आज माघी पर्व कोभिड –१९ का कारण माघीको रौनक छैन

दाङ (तुलसीपुर) १ , माघ । थारु समुदायको ठुलो तथा महत्वपूर्ण चाडको रुपमा रहेको माघी पर्व सुरु भएको छ । तराईका थारु समुदायमा वुधवार देखि माघी (माघ) पर्व सुरु भएको छ ।

ad
रीहार बाबा

तीन दिनसम्म धुमधामसँग मनाउने यो पर्वमा थारु समुदायले माघी पर्वलाई नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । माघ १ गतेदेखि थारु सम्वत एवम् थारु समुदायको नयाँ वर्ष सुरु हुने गरेको छ । माघी पर्व सुरु भएसंगै थारु बस्तीमा माघीको चहलहपल बढने भएता पनि यस बर्ष कोभिड १९ को संक्रमणका कारण माघी पर्वको रौनक भने छैन् । तर सबैभन्दा ठूलो पर्व भएकाले थारु समुदायले माघीलाई धुमधामसँग मनाउने गरेका छन् । यो समुदायका अगुवाहरुका अनुसार माघीको पहिलो दिन अर्थात पुस महिनाको अन्तिम दिन वर्षदिनको दुःख, पीडा भुलेर मिठो खाने, नाचगान गर्दै रमाउने चलन छ ।

ad
ब्राह कुने दह

यो दिन हरेक थारु गाउँमा सुङ्गुर मारिएको हुन्छ । विशेष गरेर सुङ्गुरको मासु लगायतका परिकार खाने र रमाउने चलन छ । माघीको पहिलो दिनलाई थारु भाषामा ‘जिता मर्ना’ दिन भनिन्छ । पुस महिनाको अन्तिमरात्रि गाउँघरका अगुवा, भलमन्सा लगायतको घरमा खानपान गर्ने, जाग्राम बस्दै नाचगान गर्ने, डफको तालमा मौलिक धमार गीत गाउने लगायतको कार्य हुने गरेको छ । त्यसपछि माघ १ गते अर्थात माघे सङ्क्रान्तिका दिन विहानै नदी, ताल, पोखरीमा नुहाउने गरिन्छ । माघे सङ्क्रान्तिको दिन विहानै स्नान गर्नाले पूण्य प्राप्ती हुने जनविश्वास रहेको थारु अगुवाहरु बताउछन् । माघे सङ्क्रान्ति अर्थात नयाँ वर्षको दिन आफ्नो परिवार, इष्टमित्र, आफन्त सबैलाई भेटघाट गर्दै माघीको शुभकामना आदान प्रदान गर्ने थारु वुद्धि जिवि चुर्णबहादुर चौधरीले बताए । यस बर्ष थारु समुदायले कार्यक्रमहरु कहिकतै नगरेपनि आ–आफनो घरमा रमाइलो गरेर माघी मनाउन लागेको चौधरीले बताए । ‘थारु कल्यानकारीले पनि कार्यक्रम आयोजना नगर्ने जनाएको छ, तर यस बर्ष कोरोनाको संक्रमणका कारण घरमै रमाइलो गरि मलाउने कार्यक्रम छ –चौधरीले भने ‘विगत वर्षमा ठाउँमा–ठाउँमा मेला, महोत्सव लागेका कारण चहलपहल हुने गरेको थियो यस बर्ष छैन ।’ माघीलाई मुक्त कमैया र मुक्त कमलरीले स्वतन्त्रताको पर्वको रुपमा पनि मनाउने गरेका छन् । माघी पर्वले परिवार, इष्टमित्रबीच मेलमिला बढाउने, आपसी सम्बन्ध अझ सु–मधुर बनाउने गरेको बताइन्छ । माघीपछि थारु समुदायमा विवाह, अङ्शवण्डा लगायतका कार्यको थालनी गरिन्छ । माघीमा जागाराम बस्ने, मतुवा छाने, बरघर छाने गाउँघरमा कस्तो काम गर्ने भने योजना बनाइन्छ । माघलाई विभिन्न ठाउँका थारू समुदायले आ–आफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ ।

ad

केही वर्ष पहिले थारू समुदायका अधिकांश छोरीहरु कमलरी थिए । उनीहरु माघका दिनमात्रै छुट्टी पाउँथे त्यसैले यसलाई मुक्ति दिवसका रुपमा पनि मनाइन्छ । यसपालि कोरोनाका कारण नाचगानको कार्यक्रम छैन तर खानाको परिकार बनाउन भ्याइ नभ्याइ छ । कामको सिलसिलामा घरदेखि टाढा भएका दाजुभाइ, दिदीबहिनी घरमा आउनेको सङ्ख्या बढेको छ । गाउँमा छुट्टै चहलपहल र भेटघाट भएकाले रमाइलो छ । थारू कल्याणकारी सभा दाङका अध्यक्ष भुवन चौधरीले थारू समुदायको महान् पर्वलाई मानिसले माघी भन्ने गरे पनि वास्तवमा यो पर्व (माघ) भएको बताए । यसैबीच लुम्बिनी प्रदेश सरकारले माघे सङ्क्रान्ति पर्वको अवसरमा माघ १ र २ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेकोे छ । त्यस्तै दाङ जिल्लाका विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला प्रभावित हुने भएका छन्।कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन्। माघे सङ्क्रान्तिमा जिल्लाका दुई प्रमुख धार्मिकस्थानमा ठूला–ठूला मेला लाग्ने गर्छन्। घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन्। यो वर्ष यी दुवै स्थानमा जनस्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो । जिल्ला प्रशासन कार्यालय दाङको निर्देशनानुसार मेला नलाग्ने तर भौतिक दूरी र सुरक्षाको मापदण्डको पालना गरी दर्शन र पूजा भने गर्न सकिने बताए ।

ad

तपाईंको प्रतिक्रिया

लोकप्रिय
sidebar1
sidebar2
sidebar7
सम्बन्धित समाचारहरु