दाङ्ग (तुलसीपुर)– मंसिर,
१२
दाङ्गको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० बर्षीय प्रेम केसीको भारत जम्मुकश्मीरमा भिडन्तमा परि शुक्रबार बिहान ५ बजे मृत्यु भएको छ ।
मृतक केसी विगत १४ बर्ष देखि ‘ईन्डियन आर्मी’को रुपमा कार्यरत रहेको पारिवारिक स्रोतले बताएको छ । उनका दाजु नाता पर्ने तुलसी केसीका अनुसार शब लिन उनका आफन्तर जम्मु कश्मीर पुगेका छन् ।