कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट/समय तालिका सार्वजनिक

काठमाडौँ,५ कार्तिक । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।

ad

बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो ।

ad

स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।

ad ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु