३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थप

ad

असोज, २९-काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १६ हजार ५९८ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका हुन्।  

ad

यस्तै, कोरोना मुक्त हुनेको संख्या ३ हजार ५६४ जना कोरोना मुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ।  

ad

हालसम्म संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ६ सय ९४ रहेको छ।

ad

तपाईंको प्रतिक्रिया

सम्बन्धित समाचारहरु