काठमाडौं उपत्यकामा २४०२ सहित /देशभर ४३९२ संक्रमित थप

काठमाडौं -३० , असोज ३०। देशभर थप ४३९२ संक्रमित थपिएका छन्।

ad

काठमाडौं उपत्यकामा २४०२ जना थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। तीमध्ये  काठमाडौंमा १७८४, भक्तपुरमा २४४ ललितपुरमा २७४ जना जना छन्।  मन्त्रालयका प्रवक्त्ताका अनुसार देशभर अब १ लाख २६ हजार १३७ कोरोना संक्रमित पुगेका छन्। 

ad

शुक्रबारसम्म देशभर ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित पुगेका छन्। बितेको चौबिस घण्टामा १६ हजार ५ सय ३१ जनाकाे पिसिआर परीक्षण गरिएको थियो। 

ad

त्यसैगरी  ३,५२२ जना  संक्रमित निको भएका छन्। यो सँगै देशभर ८८,०४० सङ्क्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ।  यो कुल सङ्क्रमित सङ्ख्याको ६९.८ प्रतिशत हो।

ad

बितेको चौबिस घण्टामा २१ जना संक्रमितको मृत्यु भएको छ। यसरी देशभर मृत्यु हुने संक्रमितको संख्या ७१५ पुगेको छ। 


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु