औषत आयु बढ्दा अन्धोपन न्यूनीकरणमा चुनौती (सन्दर्भ : ४३औं नेत्रज्योति दिवस)

दाङ्ग, १३ चैत । आम नागरिकहरुमा स्वास्थ्यको पहुँच बृद्धिसँगै औषत आयुमा बृद्धि भएपछि अन्धोपन निवारण तथा न्यूनीकरणमा चुनौती थपिएको छ । स्वास्थ्यको पहुँचसँगै हरेक मान्छेको औषत आयुमा बृद्धि भए पनि मानव अंगको क्षमता भने त्यसअनुसार सक्षम भइरहने अवस्था नरहने हुँदा यस्तो चुनौती देखिन थालेको बताइएको छ । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा प्रदेशस्तरमा सन् २०१९÷२० मा गरिएको आरएएबी सर्वेको प्रारम्भिक नतिजाअनुसार सन् २०११ को तुलनामा अन्धोपनको स्थिति प्रभावकारीरूपमा घटेको भने पाइएको छैन । जनसंख्या वृद्धि, नेपालीको औसत आयुमा बढोत्तरीलगायतले अन्धोपन न्यूनीकरणमा चुनौती थपिदिएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको ‘वल्र्ड रिपोर्ट अफ भिजन ग्लोबल म्याग्निट्युड’को तथ्यांकअनुसार हाल संसारमा २ अर्ब २० करोड व्यक्तिमा कुनै न कुनै किसिमको आँखा रोगको समस्या छ । जसमध्ये कम्तीमा एक अर्ब मानिस अझै सेवाको पहुँचबाहिर छन् । आइपिबिएको तथ्यांकअनुसार विश्वमा ३ करोड ६० लाख मानिस दृष्टिविहीन छन् । १२ करोड ४० लाख मानिसमा दृष्टिदोषको समस्या छ । ६ करोड ५० लाख मानिसमा मोतियाबिन्दु छ । जसमध्ये ७५ प्रतिशत अन्धोपन उपचारद्वारा निको पार्न सकिन्छ । ८९ प्रतिशत आँखाका रोगीहरू अति कम विकसित तथा विकासोन्मुख देशमा बस्ने छन् ।


विश्वमै पहिलोपटक कुल जनसंख्यामा आधारित भएर गरिएको अन्धोपन सर्वेक्षणबाट नेपालमा दृष्टिविहीनताको स्थिति ०.८४ प्रतिशत पाइएको थियो । सर्वेक्षणले मोतियाबिन्दु, ट्रकोमा, जलबिन्दु, भिटामिन ‘ए’को कमीका कारण हुने अन्धोपन र आँखामा लाग्ने चोटपटकलाई अन्धोपनको प्रमुख कारकका रूपमा पहिचान गरेको थियो । सर्वेअनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को ०.८४ प्रतिशतबाट घटेर सन् २०११ मा ०.३५ प्रतिशतमा झरेको पाइयो । यसबाट संघले नेपालमा अन्धोपन न्यूनीकरणका लागि अवलम्बन गरिएका नीति र मोडेल सफल रहेका ठहर गरेको थियो ।नेपाल नेत्रज्योति संघ दाङ अन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम अन्तर्गत अस्पताल तथा उपचार केन्द्रहरुले लुम्बिनी प्रदेशअन्तर्गतको जिल्लाहरु कपिलबस्तु, दाङ, रोल्पा, प्यूठान, पूर्वी रुकुम र कर्णाली प्रदेशअन्तर्गतको जिल्लाहरु सल्यान, पश्चिम रुकुममा आँखा उपचार सेवा, निःशुल्क आँखा शिविर, आँखा स्वास्थ्य तालिम, विद्यालय आँखा जाँच तथा स्वास्थ्य शिक्षा कार्यक्रम आदि सेवाहरु सञ्चालन गर्दै आइरहेको प्रमुख प्रशासक सम्शेर थापाले बताए  । नेपाल नेत्रज्योति संघअन्तर्गतका आँखा अस्पताल उपचार केन्द्रहरुले हालसम्म करिब २९ लाख ८४ हजारलाई आँखा उपचार सेवा र १ लाख ८८ हजार मोतियाविन्दुका बिरामीहरुलाई शल्यक्रिया गरी उज्यालो प्रदान गरेको राप्ती आँखाका प्रशासक किरण पौडेलले जानकारी दिएका छन् । करिब ४ लाख ६० हजारभन्दा बढी संख्यालाई निःशुल्क आँखा उपचारको सेवा उपलब्ध गराएको छ । उक्त संख्यामध्ये ३६ हजारभन्दा बढीको निःशुल्क शल्यक्रिया गरेको छ ।

ad


यसैबीच नेपाल नेत्रज्योति संघले ४३औं नेत्रज्योति दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘‘अन्धोपन निवारण हाम्रो जिम्मेवारी, आँखा सेवामा गरौं साझेदारी’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले दृष्टिविहीनता न्यूनीकरणमा उल्लेखनीय सुधार गरेको बताएको छ । विभिन्न चुनौतीका बाबजुद सेवा विस्तारका क्रममा संघको विभिन्न जिल्लामा ४२ जिल्ला शाखा, २१ आँखा अस्पताल र १ सय २६ आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । नेपालमा नेत्र रोगीहरुको कल्याणको लागि नेपाल सरकारको नीति र राष्ट्रिय कार्यक्रममा सघाउ पु¥याउने गरी स्वदेशमै विभिन्न प्रकारका आँखा उपचारको सुविधा यथाशक्य सुलभ गराउने, नेत्ररोगबाट बचाउ गर्ने र उपचारबाट ठीक नभएका न्यूनदृष्टि तथा दृष्टिविहीनहरुलाई पुनःस्थापनसमेत गर्ने उद्देश्यले नेपाल नेत्रज्योति संघको स्थापना वि.सं. २०३४ साल चैत १३ गते भएको हो । वि.सं. २०६९ सालदेखि आँखा स्वास्थ्य सेवाका साथ–साथै कान उपचारको सेवा समेत प्रदान गर्दै आइरहेको संघले नेपाल सरकारको पब्लिक प्राइभेट पार्टनरसीपअन्र्तगत आँखा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । नेपालको ९० प्रतिशतभन्दा बढी भागहरुमा आँखा उपचारको सेवालाई संघअन्तर्गतको आँखा अस्पतालहरु, उपचार केन्द्रहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले जानकारी दिए । वार्षिक ३२ लाखभन्दा बढी नेत्ररोगीहरुलाई बहिरंग सेवा र करिब ३ लाख ५० हजारभन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गरी उपचार सेवा पु¥याउँदै उज्यालो प्रदान गर्दै आएको छ ।

ad


यसैबीच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल, छ्रन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्ज, लमही आँखा अस्पतालमा ४३औं नेत्रज्योति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राप्ती आँखा अस्पतालमा संघका सहसचिव चिरञ्जीवी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवालले संघद्धारा सञ्चालित अस्पतालहरुले विभिन्न विकट क्षेत्रमा पुगेर निःशुल्क शिविर तथा अस्पतालबाट सर्वशुल्भ र गुणस्तरी सेवा दिएको बताइन् । त्यस्तै सहसचिव रिजालले नेपाल नेत्रज्योति संघ सेवामुखि संस्था भएको भन्दै यसले संघद्धारा सञ्चालित अस्पतालहरुले दिने सेवा गुणस्तीर र सेवामुखि भएको बताए । आजीवन सदस्य समाजसेवी ध्रुव गौतम, अस्पतालमा प्रशासक किरण पौडेललगायतले संघद्वारा सञ्चालित अस्पतालहरुले यहाँका जनतालाई सर्वसुलभ सेवा प्रदान गरेको भन्दै लाखौं नेत्ररोगीहरुलाई सेवा दिएको बताएका थिए । सो अवसरमा विरामीहरुलाई फलफूल वितरण गरिएको थियो । त्यस्तै लमही आँखा अस्पतालमा संघका सहकोषाध्यक्ष घनश्याम सुवेदीको अध्यक्षता तथा संघका उपसभापति रेशमबहादुर खड्का, नेत्र विशेषज्ञ कौशल पोख्रेल आजीवन सदस्य पदम पुरासौनीलगायतले शुभकामना व्यक्ति गरेका थिए । । त्यस्तै छ्रन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाएको प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिएका छन् । नेपाल नेत्रज्योति संघ केन्द्रले नेत्रज्योति दिवसको उपलक्ष्यमा आयोजित पत्रकार समेलन । केन्द्रिय अध्यक्ष प्रा.डा चेतराज पन्तको अध्यक्षता प्रा.डा रामप्रसाद पोख्रेलको प्रमुख आतिथ्यमा भएको पत्रकार समेलनमा कोषाध्यक्ष दोर्णप्रसाद गुरागाईको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रममा संघको अवधारणा र प्रेस विज्ञप्ती महासचिव भरतबहादुर चन्दले प्रस्तुत गरेका थिए । नेपाल नेत्रज्योति संघ दाङ शाखाका सचिव सुरेन्द्रबहादुर खड्काले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय, संघिय, प्रदेश सरकार संगको साझेदारी कार्यक्रम र अस्पतालहरुले अन्धोपन न्यूनिकरणमा थालेका प्रयास हरुको वारेमा सो अवसरमा जानकारी गराएका थिए ।

अन्धोपन निवारण गर्ने उद्देश्य प्राप्तीमा विशेष योगदान दिने तुलसीपुर उपमहानगरपालिका दाङ, गण्डकी प्रदेश सरकारलगायत अन्य आँखा अस्पताल र समाज सेवि लाई सम्मान गर्ने निर्णय गरेको छ । कोभिड –१९ को जोखिमका कारण आज सम्मान गर्न न सकिएकाले अनकुल समयमा सम्मान गरिने छ । पत्रकार समेलनको सहजिकरण बोर्ड सेक्रेटरी सविता केसीले गरेकी थिइन् ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु