आँखाको निःशुल्क शल्यक्रियाका लागि सम्झौता

दाङ्ग , १८ चैत । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुगञ्ज अन्तर्गत सञ्चालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलबस्तु र बुद्धभूमि नगरपालिका , शिवराज नगरपालिका विच अन्धोपन न्यूनिकरण गरि उज्यालो प्रदान गर्ने उद्धेश्यले निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता गरिएको छ ।


यस आर्थिक बर्षका लागि निःशुल्क मोतियाविन्दुको शल्यक्रिया, आँखा शिविर र आँखा चेकजाँचका लागि सम्झौता गरेकोहो । छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्मा , शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्याल विच शल्यक्रिया गर्ने सम्झौता भएकोहो । नगरपालिकाले प्रतिव्यक्ति एसआईसिएसका लागि रु ८ हजार र अन्य लाग्ने खर्च अस्पतालले व्यहोर्ने सम्झौता उल्लेख छ ।

ad


एसआईसिएस प्रविधिमार्फत हुने मोतियाविन्दुका विरामीहरुको प्रतिव्यक्ति नगरपालिकाले ८ हजार दिने सम्झौता भएको प्रशासकिय अधिकृत विश्वकर्माले जानकारी दिए । त्यस्तै बुद्ध भूमि नगरपालिकामा पनि निःशुल्क आँखा शिविर गरी मोतियाविन्दुको शल्यक्रिया गर्ने सम्झौता भएको छ।

ad


नगरप्रमुख केशवकुमार श्रेष्ठ,प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल, र स्वास्थ्य संयोजक खुवीराम खनाल संग भएको सम्झौतामा चैत २९ र ३० गते नगरपालिकाका जनतालाई पायक पर्ने स्थानमा शिविर आयोजनागर्ने र त्यहाँ भेटिएका मोतियाविन्दुका विरामीहरुलाई साझेदारीमा निःशुल्क शल्यक्रिया गर्ने बताएको छ । निःशुल्क आँखा शिविरका लागि नगरपालिकाले ४ लाख रुपैयाँ एकमुष्ट अस्पताललाई उपलव्ध गराउने सम्झौतामा उल्लेख छ । यस सम्झौता संगै आँखामा मोतियाविन्दु भएर पनि आर्थिक अभावका कारण सेवा पाउन नसकेको विरामीहरुले निःशुल्क शल्यक्रिया गर्न पाउने छन् भने अन्धोपन न्यूनिकरणमा ठुलो सहयोग मिल्ने नगरपालिकाले जनाएका छन् । शल्यक्रिया सम्वन्धीत नगरपालिकामा गरिने अस्पतालले जनाएको छ ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु