चन्द्रविर र रुपाका दृष्टि विहिन परिवारलाई खाद्यान र लताकपडा ..

दाङ(तुलसीपुर)१९ -फागुन । ‘बाजे आज भोलि वेसार विक्रीका लागि ल्याउनु हुन ? हजुरले ल्याएको वेसार कति राम्रो हुन्थ्यो ! यो प्रश्न गर्न नपाउँदै उनले मलिन मुखलगाउदै विलैना गर्दै भने– ‘आज भोलि बेसार खेती पनि छैन् भएको एउटा पानी घट्टपनि बन्द भयो । जानपरिवार पाल्न मुस्कीलछ हजुर । भएको एउटा गाईपनि बाघले राती आएर खाई दियो । छोराछोरी दृष्टिविहिन वुढिपनि यस्तै छ, मनि वुढो भए ? । एउटा घर गराउन लागेको त्योनि अपुरोछ ।

तुलसीपुर –३ पहरेखोला निवासी चन्द्रविर वलीले यस्तै विलैना गदै भन्दै थिए घरमा दाताहरुले दिएको चामल पनि अव दुई चार दिनलाई थियो । ‘अव केखाने होला भनेर सोचेको थिए तर आज भगवानले तसोच म पु¥याउछु भने जस्तै सहयोग प्राप्त हुदैछ म आज निकै खुसी भएको छु ।’ वुधवार नेपाली काँग्रेस नेपाली जनसम्र्क समिति अष्ट्रेलियाबाट समितिका अध्यक्ष काठमाडौ निवासी मधुकर गुरुङ र उपाध्यक्ष तुलसीपुर –७ निवासी डिएल गिरी (राजु)ले पठाई दिएको सहयोग लिन आएका उनले खुसी हुदै भने कोही नहुनेको भगवान हुन्छ भन्छन् मलाई आज धेरै खुसी लागेको छ चामल पनि पायो र अन्य लताकपडा र नगद पनि ।

ad

चन्द्रविरले यसको समन्वय गर्ने नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीलाई पनि धन्यवाद दिए । त्यस्तै उनले खाद्यान, ओढने, लगाउने कपडा देखि नुन तेल र नगद रु ५ हजार पाउँदा उनकी श्रीमति छोराहरु पनि खुसीले गर्धगर्ध थिए । त्यो संगै कृष्णकुमार गिरीले घरमा टिन लागाउनका लागि रु २५ हजार दिने र घरको अन्य खर्च पुरा गर्ने घोषण गर्दा सो परिवारको खुसीको सिमानै रहेन । त्यस्तै सवै ४ भाईना छोरा छोरी दृष्टि विहिन रुपा गन्धर्वले पनि खाद्यान, नुनतेल नयाँ कपडा , झुल र नगद रु ५ हजार पाउँदा खुसी भएकी थिइन् । उनले यो सहयोगले आफु निकै खुसी भएको सुनाइन् । ‘खानेकुरा सवै पाए, त्यसमा पनि लत्ताकपडा, झुल पाउँदा निकै खुसी भएको छु, म सहयोग गर्नेलाई धन्यवाद दिन चाहान्छु उनले भनिन् ।

ad

त्यसैविच यो सहयोग जुटाउनको लागि समन्वय गर्ने तुलसीपुर–७ निवासी कृष्णकुमार गिरीको अध्यक्षता तथा नेपाली काँग्रेस दाङका सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्य तथा संविधान सभासदस्य वुद्धिराम भण्डारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिति खड्काले यस्ता असाहय अपाङ्गता भएकाहरुलाई सहयोग जुटाई यहाँ सम्म पठाइदिने प्रवासि मधुकर गुरुङ र उपाध्यक्ष तुलसीपुर –७ निवासी डिएल गिरी (राजु) धन्यवाद दिए । उनले समाजमा धेरै यस्ता असहाय विपनहरु रहेको भन्दै सवैले सक्दो सहयोग गर्नुपर्ने बताए । खड्काले मानभएपछि मानताको हिसावले पनि यस्ता व्यक्तिलाई सहयोग गर्नुपर्ने भन्दै नेपाली जनसम्र्क समिति अष्ट्रेलियाका पदाधिकारीहरुको सिको अरुले पनि गर्नु पर्ने बताए । ‘धन भएका मन नभएकाहरु लाई यो ठुलो पाठहो यसको सिको सवैले गर्नु जरुरीछ –सभापति खड्काले भने ।’ उनले नेपाली काँग्रेस दाङले यस्ता व्यक्ति तथा संस्थालाई सधै सम्मान गर्ने बताए । त्यस्तै संविधान सभासदस्य वुद्धिराम भण्डारीले कम्जोर असाहय व्यक्तिहरुलाई अष्ट्रेलियाबाट सहयोग जुटाएर पठाएकोमा आयोजकलाई धन्यवाद दिए । कार्यक्रममा सहयोगका लागि समन्वय गर्ने कृष्ण्कुमार गिरीले थोरै भएपनि दृष्टि विहिन परिवारलाई सहयोग मिलोस भन्ने उद्देश्यले आफुहरुको समन्वयमा सहयोग जुटाएको बताए ।

उनले आउदा दिनमा पनि यस्ता सहयोगका लागि अन्य राष्ट्रिमा रहेका गैरआवासीय नेपालीहरु संग सहयोगका लागि समन्वय सहकार्य गरी रहेको बताए । सहयोग हस्तान्तरण कार्यक्रममा गिरीले नगत ५ ÷५ हजार सहित, चामल, दाल, नुन, तेल, लगाउने, विछाउने लत्ताकपडा , सावुनलगायत विभिन्न ३÷३ सेट सामग्रीहरु गरि एक लाख बढीको सहयोग दुई दृष्टि विहिन परिवारलाई गरेका थिए । त्यस्तै गिरीले आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई ५ हजार पिस सर्जीकल मास्क सहयोग गरेका थिए । सो मास्क गिरीले चिफमेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाललाई हस्तान्तरण गरेका थिए । उनले आगामी दिनमा पनि यस्ता सहयोग गर्ने प्रतिवद्धता व्यक्तिगरे ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु