भोलिदेखि भारतले नेपालसहित छिमेकी देशलाई अनुदानमा खोप दिने

दाङ,६ माघ। भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पानि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन ।भारतले अनुदानमा दिने भनिएको कोभिसिल्ड खोप यसै साता औषधि व्यावस्था विभागमा दर्ता भइसकेको छ ।भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ ।

adad

स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ ।‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’ मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।

ad

’यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साता भित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु