२४ घन्टामा ३१६७ संक्रमित थप /१२ संक्रमितको मृत्यु

१,कात्तिक, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय ६७ संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय संक्रिमतको संख्या ३८ हजार ७ सय ३७ रहेको छ।

ad

पछिल्लो २४ घन्टामा काठमाडौंमा उपत्यकामा १ हजार ७ सय ४६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं १४ सय ५१, भक्तपुर १ सय ४३ र ललितपुरमा १ सय ५२ गरि १ हजार ७ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो।

ad

यसैगरी पछिल्लो २४ घन्टामा १ हजार ८ सय जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको कूल संख्या ८९ हजार ८ सय ४० पुगेका छन्। नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२ जनाले ज्यान गुमाएका छन्।

ad

थप १२ संक्रमितको मृत्यु

ad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १२ संक्रमितको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ। पछिल्लो २४ घन्टामा देशभर तीन हजार एक सय ६७ संक्रमित थपिएका छन्। योसँगै देशभर सक्रिय संक्रिमतको संख्या ३८ हजार ७ सय ३७ रहेको छ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु