२४ घन्टामा नेपालमा थप ५ हजार ७ सय ४३ जनामा कोरोना पुष्टि

काठमाडौं-५ ,कात्तिक। पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

ad

देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये जना ३१०७ काठमाडौं उपत्यकाका छन्, जसमध्ये काठमाडौंका २३९१ जना, ललितपुरका ५४३ र भक्तपुरका १७३ जना छन् ।

ad

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७९१ जनाको मृत्यु भएको छ भने ९९ हजार ६०५ जना संक्रमणमुक्त भएका छन् ।

ad

पछिल्लो २४ घण्टामा मात्र २९९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ad

देशभर ४४ हजार ४७६ संक्रिय संक्रमित छन् ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु