बक्तृत्वकला प्रतियोगिता सम्पन्न

हेमराज शर्मा
दाङ्ग (गढवा) २५- फागुन । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को आयोजनामा १११ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सीपी नेपालकी साधारण सदस्य जुनु चौधरीको सभाध्यक्ष र गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ती चौधरीको प्रमुख आतिथ्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।  


महिला हिंसाका कारण र यसबाट बच्ने उपाय बिषयक उक्त प्रतियोगितामा राधा यादब प्रथम, सुनिता चौधरी द्धितिय, चम्पा चौधरी तृतिय र फुलमति चौधरीले सान्त्वना स्थान हासिल गरेका थिए । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान हासिल गर्ने महिलाहरुलाई नगद  र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

ad


सम्पुर्ण सहभागिहरुले महिलाहरुमा शिक्षाको कमि,  बालबिवाह, बहुबिबाह, पारिवारिक बेमेल, धनसम्पतिको प्रलोभन, दाइजोप्रथा, अन्धबिश्वास र रुढिबादि परम्परा जस्ता कारणले हिंसाका घटनाहरु बढिरहेको र महिलाहरुमा शिक्षा तथा चेतना बिकासका साथै हिंसा गर्नेलाई कडा सजायको ब्यवस्था गरिनु पर्ने कुरामा जोड दिएका थिए ।

ad

प्रतियोगितामा गढवा र राजपुर गाउँपालिकाका बिभिन्न आमा समुहका २८ जना महिलाहरुले सहभागिता जनाएका थिए । मेनुका चौधरीको स्वागत मन्तब्यबाट  शुरु भएको कार्यक्रममा सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन सरिता चौधरी र रिया चौधरीले गर्नु भएको थियो ।  


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु