यातायात व्यवसायी हमालले लिए सुमनलाइ पढाउने जिम्मा


दाङ(तुलसिपुर) १७,चैत । अन्धा बुवा र भर्खरै आमा गुमाएर क्रिया बसेका राम्रीका विपन्न दलित परीवारका एक वालकलाइ कक्षा वाह्र सम्म पठनपाठनको जिम्मा तुलसीपुरका यातायात व्यवसायी शुरेश हमालले लिएका छन् । उनले ती वालकको कक्षा १२ सम्म निशुल्क पठनपाठन तथा आवाशिय सुविधा समेत बार्षिक ५० हजार रुपैया खर्च व्यहोर्नेगरी जिम्मा लिएको रोटरी क्लव अफ तुलसीपुरका नोमिनि अध्यक्ष शिव प्रसाद श्रेष्ठले बताएका छन् । हमाल त्रिसिदेश्वरी राप्ती सार्वजनिक यातायात प्रालिका अध्यक्ष संगै रोटरी क्लव तुलसीपुर, लायन्स क्लव अफ दाङका अध्यक्ष समेत रहेका छन् ।


केही दिन अघि आमा मरी जानू भो बाले आँखा देख्नु हुन्न, आमाको किरिया बसेको छु घरमा खाने चामल छैन भन्दै मिडियामा आएका सुमन विकलाई विभिन्न सामाजिक संघ संस्था र दयालु दानविर हरु बाट आर्थिक र जिन्सी सहयोग जुटेको थियो । त्यही समयमा सहयोग लिएर सुमन को घर तुलसिपुर ३ राम्री पुगेका रोटरी क्लब अफ तुलसिपुरका प्रेसीडेन्ट शुरेस हमाल ले सुमन विक लाई वाह्र कक्षासम्म पढाइदिने वाचा गरेका थिए । आफुले गरेको वाचा अनुसार सुमनलाइ मंगलवार देखी आइडिएल इङ्गलिश मिडियम बोर्डिङ स्कुलमा पढ्ने र बस्न खान का लागि तुलसिपुर ६ श्थित दिदी घरमा ब्यबश्था मिलाइ दिएका छन ।

ad

बुवा टोप बहादुर हमाल र आमा पशुपती हमाल कोखबाट विसं २०३६ सालमा दंगीशरण ३ रावतगाँउमा जन्मिएका हमाल विभिन्न संघसंस्थामा रहेर सामाजिक कार्य गर्दै आएका छन । सुमनका बारेमा संचार माध्यममा सुन्दा अचम्म लागेर उनको घर तुलसिपुर ३ राम्री पुगें, त्यहाँ पुग्दा अचम्म दयनिय अवश्था देखेर दया लागे पछी सुमन लाई खाने बस्ने सहित पढाइदिने निर्णय गरेको हमालले बताएका छन् । साथै सुमन विरामी परेको अवस्थामा स्वास्थ्य उपचारको जिम्मा पनि आफुले लिने हमालले बताएका छन् ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु