लापेमा स्कर्पियो, भालुवाङमा भुःपर्यटन

लापे(अर्घाखांचि), २९ असोज । खेमराज रिजाल

ad

पांच नंवर प्रदेशले प्रदेशको नामाकरण लुम्विनी र स्थाइ राजधानीमा अर्घाखांचिको सितगंगा नगरपालिका, गण्वा गाउपालिका र राप्ती गाउपालिकालाइ समेत समेटेर दाङको भालुवाङ केन्द्र तोकेसंगै अहिले अर्घाखांचिको लापेमा दैनिक जसो दर्जन जति स्कार्पियोमा मान्छे देखिन थालेका छन् । भालुवाङ भुःपर्यटन केन्द्रजस्तै बनेको छ । यछपि प्रादेशिक राजधानी कहां बन्ने भन्ने विषयमा स्थान अझै तोकिएको छैन ।

ad

प्रादेशिक राजधानी तोकिएसंगै प्रदेश सरकारले जग्गा कारोवार रोक्न स्थानिय प्रशासन तथा संबन्धित मालपोत कार्यालयलाइ निर्देशन गरीसकेको अवस्थामा पनि जग्गा कारोवारीहरुले त्यसलाइ अवाज्ञागर्दै अनाधिकृत रुपमा तमसुकका भरमा जग्गा खरीदविकि कार्य दिनदिनै जारी राखेको भालुवाङका स्थानियबासी महेन्द्र केसीले बताए । उनकै अनुसार साविकको जलुके र हाल सितगंगा गाउपालिकाको वडानंवर ८ मा जग्गा कारोवार अनाधिकृत रुपमा भैरहेको छ । त्यसैगरी साविकको गंगापरस्पुर क्षेत्र र सिसहिनिया क्षेत्र सम्म पनि जग्गा कारोवारीहरुको भिड दिनदिनै बढ्न थालेको छ ।

ad

‘हामीले यस्ता नयां गाडि देखेकै थिएर्नौ, किनकि वल्लतल्ल बाटो खुलेपछि टेक्टर मात्रै यहां आउंथ्यो,, तर अचेल यहांपनि खस्याकखुसुक सुरु भएको देखिन्छ’—साविक जलुके गाविसकि स्थानियबासी ज्योती कुमालले भनिन् । राजधानीको चर्चाले अहिले जलुकेमा पनि होमस्टे बन्नेजस्तैगरी भिडभाड देखिएको अर्का स्थानियबासीले बताए । ‘गाडिमा जग्गा कारोवारी मात्र होइक्ष्न, तमसुक लेख्न जानेका वकिल, पहाडी कागज र बैनावट्टागर्ने पैसा सहित यहा आउन थालेका छन्, तर उनीहरुलाइ कुनै रोकतोक छैन’—लापाका स्थानियबासीले भने, भोली हाम्रो पनि राजधानीका नाममा उठिवास त बनाउने होइनन् इनीहरुले ।

ad

प्रदेश सरकारले पांच नंवर प्रदेशको स्थाइ राजधानी घोषणा गर्नुअघिनै जग्गा कारोवार रोक्न संबन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापि कार्यालय, संबन्धित स्थानिय पालिका लगायतलाइ निर्देशन दिइसकेको अवस्थामा पनि जग्गा कारोवारीको चलखेल बढिरहनुलाइ स्थानियबासीले आश्चर्य व्यक्त गरेका छन् । मालमा रोक्का भएपनि फुकुवा भएपछि जग्गा पास गरौंला भन्दै दर्जनजति जग्गा कारोवारीहरु तमसुक साथमा लिएर भालुवाङ आसपासमा केन्द्रित देखिन्छन् । उनीहरुसंग पहाडी कागज वाहेक कुनै वैधानिकता छैन, तर पनि स्थानिय पालिकाका जनप्रतिनिधिहरु तथा स्थानिय प्रशासनले यस्ता कारोवारीलाइ रोक्न कुनै प्रयास गरेको छैन । यस्तो कारोवार गर्न सवैभन्दा बढि दाङ त्यसपछि बुटवलका जग्गा कारोवारीसंगै केहि अर्घाखांचिका समेत जोडिएको भालुवाङका स्थानियबासी महेन्द्र केसीले बताए । तर स्थानिय पालिका भने यस विषयमा वेखवर छ ।

‘झोलाभरी पैसा बोकेर आएका हुन्छन्, त्यो कारोवारलाइ राज्यले मान्यता नदिएपनि अन्ततः त्यहि हुनेमा जग्गा कारोवारी ढुक्क छन्’—भालुवाङका स्थानिय अग्रज पत्रकार महेश रिजालले भने । जग्गा कारोवारमा पनि सत्तारुढ दलकै संरक्षणमा कार्यकर्ता परीचालन गरीएको पनि उनको अभिव्यक्ति थियो । स्थाइ राजधानी कहां तोकिने भन्ने प्रदेश सरकारनै अलमलमा परेको अवस्थामा जग्गा कारोवारीको चलखेल पनि त्यत्तिकै रुपमा बढिरहेको उनको अभिव्यक्ति थियो । प्रादेशिक राजधानीकालागी कुनैपनि पुर्वाधार नबन्दै यसरी यस क्षेत्रमा आउने भुमाफियाहरुलाइ तत्काल पकाउगरी कारवाहि गर्न पनि उनले स्थानिय प्रहरी प्रशासनलाइ आग्रह गरेका छन् । झोलामा पैसा बोकेर जग्गा कारोवार गर्नेहरुमा एकनंवरमा जुम्लीहरुलाइ लिइन्थ्यो, तर पछिल्लो पटक भालुवाङ क्षेत्रमा पनि यसरीनै झोलामा पैसा बोकेर जग्गा बैना गर्न आउनेहरुको दिनदिनै होड चलेको छ । राजधानी घोषणा भएसंगै कम्तिमा पनि एक सय भन्दा बढि यस्ता तमसुकका कारोवार भएका छन्, जसमा लेखिएको छ, जग्गा फुकुवा भएलगत्तै जग्गा रजिष्ट्रेशन पास हुने छ ।

राजधानी घोषणा भएसंगै राप्ती गाउपालिकाको भालुवाङदेखि सिसहिनीया सम्म, गढवाको पुर्विक्षेत्र तथा अर्घाखांचिको पश्चिमी क्षेत्र र प्युठान भालुवाङ सडक खण्डको दरभानसम्म पनि जग्गा कारोवारीहरुको उल्लिखित उपस्थीति रहेको छ । भालुवाङका होटल व्यवसायीहरुले भने अहिले राजधानीको उत्सव भन्दा पनि भुपर्यटन महोत्सवका रुपमा लिएका छन् । ‘हामीले त आफुले बनाएको पक्कि घरको भुस्वामित्व चाहेका छौं, राजधानीगै जग्गाको भुस्वामित्व पनि आउंछकि भन्ने आशा हो, त्यससंगै होटल व्यवसायीको कारोवार पनि बढ्ला भन्ने मात्रै हो’—भालुवाङ पुल्चोककि एक होटल व्यवसायीले भनिन् । सकेसम्म कहां राजधानीका पुर्वाधार बन्ने भन्ने विषयमा टुंगो लागे आफुहरु पनि ढुक्क हुने उनको अभिव्यक्ति थियो ।

प्रदेश सरकारले जग्गा कारोवार रोक्न मालपोत र नापि कार्यालय तथा स्थानिय प्रशासनलाइ समेत जानकारी

गराइसकेको अवस्थामा यसरी अनाधिकृत तमसुकका भरमा फेरी किन जग्गाको वैनावट्टा भैरहेको छ भन्नेमा आम आसपासका स्थानियबासीहरु भने रनभुल्लमा परेका छन् । यस्ता भुमाफियाहरुलाइ अनाधिकृत तमसुक गरेको अभियोगमा मुद्धादायर गर्न सरकार संक्षम छैन र? स्थानियबासीहरुले यहि बोलिरहेका छन् । रद्ध गर, अव लेखन्दासले लेखेको लिखितम धनिका नाम…..।


तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु