मसोट पुल नजिकै बस दुर्घटना : दुईको मृत्यु, १८ घाइते

दाङ,२० चैत । घोराही–लमही सडक खण्डको मसोट पुल नजिकै यात्रु बहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भयको छ ।

शुक्रबार साँझ पौने ६ बजे घोराही उपमहानगरपालिका-३ मसोटमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ

ad

लु १ ख ९८६३ नम्बरको बसको ब्रेक फेला भई दुर्घटना हुँदा दुई जना पुरूषको मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको यो खबर तयार पार्दासम्म सनाखत भइसकेको छैन। दुर्घटनामा परी बसमा सवार १८ जना घाइते भएका छन्।

ad

उनीहरूको प्रहरीले उद्दार गरिरहेको छ। उपचारको लागि घोराही र लमहीतर्फ लगिएको प्रहरीले जानकारी दिएको छ । (फाइल फोटो)


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु