प्रतिष्ठानमा कन्टिनियस व्लक एनेस्थेसिया प्रविधि

दाङ, २० चैत । घोराही उपमहानगरपालिकाकि २४ बर्षिय सर्मिला (नाम परीवर्तन)को दुर्घटनाका कारण देव्रे हातको कुहिनाको हाड भाचिएर चिराचिरा परेको थियो । उनको भाचिएका कोइनाका हाडका टुक्राहरु जोड्न कम्तिमा ४ घण्टा हातलाइ वेहोस बनाउनुपर्ने अवस्था आयो । यसै अवस्थालाइ मध्यनजर गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियाका चिकित्सकको टोलिले एउटा नविनतम प्रविधिको प्रयोग गर्यो । सफल यो प्रविधिको प्रयोगले विरामीको करीव ४ घण्टा लामो शल्यक्रिया सहजै रुपमा सफलतापुर्वक सम्पन्न भएको छ । एनेस्थेशियाका चिकित्सकले यसलाइ कन्टिनियस व्लक प्रविधिको एनेस्थेसिया भनेका छन् । यो प्रविधिमा घांटिको नसाबाट पाखुरासम्म एनेस्थेसियाको औषधि पठाइयो । वेहोस पार्ने औषधिले जुनवेला काम गर्न छाडेको संकेत भिडिओगाफले देखाउंछ, लगत्तै फेरी सोहि नसाबाट फेरी अर्को डोज एनेस्थेसियाको औषधि दिइन्छ । शल्यक्रिया लम्विदै जाने अवस्था भएसम्म यो प्रक्रिया चलिरहन्छ । चिकित्सकको भनाइमा यो एनेस्थेसियाले विरामी वेहोस हुनुपर्दैन, जुन भागको शल्यक्रिया गर्नुपर्ने हो त्यहि भाग मात्र लाटो बनाइन्छ । ‘विरामीहरुले मजाले चिकित्सक तथा नर्ससंग कुरागर्दैगर्दा शल्यक्रिया पनि सकिइसकेको हुन्छ’—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका अर्थोप्याडिक सर्जन डा शागर पन्थी भन्छन् । संभवतः यो दाङ जिल्लामै एनेस्थेसियाको पहिलो विकशित एवं अत्याधुनिक प्रविधि हो ।


एनेस्थेसियाका चिकित्सक डा राजन शाक्यको भनाइमा यो प्रविधिबाट दिइएको एनेस्थेसियाले शल्यक्रियापछिको पेन व्यवस्थापनमा पहि सहज हुन्छ, अर्थात शल्यक्रिया पछिको दुखाइ कम हुने तथा शल्यक्रियापछि थप दुखाइका औषधिहरु प्रयोग गरीरहनु नपर्ने हुन्छ । हातको हाडको शल्यक्रियाकालागी मात्र नभएर यो प्रविधि खुट्टाको शल्यक्रियाका क्रममा पनि उपयोग गर्न सकिने एनेस्थेसिया विशेषज्ञहरुको दावी छ । सो एनेस्थेसियाको टोलिमा अर्का एनेस्थेसिस्ट डा अन्जित केसी र डा अजित झा रहेका थिए । जुन प्रविधि नेपालमा केहि बर्षयता मात्रै प्रयोगमा आउन थालेको हो । यो अर्थो वाहेकका अन्य शल्यक्रियामा समेत प्रयोग गर्न सकिने बताइएको छ । शल्यचिकित्सक डा शागर पन्थीको भनाइमा कन्टिनियस व्लक प्रविधिबाट एनेस्थेसियाको औषधि मानिसमा दिइरहंदा औषधिको प्रवाह र असरलाइ पनि कम्प्युटरको स्क्रीनमा भिडिओ मार्फत देख्न सकिन्छ, त्यसैले यो कुनैपनि हिसावले सहज छ । चिरैचिरा परेको कुहिनाका हाडका टुक्राहरु जोड्न कम्तिमा ४ घण्टा लागेको थियो । डा पन्थीको शल्यक्रियाको टिममा डा जिज्ञासु प्रधान र डा विकाश न्यौपाने रहेका थिए ।

ad


पछिल्लो समयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नीका विरामीहरुको शल्यक्रियाको दर धेरै बृद्धि भएको छ । प्रतिष्ठानको तथ्यांक अनुसार गएको साउन देखि फागुन महिना सम्म मात्रै ८ महिनाको अवधिमा कम्तिमा ३ सय ४३ जना हाडजोनीका समस्या भएकाहरुको शल्यक्रिया भएको छ । निजि अस्पताल भन्दा कम्तिमा आधा भन्दा बढि सस्तो र प्रविधियुक्त शल्यक्रियामा धेरै समय प्रतिक्षा गर्नुपर्ने अवस्था समेत नरहेको प्रतिष्ष्ठानको अर्थोपेडिक विभागले जनाएको छ । आकस्मीक विारमीहरुकालागी रात्रिकालिन शल्यक्रिया समेत भैरहेको शल्यक्रिया विभागीय प्रमुख समेत रहेका डा पन्थीले बताएका छन् । यो आठ महिनाको अवधिमा करीव आधा समय कोरोनाका कारण लकडाउनको अवस्था समेत थियो । लकडाउन हटेसंगै शल्यक्रियाको दरसंगै जनशक्ति पनि बढेको बताइएको छ । दुर्घटनाबाट हातखुट्टा भाचिएका जस्तो सुकै समस्याको पनि शल्यक्रिया प्रतिष्ठानमा भैरहेको बताइएको छ । यस अवधिमा जटिल खाले शल्यक्रिया १ सय जनाको, मध्यम खाले शल्यक्रिया ६३ जना र माइनर ओटि १ सय ८० जनाको सफलतापुर्वक सम्पन्न भएको छ । संभवतः बैसाख पछि विशिष्ठ खालको सुविधायुक्त भिन्नै अर्थो अप्रेशन थिएटर सन्चालनमा आउने प्रतिष्ठानले दावी गरेको छ । त्यससंगै ढाडका शल्यक्रिया पनि यहि सम्पन्न हुन सक्ने डा पन्थीले बताएका छन् । यससंगै गर्भवती तथा पत्थरी, पाठेघर, एपेण्डिसाइटिस लगायतका शल्यक्रिया पनि नियमित रुपमा दुरवीन प्रविधिबाट हुंदै आएका छन् ।

ad


त्यसैगरी हाल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरु पनि थपिएका छन् । प्रतिष्ठानका अनुसार करीव २० जना विशेषज्ञ चिकित्सकहरुले प्रतिष्ठानमा सेवा दिइरहेका छन् । पछिल्लो समयमा मानशिक रोग विशेषज्ञ समेत थपिएका छन् । वालरोग, फिजिसियन सेवा, नाककान घांटी, शल्यचिकित्सा, अर्थो, एनेस्थेसिया, प्रसुती, नाक कान घाटि, प्याथोलोजि, रेडियोलोजी, दांत, आंखा लगायतका विशेषज्ञ सेवा उपलव्ध छन् । छाला रोग विशेषज्ञ केहि समयदेखि खालिरहेपनि चांडै छाला रोग विशेषज्ञ आउने पनि प्रतिष्ठानले जनाएको छ । त्यसैगरी प्रतिष्ठानमा हरेक साता हाइड्रोशिलको निशुल्क शल्यक्रिया समेत भैरहेको छ भने ढाड कम्मरका विरामीहरुकालागी नियमित फिजियोथेरापी सेवा समेत सन्चालन भैरहेको प्रतिष्ठानले जनाएको छ । राप्ती उपक्षेत्रीय अस्पताल प्रतिष्ठानमा हस्तान्तरणभएसंगै स्तरीय प्रयोगशाला, अस्पतालमै १ सय २८ स्लाइसको सिटिस्क्यान सेवा, डिजिटल एक्सरे सेवाहरु सन्चालन भएसंगै चांडै एमआरआइ सेवा समेत सन्चालन हुने अन्तिम तयारी भएको अस्पताल प्रशासनले जनाएको छ ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु