काँग्रेस खेलकुद विभागद्धारा रक्तदान

दाङ्ग(तुलसीपुर) १९ ,मंसिर । नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागको आयोजनामा तुलसीपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्लामा रगतको अभावलाई पूर्ति गर्न रक्त सञ्चार केन्द्र तुलसीपुरको प्राविधि सहयोगमा रक्तदान गरिएको बताएको छ । वीपी स्मृति भवन तुलसीपुरमा आयोजना गरिएको रक्तदानमा विभिन्न २५ जना व्यक्तिहरुले रक्तदान गरेको आयोजकले जनाएको छ । विभागको केन्द्रीय कार्यक्रम अन्तर्गत सप्ताव्यापी कार्यक्रम अनुसार जिल्लामा रक्तदान कार्यक्रम गरेको नेपाली काँग्रेस खेलकुद विभागका सदस्य जितबहादुर केसीले जानकारी दिएका छन् ।

नेपाली काँग्रेस खेलकुद विभागका सदस्य जितबहादुर केसीको अध्यक्षता काँग्रेसका जिल्ला सभापति किर्तिबहादुर खड्काको प्रमुख आतिथ्य एव सविधान सभा सदस्य वुद्धिराम भण्डारीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै जिल्ला सभापति किर्तिबहादुर खड्काले काँग्रेस सधै मानविय सेवामा लाग्ने भन्दै कार्यकर्तालाई जनताको सुखदुःखमा साथ दिन आग्रह गरे । उनले रक्तदान जिवन दान भएको भन्दै यस्ता कार्यमा सवैले सहयोग गर्नुपर्ने बताए । उनले काँग्रेसनै जनताको पार्टीभएको भन्दै जहिले पनि जनता प्रति पार्टी जिम्मेवार भएर काम गरेको बताए । उनले काँग्रेसलेनै देशको विकास र निकास दिने बताए । उनले अहिलेको सरकारको गति विधिवाट जनता आजित भएको बताए ।

ad

“अहिलेको सरकारको गतिविधि सवैले प्रष्ट संग देखेका छन्, यो देशको जनताको भरोषाको पार्टी भनेकै काँग्रेस रहेछ भन्ने र्छलङ भएको छ उनले भने । उनले अहिलेको सरकार अधिनायक वादतिर उनमुख हुदै गएको बताए । अव काँग्रेस एक ढिका भएर जनताको सुखदुखमा साथ दिनुपर्ने बताए । उनले अव झुटा आश्वासनमा नलाग्न पनि सवैलाई आग्रह गरे ।

ad

कार्यक्रममा सविधान सभा सदस्य वुद्धिराम भण्डारीले रक्तदाननै विजवन दान भएको भन्दै यस्ता कार्यहरु सवैले गर्नुपर्ने बताए । भण्डारीले दुई तिहाइको बहुमत प्राप्त सरकारले जनचाहाना बमोजिम काम गर्न नसकेको बताए । उनले विभिन्न घटनाक्रमले सरकार असफल भएको प्रष्ट पारे । त्यस्तै काँग्रेसका नेता केशव आचार्यले जनताको पार्टी काँग्रेस भएको भन्दै अव काँग्रेसको विकल्प नभएको बताए । आचार्यले काँग्रेस कम्जोर हुँदा देश र जनताले दुःख पाउने बताए । कार्यक्रममा काँग्रेस नेता जोगेन्द्र विश्वकर्मा, नेतृ देविका नेपाली, नेपाल तरुण दल दाङका जिल्ला अध्यक्ष टिका घर्तीलगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण प्रजातन्त्रीक उद्योगी व्यवसायी संघ तुलसीपुरका महासचिव झलक केसीले गरेका थिए


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु