फेरि कोरोना जोखिम बढ्दै , एकैदिन १ सय ७९ संक्रमित थप

दाङ, २० चैत । नेपालमा पछिल्लो २४ घन्टामा १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ। जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थपिएकासहित नेपालमा २ लाख ७७ हजार ६ सय ४० जना पुगेको छ।

शुक्रबार १ हजार ६ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन।

ad

हाल ६१ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा १ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन्।

ad

योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ९ सय ६२ जना पुगेको मन्त्रालयले जनाएको छ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु