तुलसीपुरका ११ जना सहित / दाङमा ६१ जनामा कोरोना संक्रमण पुष्टि

दाङ, ३० असोज । दाङमा आजमात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञानको फिबर क्लिनिकमा संकलन गरिएको स्वाब परिक्षणमा थप ६१ जनामा संक्रमण देखिएको हो । आज सबैभन्दा धेरै लमहीमा नयाँ संक्रमित थपिएका छन् । लमहीका २४ संक्रमण देखिएको हो ।

त्यसैगरी घोराहीका १७ जना , तुलसीपुरका ११ जना, राप्ती र राजपुरमा १÷१ जनामा संक्रमण देखिएको हो भने अन्य ७ जना जिल्ला बाहिरका रहेका छन् । अहिलेसम्म जिल्लामा १ हजार ७०८ जनामा संक्रमण देखिएको छ भने उनिहरुमध्ये १ हजार १६६ डिस्चार्ज भएका छन् । दाङमा अहिले सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ भने कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।

ad ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु