जिल्ला स्तरीय टि–ट्वाण्टी क्रिकेट प्रतियोगिता सम्पन्न

दाङ्ग (गढवा) २९, कार्तिक । हेमराज शर्मा 

लक्कि स्टार युवा क्लब गढवा-४, उठैयाको आयोजनामा गढवामा जिल्ला स्तरीय टि–ट्वाण्टी क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । गढवा-६ स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा भएको प्रतियोगितामा देउखुरी क्रिकेट क्लबलाई पराजीत गर्दै पुरनधारा क्रिकेट क्लब प्रथम भएको थियाे ।
विजेता प्रथमलाई ५१ हजार, दोस्रोलाई २५ हजार नगद सहित प्रमाणपत्र र मेडेल प्रदान गरिएको थियो ।

ad

कार्तिक २० गते देखि कार्तिक २८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १६ वटा समूहले भाग लिएको क्लबका सदस्य सन्देश अधिकारीले जानकारी दिनुभयो । गढवा उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष युवराज पोखरेलको प्रमुख आतिथ्य र गढवा गाउँपालिका वडा नं. ८ का अध्यक्ष सद्वाम सिद्विकिको बिशिष्ट आतिथ्यमा उक्त प्रतियाेगिता समापन गरिएको  हाे ।

ad


क्लबका अध्यक्ष कमल खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन दुखहरण यादबले गर्नुभएको थियो । क्लबले विभिन्न समयमा सरसफाइ र रक्तदान जस्ता कार्यक्रम पनि गर्दै आइरहेको छ ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु