हात्तिपाइले रोग विरुद्धको एघारौं अभियान ‘औषधि नखाए दुर्भाग्य हुने छ’

दाङ, १८ चैत । भोलिदेखि जिल्लाका प्राय सवै पालिकामा एघारौं चरणको हात्तिपाइले रोग विरुद्धको आम औषधि वितरण अभियान सुरु हुने छ । तपाइहरुका पायकपर्ने खोप केन्द्रमा स्वास्थ्यकिर्महरु हात्तिपाइले विरुद्धको औषधि र त्यससंगै खाने जुकाको औषधि पनि लिएर आउने छन् । डरलाग्दो समस्याका रुपमा रहेको यो रोग विरुद्धको औषधि नखाए तपाइहरुको ठुलो दुर्भाग्य हुने छ । यदि सरकारले थालेको यो एघारौं चरणसम्मको औषधि खुवाउने अभियानमा तपाइले हात्तिपाइले विरुद्धको ६ डोज औषधि पनि सेवन नगरेका कारण तपाइको शरीरमा हात्तिपाइले रोगको परजिविले ग्रस्त बनायो भने त्यो तपाइकालागी सवै भन्दा ठुलो दुर्भाग्य हुने छ । रोग गाजिइसकेपछि विश्वका कुनैपनि सुविधासम्पन्न अस्पतालले हात्तिपाइले रोगको उपचारगरी पुर्ण रुपमा निदान गर्न सक्ने छैनन् । जव तपाइको परीवारमा हात्तिपाइले रोगले संक्रमित सदस्य छन् भने तपाईको घर परीवार सामाजिक वहिस्कारको पनि शिकार बन्न सक्नेछ, चेलिवेर्टिलाइ विवाह गर्नकालागी पनि एक पटक अन्य मान्छेहरुले सोंच्न बाध्य हुने छन्, त्यस्ता विरामीका परीवारलाइ पनि जिवनभरी वेचैनी भएर समय विताउनुपर्ने छ, किनकि जव हात्तिपाइले रोगको संक्रमणले व्यक्ति गाजिन्छ, त्यो पुर्ण रुपमा अपांग हुन्छ । औषधि सेवन गर्दा केहि व्यक्तिलाइ रिंगटा लाग्ने, सामान्य जरो आउने तथा वान्ता समेत हुने केहि साना समस्या हुन सक्छन्, केहि दिनमै ती समस्या हराएर जाने चिकित्सकहरुले बताएका छन् । त्यस्ता प्रतिक्रिया जुन व्यक्तिलाइ देखिन सक्छन्, ती असर देखिएका व्यक्तिले आफ्नो शरीरमा भएको हात्तिपाइले रोगको परजिविको मृत्यु भयो भन्ने संझनु पर्दछ । परजिवि नभएको व्यक्तिलाइ कुनै असर नदेखिने पनि चिकित्सकहरुले बताउंदै आएका छन् । कहिकतै भ्रमहरु पनि फैलिइरहेका छन् कि यो औषधि विश्व स्वास्थ्य संगठनले परीक्षणका रुपमा नेपाल जस्ता अल्पविकशित मुलुकमा पठाएको हो । तर यो एउटा भ्रम मात्रै हो । यो शिक्षत व्यक्तिहरुले गरेको अनर्गल प्रचार मात्रै हो, किनकि हात्तिपाइले रोग विरुद्धको औषधि सेवन नगर्नेको तथ्यांकमा ती शिक्षत बजारीया घरानाहरु देखिएको अघिल्ला बर्षका तथ्यांकहरुले देखाएको छ । त्यसै कारणले नेपाल सरकारको यो अभियान ६ बर्षमा पुरा हुनुपर्नेमा ११ बर्ष लागेको छ, जसले गर्दा नेपालको ठुलो धनराशी खर्च समेत भएको छ । निशुल्क रुपमा हात्तिपाइले विरुद्धको औषधि सेवन नगर्ने ती शिक्षित मुर्खहरु क्लिनिकमा चिकित्सकले प्रिस्कीप्सनमा लेखे सहजै रुपमा हात्तिपाइले विरुद्धको औषधि डिइसी सेवन गर्छन, निशुल्क रुपमा दिइने जुकाको अल्वेन्डाजोल पनि निर्धक्क रुपमा क्लिनिकमा किनेर सेवन गरीदिन्छन् ।


शात्तिपाइले एउटा घातक सरुवा रोग पनि हो । संक्रमण भएको व्यक्तिलाइ क्युलेक्श जातिको पोथि लामखुट्टले टोकेर अर्को निरोगी व्यक्तिलाइ टोक्यो भने उसमा पनि हात्तिपाइलेको परजिवि सर्छ । जव धागो आकारको परजिवि शरीरमा विकशित हुंदै जान्छ, त्यसले लिम्फमा सोझै असर गर्दछ । जसले गर्दा हात खुट्टा, पुरुषहरुको अंगकोष, महिलाहरुको यौनांग लगायतका अंगहरुमा विशेषगरी असर पुराउंदछ, अनि हातखुट्टा त मुढाजस्तै आकारमा बृद्धि हुने गर्दछन्, जसलाइ संक्रमित भएको व्यक्तिले चाहेर पनि उचाल्न सक्दैन । उसको दिसा पिसाव, खानापिना लगायत संपुर्ण दैनिकि ओच्छ्यानमै वित्ने छ । नेपाल सरकारले सतप्रतिसतलाइ यो औषधि खुवाउने लक्ष लिएको थियो । दाङ लगायत मुलुकका १२ जिल्ला वाहेक ६५ जिल्लामा करीव करीव सत प्रतिसत नागरीकहरुले ६ डोजनै औषधि सेवन गरीसकेका छन् । ती जिल्लामा हात्तिपाइले रोगका संक्रमित देखिन छाडेका छन् । तर दाङ जिल्ला भने अझै पनि संक्रमणको उच्च जोखिममा रहेको सर्वेक्षणले देखाएको छ । अझै पनि जिल्लामा संक्रमित तथा संकास्पद संक्रमितहरु भेटिइरहेका छन् । पछिल्लो दश बर्षमा बढिमा ६५ प्रतिसत नागरीकले मात्र यो औषधिको नियमित डोज पुरा गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका हात्तिपाइले रोगका फोकल पर्शन कमल चन्द भन्छन्, ‘यो बर्ष हामी जसरी पनि ६५ प्रतिसत कभरेज भन्दा माथि उक्लने छौं ।’ संघिय सरकारले पठाएको औषधि विहिवारै सवै स्वास्थ्य केन्द्रहरुमा पुगिसक्ने तयारी भैसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसपटक औषधि पोका पारेर घरलग्ने र खान्छु भन्ने प्रचलनलाइ पुर्ण रुपमा निषेध गरीने छ । क्षयरोगको औषधि खुवाउन डट्स प्रविधि प्रयोग भएजस्तै यो औषधि खुवाउन पनि प्रत्यक्ष रुपमा स्वास्थ्यकर्मिहरु परीचालित हुने छन् । खोपकेन्द तथा तोकिएको स्वास्थ्य संस्थामा औषधि खान आउन छुटेका नागरीकहरुलाइ घरघरमै पुगेर पनि औषधि सेवन गराइने बताइएको छ ।

ad

घोराहीमा सन्चार अन्तरकिया
यसैबीच औषधि सेवन अभियानका विषयमा बुधवार घोराही उपमहानगरपालिकाले पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छ । करीव तीन दर्जन पत्रकारहरुलाइ घोराहीका मेयर नरुलाल चौधरीले निर्धक्क भएर औषधि सेवन गर्ने माहौल निर्माणकालागी आग्रह गरे । ‘औषधिको रियाक्शनका विषयमा अनर्गल प्रचार सन्चार माध्यमहरुमा नगरौं, यो औषधि विश्व स्वास्थ्य संगठनले परीक्षणकालागी होइन, परीक्षण सफल भैसकेपछि अनुदानका रुपमा सहयोग गरेको हो’, मेयर चौधरीले भने, यो अभियानलाइ यति व्यापक बनाऔंकि सकिन्छ भने सवैले यो औषधि सेवन गरेको टिकटक भिडिओ समेत बनाऔं । साथै उनले यदि औषधिले प्रतिअसर गरेको भए त्यस्ता व्यक्तिको स्वास्थ्य उपचारको संपुर्ण जिम्मा स्थानिय सरकारले लिने पनि उद्घोष गरे । घोराही उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख नारायण जिएमको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियशनलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण ठाकुर खनालले गरेका थिए । घोराहीमा करीव २ लाख जनतालाइ औषधि खुवाउन १ सय २५ स्वास्थ्यकर्मि र २ सय २५ स्वास्थ्य स्वयमसेविकाहरु परीचालित हुने छन् ।
अभियान सफल बनाउन सवैको सहकार्य

ad


यसैबीच जिल्ला स्तरीय समन्वय समिति राष्ट्रिय हात्ति पाइले रोग निवारण कार्यक्रम अन्तर्गत सरोकारवालासँग छलफल कार्यक्रम भएको छ । जिल्लामा हात्तिपाइलेका विरामी ६ प्रतिशत रहिरहंदा यो औषधि खुवाउने अभियानलाइ सफल बनाउन सवैको सहकार्य आवस्यक रहेको औल्याइएको छ । आफ्नै अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले अभियानलाई सवै क्षेत्रको सहयोग र सहकार्य आवश्यक भएको वताए । ‘सवै क्षेत्रको सहयोग र सहकार्य भएमा अभियान सफल हुन्छ’ प्रमुख नेपालीले भने‘ त्यसको लागि सवैले आ आफनो ठाउँबाट भूमिका खेल्नु पर्छ ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेत, नेपाली काँग्रेस दाङका सभापति किर्तीबहादुर खड्का, राजमोका जिल्ला अध्यक्ष गणेश आचार्य, अधिकारकर्मी हुमा डिसी र श्रीमण न्यौपाने लगायतले विचार राखेका थिए ।  कार्यक्रममा जनस्वास्थ्य कार्यालय प्रमुख अङगदबहादुर शाही र फोकल पर्सन कमल चन्दले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण कार्यालयका अधिकृत बामदेव शर्माले गरेका थिए । 


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु