व्यक्तगरेको बताए । उनले यस्ता कार्यले विद्यार्थीहरुको आन्तरीक ज्ञानबढने बताए । हाल तुलसीपुरमा सञ्चालित संस्कार पाठशालामा कक्षा १० सम्म ४ सय ५० जना विद्यार्थीहरुले अध्ययन गर्ने गरेको शैक्षिक प्रमुख पोख्रेलले बताए ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु