रुपाका दलानमा दाल……


खेमराज रिजाल
दाङ्ग (तुलसीपुर)३, कार्तिक । सात बर्षअघि आफ्नो घर रुकुमबाट खेदिएकि रुपा गन्दर्भको तुलसीपुर—४ रक्षाचौरमा भाडामा लिएको घरको दलानमा दाल छ, चामल, आटा, नुन र तेल पनि राखिएका छन् । नेपालीहरुको महान चाड विजया दशमी आउंदै गर्दा रुपाको दृष्टिविहिन परीवारले यो सहयोग पाउंदाको खुसीलाइ सव्दमा व्यक्त गर्न सकेन । तर यस्तै सहयोगले रुपाको दृष्टिविहिन परीवार चल्दै आएको छ । देख्ने भनेको आमा रुपा मात्रै हुन् । उनका चार सन्तान दृष्टिविहिन छन् । कान्छि छोरी त शारीरिक अपांग समेत छिन् । बाह्र बर्षमा पनि हिंडडुल गर्न सक्दिनन् । जढखाएर सधै मात्तिने रुपाका श्रीमानले सवै सन्तान अपांग भएका कारण आंखा देख्ने श्रीमतीसंगै सवै दृष्टिविहिन लालावालालाइ घरबाट खेदेपछि रुकुम सदरमुकाममा केहि सहयोग जुटाएर उनी तुलसीपुरको रक्षाचौरसम्म आइपुगिन् । रक्षाचौरमा उनका केहि आफन्त पनि भएका कारण । उनको सहयोगार्थ विदेशमा बसेका नेपालीहरुबाट जुटेको केहि सहयोग रकमको बैंक व्याजले सामान्य खर्च चल्दै आएको छ । जेठा छोरा गणेश नेपाली मात्र जसोतसो रक्षाचौर स्कुलमा ७ कक्षा सम्म पढेका छन् । पढेसंगै ब्रेललिपिको समेत अभ्यास गर्दै समाजमा पनि झिजेका छन् । बैंकको कारोवार भने आमा रुपाले गर्दै आएकि छिन् ।

ad


सिंगै परीवार दृष्टिविहिन, त्यसमा पनि कान्छि छोरी त शारीरिक रुपमा पनि अपांग भएपछि उनीहरुको दैनिकि कसरी चलिरहेको छ होला? तर स्थानिय सरकार उनीहरुको सहयोग र स्थाइ बसोबासका सन्दर्भमा वेखवर छ । सोमवार उनीहरुको परीवारलाइ नगद रुपैया ५ हजार सहित दाल, चामल, तेल, नुन लगायतका खाद्धसामाग्रि लायन्स क्लव अफ दाङले उपलव्ध गराइरहंदा रुपाका जेठा छोरा गदगद् भएर गित गाउन थाले मादल बजाएर । ‘तपाइहरु यसरी दालचामल लिएर आउनुहुने छ भन्नेमा म ढुक्क थिएं, किनकि तपाइहरुले हामीलाइ यो दर्शमा नसम्झिरहन सक्नुहुने छैन’—सहयोगप्रति आभार व्यक्तगर्दै गणेशले भने ।

ad


गणेशलाइ दृष्टिको अनुभुति छैन, तर स्वरले उनले धेरै सहयोगीहरुलाइ चिन्छन्, छिमेकिहरुलाइ चिन्छन्, अनि सुरक्षाकर्मिहरुलाइ पनि चिन्दछन् । त्यसैले त टोलसुरक्षा समितिमा गणेशलाइ पनि सदस्य बनाइएको छ । लौरोको सहारामा रात्रिगस्ती समेत गर्छन गणेश नेपाली । दृष्टि वाहेक सवैकला दिएको छ उनलाइ प्रकृतिले । शुरेश सरले त मलाइ रुकुमबाट निशुल्क टिकट मिलाइदिनुभएको थियो, जव यातायात समितिको काउण्टरमा पुगेर उहांलाइ फोन संपर्क गराएको थिएं’—गणेशले भने, अनि अरु सरहरुको सहयोग पनि कुरागरी साध्यै छैन, किनकि हाम्रो परीवार तपाइहरुको सहयोग र सद्भावले जिउन सकेको छ । तर कान्छि बहिनि अन्धो मात्र नभएर शारीरिक रुपमा अपांग हुंदा अलि खल्लो लाग्या छ । गणेश वाहेक अरुलाइ पढाउने हैसियत छैन, रुपासंग । त्यसो त स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले पनि रुपाका परीवारको पालनपोषणको दायित्व लिन चाहेको छैन । हरेक दशैंमा दलानमा दालदेख्दा यीनै सहयोगी निकायलाइ सरकार संझिरहेको छ रुपाको परीवारले । दुइतले सानो घरको सांघुरो दलानमा राखिएका खाद्धान्न स्याहार्दै सहयोगीहरुलाइ विदाइ गरेकि थिइन् रुपाले हाम्रो सरकार त तपाइहरुनै हो, फेरीफेरी पनि आउनुहोला…।

ad


सामाजिक उत्तरदायित्व अभियानमा लायन्स

ad


यसैबीच लायन्स क्लव अफ दाङ र लियो क्लव अफ दाङ तुलसीपुरले आफ्नो सामाजिक उत्तरदायित्वको अभियान अन्तर्गत सोमवार विभिन्न सिमान्तिकृत समुदायहरुलाइ सहयोग गरेको छ । आवस्यकता हेरेर नगद सहित न्याना कपडा, चामल, नुन, दाल, तेल, आटा तथा विद्यालयमा अध्ययन गर्ने असहाय वालवालिकाहरुलाइ स्टेशनरी सामान समेत वितरण गरिएको लायन्स क्लव अफ दाङका अध्यक्ष सुरेश हमालले बताएका छन् । रिपोटर्श क्लव दाङले स्थापना भएसंगै विगत १० बर्षदेखि यस्ता सामाजिक उत्तरदायित्व अभियानको समन्वय गर्दै आएको छ । त्यसै अभियानको नेतृत्व लायन्स क्लव अफ दाङले गर्दै आएको छ भने लियो क्लव अफ दाङ तुलसीपुरले यसमा लायन्स क्लवलाइ आवस्यक सहयोग गर्दै आएको छ ।


ती दुइ संस्थाले तुलसीपुर उपमहानगरपालिका—१९ बस्ने शारीरिक रुपमा अपांग व्यवसायी गीता बुढालाइ १५ हजार रुपैया आर्थिक सहयोग गरेको छ । वाथ रोगका कारण एउटा खुट्टा गुमाउन बाध्य गितालाइ दैनिकि गुजारामा केहि सहयोग पुगोस भनेर नगद सहयोग गरिएको क्लवले जनाएको छ । बाथ रोगले पिडित गिताको काठमाण्डौका विभिन्न अस्पतालमा उपचारगर्दा कम्तिमा १५ लाख रुपैया खर्च भएपनि उनका अभिभावकले गिताको खुट्टा जोगाउन भने सकेका थिएनन् । संक्रमण बढ्दै गएपछि चिकित्सकले अन्ततः एउटा खुट्टा काट्नुपरेको थियो । हाल उनी बैसाखीको सहारामा दैनिकि गुजार्दै छिन् । गिता तुलसीपुर उद्योग वाणिज्यसंघकि सदस्य पनि हुन् ।
कोभिड—१९ को संक्रमण व्यापक बन्दै जनजिविका असहज बन्दै गएको अवस्थामा आएको बडादशैं पर्वलाइ समेत लक्ष्ति गरेर लायन्स क्लव दाङ र लियो क्लव तुलसीपुर दाङले विजौरीमा रहेको श्री असहाय वालविकाश केन्द्र विजौरीमा आश्रित वालवालिकाहरुलाइ पनि स्टेशनरी सहित दाल चामल, नुन, आटा लगायतका सामाग्रि उपलव्ध गराएको थियो । सो अवसरमा अनाथालयका सन्चालक विष्णु चौधरीले सहयोगप्रति आभार व्यक्त गरेका थिए । सो असहाय वाल विकाश केन्द्रमा हाल १७ जना अभिभावक विहिन वालवालिकाहरु आश्रित छन् । उनीहरुलाइ तुलसीपुरको पव्लिक ज्ञानज्योतीले निशुल्क रुपमा पठनपाठन गराउंदै आएको छ ।
क्यान्सर पिडितलाइ सहयोग


त्यस्तै लायन्स क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका—गोलौराका क्यानसर पिडित गोवर्धन वलीलाइ पनि आर्थिक सहयोग गरेको छ । सो अवसरमा लायन्स क्लव अफ दाङले १० हजार रुपैया तथा तुलसीपुरका युवा व्यवसायी हेमन्त डांगी र पुर्णिमा डांगीले १० हजार ५ सय रुपैया वलीको उपचारार्थ सहयोग गरेका थिए । सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोग अभियानमा लायन्स क्लव अफ दाङका अध्यक्ष शुरेस हमाल, क्लवका पुर्वअध्यक्ष विनोदकुमार श्रेष्ठ, विमल रिजाल, निवर्तमान अध्यक्ष यज्ञ वहादुर केसी, सदस्यहरु गोरख वली, सन्जय पराजुली, रिपोटर्श क्लव दाङका अध्यक्ष शरद रेग्मी लायन्स क्लव अफ दाङका कोषाध्यक्ष लोकराज विष्ट, सदस्य पुष्प जिएम, लियो क्लव अफ दाङ तुलसीपुरका अध्यक्ष राजेन्द्र महतारा, सहसचिव प्रकाश न्यौपाने, पत्रकार खेमराज रिजाल, बालाराम खड्का लगायतको सहभागिता रहेको थियो ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु