भारतले दिएको कोरोनाको खोप नेपाल आइपुग्यो

दाङ्ग, ८ -माघ। भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप नेपाल आइपुगेको छ। एयर इन्डियाको विमानबाट खोप नेपाल आइपुगेको हो।

भारत सरकारले कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाललाई दिएको हो। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेका छन्।

adad

अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको हो। खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ। त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ। देशभर खोप पठाउनका लागि विशेष गाडीहरु तयारी अवस्थामा राखिएको छ।

ad

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमकाअनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा सफाइकर्मीलाई खोप दिइनेछ । त्यसपछि, कोरोनाको जोखिममा रहेका व्यक्तिहरू जसमा, प्रहरी, शिक्षकलगायतलाई दिइनेछ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु