२ रुप्या औषधि खुवाउन २० रुप्पे खर्च

हात्तिपाइले रोग विरुद्धको आम औषधि वितरण अभियान

दाङ (तुलसीपुर) १७, चैत । हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउन लगातार ११ पटकको अभियान पनि लक्षमा पुग्न नसकेपछि नेपाल सरकारले दाङ लगायतका १२ जिल्लामा फेरी यो बर्ष वाह्रौ अभियान सुरु गरेको छ । यो रोगको औषधिको दुरगामि महत्वका विषयमा जनतालाइ विश्वस्त पार्न नसक्दा यो अभियान लक्षमा पुग्न नसकेको हो । औषधिका विषयमा मिडियाजगतबाट समेत सकारात्मक उपयोग भन्दा नकारात्मक प्रतिअसरका विषयमा मात्रै धेरै प्रचार हुन थालेको पनि सरोकारवालाहरुले बताउंदै आएका छन् ।
यस्तै अवस्थाले हात्तिपाइले रोगको विरुद्ध औषधि किन्न भन्दा धेरै गुणा बढि खर्च औषधि खुवाउने व्यवस्थापनकालागी हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिकामा १ लाख ४५ हजार नागरीकलाइ हात्तिपाइले औषधि खुवाउन संघिय सरकारले कम्तिमा ३० लाख रुपैया उपलव्ध गराएको छ । उल्लिखत जनशंख्यालाइ औषधि खुवाउन दैनिक १ सय १५ जना स्वास्थ्यकर्मि खटिने छन् भने अभियान अवधिभरी ७ सय २३ जना श्वास्थ्यकर्मि परीचालन हुने तुलसीपुर उपमहानगरपालिकाका जनश्वास्थ्य निरिक्षक विमल केसीले बताएका छन्औषधिको मुल्य शालाखाला प्रतिव्याक्ति मात्र २ रुपैया मात्र पर्दछ भने एउटा व्यक्तिलाइ औषधि खुवाउन कम्तिमा २० रुपैया खर्च हुने अवस्था देखिएको छ । संघिय सरकारको रणनितिक प्लानिङ वैज्ञानिक नहुंदा यो समस्या देखिएको विज्ञहरुले बताएका छन् । यसले राज्यको ठुलो धनराशी खर्च हुंदै आएको छ । संघिय सरकारले सचेतना अभियानका नाममा उनै तालिमप्राप्त स्वास्थ्यकर्मिलाइ फेरी उहि प्रकृतिको तालिम दिन यातायात खर्च, दैनिक भत्ता, सन्चारकर्मिलाइ खाना भत्ता, राजनितिक दल तथा अन्य सरोकारवाला गैरसरकारी संस्थाका सहभागीहरुलाइ खाना भत्ता लगायतका शिर्षकमा हरेक पालिकामा यसरी लाखौं रुपैया खर्च हुंदै आएको छ । आम नागरीकलाइ जरो आउंदा औषधि पशलमा सिटामोल किन्न जानुपर्नेजस्तै गरी हात्तिपाइलेको औषधि नखाइ हुंदैन भन्नेमा विश्वास दिलाउन नसकेसम्म यो अभियान जति बर्ष सम्म निरन्तरता दिएपनि पुर्ण रुपमा सफल हुन नसक्ने स्वास्थ्य संवद्ध सरोकारवाला व्यक्तिहरुले बताएका छन् ।

ad


हात्तीपाइले रोग विरुद्धको आम औषधि अभियान अन्तर्गत पालिकास्तरीय गोष्ठिमा सहभागि स्वास्थ्यसंग संवद्ध अधिकारीहरुले राज्यले निशुल्क रुपमा उपलव्ध गराउने खोप तथा औषधि वितरण प्रक्रियामा निति परीवर्तन नगरेसम्म यस्ता अभियानले सार्थकता नपाउने पनि सुझाव दिएका छन् । छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले यस्ता अभियानमा राज्य र नागरीकको कहिन कतै ग्याप रहेको उल्लेख गरे । यो विश्वासको दरारलाइ चिर्न आम स्वास्थ्यकर्मिहरुले नयां शोचका साथ अघि बढ्नुपर्ने पनि उनको सुझाव थियो ।

ad


मुलुकमा सवैभन्दा धेरै गोष्ठि स्वास्थ्य र शिक्षा क्षेत्रमा हुंदाहुंदै पनि दुवै क्षेत्रमा लक्षित उपलव्धि हासिल गर्न राज्यलाइ मस्कील भएको नगरप्रमुख पाण्डेको भनाइ थियो । ‘तपाइहरु गोष्ठिमा मात्र समय नविताउनुस्, इन्नोभेटिभ एक्सनमा जानुस्’, नगरप्रमुख पाण्डेले भने, नगरको एकिकृत स्वास्थ्य योजना बनाएर यस्ता गतिविधिलाइ अर्थपुर्ण बनाउनु अहिलेको आवस्यकता हो । हात्तिपाइले रोग विरुद्धको औषधि सेवनले मानव शरीरलाइ कुनैपनि गम्भीर प्रकृतिको असर गर्दैन भन्दै तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख ओम प्रकाश न्यौपानेले सवैलाइ यो अभियानमा जोडिन आह्वान गरे । ‘जुन व्यक्तिको शरीरमा हात्तिपाइलेको परजिवि छ, औषधि सेवनले त्यहि व्यक्तिमा मात्र औषधिको प्रतिक्रिया स्वरुप सामान्य असरहरु देखिन सक्छन्, तर यी असर केहि घण्टामै हराएर जान्छन्’—स्वास्थ्य प्रमुख न्यौपानेले भने । सामान्य असर देखिन्छ भनेर औषधि सेवन नगर्ने प्रवृत्तिले धेरै नागरीकहरु हात्तिपाइलेको संक्रमणका कारण अपांग जिवन जिउनुपरेको पनि उदाहरण न्यौपानेले प्रस्तुत गरेका थिए ।


सो अवसरमा जिल्ला श्वास्थ्य कार्यालय दाङका हात्तिपाइले रोग फोकल पर्शन कमल चन्दले दाङ जिल्लाभरी आउंदो २० गतेदेखि हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु हुने बताए । तर तुलसीपुर उपमहानगर पालिकामा चैत २४ गते सम्म नियमित खोप अभियान चलिरहने भएकाले २५ गतेदेखि मात्र हात्तिपाइले विरुद्धको औषधि खुवाउने अभियान सुरु हुने छ । गत बर्ष हात्तिपाइले औषधि खुवाउनेको संख्या ७८ प्रतिसत पुगेको थियो । ९९ प्रतिसत कभरेज भएपछि मात्र यो अभियान पुरा भएको मानिने छ । हात्रिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानमा दाङ जिल्लालाइ ८ वटा क्लस्टरमा विभाजन गरिएको छ । एउटा क्लस्टर मात्रै फेल भए पनि पुरै जिल्ला असफल मानीने संघिय मन्त्रालयको मापदण्ड रहेको छ । यसो भएमा यो अभियान पुनः दोहोरीने छ । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रामप्रसाद चालिसेले हात्तिपाइले रोग विरुद्ध आम औषधि वितरण अभियानमा तुलसीपुर उद्योग वाणिज्यसंघका संपुर्ण कार्यसमिति सदस्य लगायत संघमा आवद्ध २ हजार व्यवसायीहरुले अआफ्नो क्षेत्रबाट सहयोग गरीने बताएका छन् । हात्तिपाइले रोग विरुद्धको औषधि दुइ बबर्षनपुगेका वालवालिकाहरु, गर्भवती महिलाहरु, ७ दिन सम्मका सुत्केरीहरु तथा कडा रोगको औषधि सेवन गर्दैगरेका विच्छौनामा परेका जुनसुकै विरामीहरुले सेवन गर्नु हुंदैन । यस वाहेक सवै नागरीकहरुले यो औषधि लिन सक्ने छन् । औषधि सधै जसो नियमित खोप केन्द्र तथा संबन्धित क्षेत्रका जुनसुकै स्वास्थ्य संस्थामा उपलव्ध हुने छन् । खाना खाइसकेपछि मात्र यो औषधि सेवन गर्नुपर्ने चिकित्सकहरुले सुझाएका छन् । यो बर्ष औषधि खुवाउने अभियानमा स्वास्थ्य स्वयमसेवीका नभएर स्वास्थ्यकर्मि स्वयम खटिने छन् । औषधि पोका पारेर घरमा लग्ने प्रबृत्तिलाइ यो बर्षको अभियानमा पुर्ण रुपमा निरुत्साहित गरीने छ ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु