शिवरात्रीमा गौरीगाउँ स्थीत शिव मन्दिरमा विशेष पुजा पाठ हुने

दाङ्ग(तुलसीपुर) २५- फागुन । महाशिवरात्रीका अवसरमा तुलसीपुर –१० गौरीगाउँ स्थीत शिव मन्दिरमा विशेष पुजा पाठ हुने भएको छ ।

ad

गौरीतालमा रहेको शिवको मन्दीरमा शिवरात्रीका अवसरमा २७ गते विशेष पुजा पाठको तयारी गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । शिवरात्रीका अवसरमा हुने विशेष पुजालाई व्यवस्थीत बनाउन विभिन्न कार्यहरु गरिएको कोषाध्यक्ष धनविर बस्नेतले जानकारी दिएका छन् । गत बर्ष कोरोनाको संक्रमणका कारण विशेष पुजा हुन नसकेको र यस बर्ष स्वास्थ्य सतकर्ता अपनाएर पुजा पाठ हुने समितिले जनाएको छ ।

ad

शिवमन्दिरमा भजन कृतन देखि पुजा पाठ हुने भन्दै सर्वसाधारणलाई सहभागीताका लागि आग्रह समेत गरिएको छ । शिवमन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर खड्काले मन्दिरमा २्र७ गते शिवरात्रीका अवसरमा हुने कार्यक्रममा सहभागीताका लागि भक्तजन तथा सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘यस बर्ष हामीहरुले व्यवस्थीत तरिकाले शिवमन्दिरमा पुजा पाठ देखि अन्य कार्यक्रम आयोजना गरेका छौं सवैलाई आयर दर्शन गरिदिन आग्रह गर्दछा्रै उनले भने । पछिल्लो समयमा तुलसीपुर–१० गौरीगाउँको प्राकृतिक तालको विचमा शिव मन्दीर बनाएको छ । आकर्षक रुपमा रहेको पर्यकटीय स्थललाई प्रवद्धन गर्न विभिन्न संरचनाहरु पनि त्यहाँ बनिराखेका छन् ।

ad ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु