वीरगंजबाट २३ किलो सुन बरामद/ तर तस्कर पक्राउ परेनन्

बीरगञ्ज, कात्तिक १ ।  प्रहरीले वीरगंजबाट २३ किलोभन्दा बढी परिमाणमा सुन बरामद गरेको छ। 

ad

वीरगंज महानगरपालिका–५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा हानेर प्रहरीले उक्त परिमाणको सुन बरामद गरेको हो। अपार्टमेन्टको फ्ल्याट नम्बर ३०३ बाट २३ किलोभन्दाब बढी सुन बरामद भएको पर्साकी एसपी गंगा पन्तले जानकारी दिइन्। एसपी पन्तले बताएअनुसार १ केजीका १३ वटा बिस्कुट, मझौला विस्कुट ४६ थान र सय ग्रामको १० थान (एक केजी) सुन छापामारी गरेर प्रहरीले बरामद गरेको हो।

ad

यसका साथै ६८१ ग्राम सुनका गरगहनासमेत बरामद भएको उनले जानकारी दिएकी छिन्। प्रहरीले छापमारीको क्रममा २ केजी २६२ ग्राम चाँदीका गरगहना तथा भाडाकुँडा समेत बरामद गरेको छ।गोप्य सूचनाको आधारमा प्रहरीले अपार्टमेन्टलाई निगरानी गरेर बसेको थियो। सुनका मालिक आउने सूचना पाएपछि प्रहरी शुक्रबार रातभर त्यहाँ कुरेर बसेको पन्तले बताइन्। तर, मालिक नआएपछि स्थानीयको रोहबरमा फ्ल्याट खोलेर खानतलासी गर्दा सुन र चाँदी बरामद भएको उनले जानकारी दिएकी छिन्।

ad

अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटमा पूर्वी चम्पारण हरैया निवासी अशोक सिन्हा नाम गरेका व्यक्तिको रहेको र यसबारे थप अनुसन्धान भइरहेको एसपी पन्तले जानकारी दिएकी छिन्।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु